×

NMB BANK
NIC ASIA

भ्रष्टाचार

इन्जिनीयरको गैरकानूनी सम्पत्ति १० करोड, पत्नी र भान्जीको नाममा लुकाएपछि अख्तियारको फन्दामा

असार १६, २०७७

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरी काठमाडौंमा इन्जिनीयरविरुद्ध अभियोगपत्र दायर गरेको छ ।

Muktinath Bank

अख्तियारले विभागमा कार्यरत सिनियर डिभिजनल इन्जिनीयर राजकुमार शाक्यविरुद्ध बिगो १० करोड ७७ लाख ५० हजार ४५३ रुपैयाँ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोपपत्र विशेष अदालत काठमाडौंमा दायर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति पत्नी र भान्जीको नाममा राखिएको आरोप समेत लगाइएको छ ।


Advertisment
Nabil box
Kumari

‘सम्पत्ति जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती अल्का शाक्य र भान्जी नाताकी प्रभा शाक्य समेतलाई प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Vianet communication

यस्तो छ विज्ञप्तिको पूर्णपाठ –

खानेपानी तथा ढल व्यवस्थापन बिभाग पानीपोखरी काठमाडौंमा कार्यरत सि.डि.ई. राज कुमार शाक्यउपर बिगो रु. १०,७७,५०,४५३।– कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर ।

प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१६ गते ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल, खोटाङ्गमा कार्यरत आयोजना प्रमुख राज कुमार शाक्य (सि.डि.ई.) ले कमिसन नलिई काम नगर्ने, आ.व.०७५/०७६  मा करिब एक करोड कमिसन असुल गरेको, २०७६ आसारमा विभिन्न ठेक्केदारसँग करिब पचास लाख खातामा राख्न लगाई बील भुक्तानी गरेको साथै स्रोत नखुलेको सम्पति आर्जन गरेकोले छानविन गरी कारवाही गरिपाउँ भन्ने आयोगमा दर्ता हुन आएका उजुरीउपरको अनुसन्धानमा निज मिति २०४९।०२।०२ गते देखि जिल्ला खानेपानी कार्यालय, कञ्चनपुर, महेन्द्रनगरबाट ओभरसियर पदमा सरकारी सेवामा प्रवेश गरी मिति २०६४।१०।०१ देखि इन्जिनियर पदमा र मिति २०७२।०७।१० देखि सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका निज निजामति सेवामा प्रवेश पश्चात खानेपानी तथा ढल व्यवस्थापन अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत रहँदै विभिन्न आयोजना प्रमुखको जिम्मेवारीमासमेत रहेको देखिन आयो ।

सार्वजनिक सेवामा प्रवेश पश्चात निज राज कुमार शाक्यले आफू र श्रीमतीका नाममा जग्गाहरु खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानीका साथै भान्जी नाताकी व्यक्तिका नाममासमेत जग्गा खरिद गरी लुकाई छिपाई राखेको, आफू तथा आफ्नो परिवारको नाममा विभिन्न बैँक तथा वित्तिय संस्थाहरुमा खाता खोली मुद्दती निक्षेपमा अवैध रकमहरु राखेको, उक्त मुद्दती निक्षेपहरु परिपक्व नहुँदै सोही मुद्दती निक्षेपको सुरक्षण धितोमा ऋण निकाली अन्यत्र व्यक्तिहरुलाई लगानीसमेत गरेको देखिन आयो ।

अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोराहरु अनुसार निज राज कुमार शाक्यले सार्वजनिक सेवामा प्रवेश मितिदेखि मिति २०७६ फाल्गुण मसान्तसम्मको जाँचअवधिमा सार्वजनिक सेवामा रही जम्मा रु. १,६१,७३,५६१।- (एक करोड एकसठ्ठीलाख त्रिहत्तरहजार पाँचसय एकसठ्ठी रुपैयाँ) आय आर्जन गरेको देखिन्छ भने अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा निज राजकुमार शाक्यले रु.१२,३९,२४,०१४।- (बाह्र करोड उनान्चालीस लाख चौवीस हजार चार चौध रुपैया) खर्च तथा लगानी गरेको देखिंदा निजको आयको अनुपातमा रु.१०¸७७¸५०¸४५३।–(दशकरोड सतहत्तरलाख पचासहजार चारसय त्रिपन्न रुपैया) बराबरको भागलाई निजको वैध आयस्रोतले खामेको पाइएन।

साथै, सार्वनजिक पद धारण गरेका राज कुमार शाक्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज राज कुमार शाक्यलाई विगो रु.१०,७७,५०,४५३।–(दश करोड सत्तहत्तर लाख पचासहजार चारसय त्रिपन्न रुपैया) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ बमोजिम र निज राजकुमार शाक्यले प्रभा शाक्यको नाममा मिति २०७६।९।८ मा खरिद गरी राखेको ललितपुर उपमहानगरपालिका वडा नं. १३ (साविक वडा नं. ४) स्थित कि.नं. ६५६ को क्षेत्रफल ०-४-०-२ (१३१.१४ ब.मि.) भएको जग्गा निजले आयोगमा संक्षिप्त सम्पत्ति विवरण फारम बुझाएकै दिन अर्थात मिति २०७६।१०।१२ मा अल्का शाक्यको नाममा रहेको उक्त जग्गाको स्वामित्व प्रभा शाक्यको नाममा परिवर्तन गरी विस्तृत अनुसन्धानको क्रममा आयोगमा मिति २०७७।०१।१५ मा पेश गरेको विस्तृत सम्पत्ति विवरणमासमेत उल्लेख नगरी गैरकानूनी सम्पत्ति आर्जन गरी सिर्जना गरेका सम्पत्ति जग्गा लुकाउने छिपाउने उद्देश्यले श्रीमतीको नामबाट अन्य व्यक्तिको नाममा स्वामित्व परिवर्तन गरी अनुसन्धानको क्रममा पेश गरेको सम्पत्ति विवरणमासमेत नखुलाई वदनियतपूर्ण तरिकाले गैरकानूनी सम्पत्ति लुकाउने छिपाउने कार्य गरी निज राजकुमार शाक्यले प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको पुष्टि हुन आएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १६ को उपदफा (२) बमोजिमसमेतको सजाय गरी गैरकानूनी रुपमा निज राज कुमार शाक्यले आर्जन गरेको स्रोत नखुलेको रु. २,५४,७४,७२६।- बराबरको सम्पत्ति र नपुग बिगो रु.८,२२,७५,७२७।- समेत प्रचलित कानुन बमोजिम असुलउपर गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग., दफा २९ को उपदफा (१)¸ प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा दफा २० को उपदफा (२) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गरी पाउनसमेतको मागदाबी लिई विगो बमोजिमको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती अल्का शाक्य र भान्जी नाताकी प्रभा शाक्यसमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x