×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नजिक पुगेको छ ।

Muktinath Bank

प्रदेश स्वास्थ्य निर्देशनालयले बुधवार विज्ञप्ति जारी गरी थप २८ जनामा कोरोना देखिएर कुल संक्रमित संख्या ९९४ पुगेको जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत २४ घण्टामा प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२, स्याङ्जा ८, गोरखा र बागलुङ ३/३, कास्की र तनहुँका १/१ जनामा कोरोना पुष्टि भएको छ । 


Advertisment
Nabil box
Kumari

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङ्टारका २ जना पुरुष, गैंडाकोटका ८ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएको हो । 

Vianet communication
Laxmi Bank

कास्कीको पोखरा महानगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना देखिएको छ । दुवै जिल्लाका नयाँ संक्रमित सबैलाई आइसोलेसन वार्डमा राखिसकिएको छ । 

स्याङ्जाको वालिङका १ पुरुष र १ महिला, पुतलीबजारका १ पुरुष, भीरकोट नगरपालिकाका ४ पुरुषमा कोरोना पुष्टि भएको छ ।

बागलुङको बडीगाडका २ र काठेखोलाकी १ महिला तथा गोरखाको वारपाक सुलीकोटका ३ पुरुष र शहीद लखन थापाका २ महिलामा कोरोना संक्रमण देखिएको हो । 

तनहुँको शुक्लागण्डकी नगरपालिकाकी ३५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । 

गोरखाको शहीद लखन थापाका संक्रमिलताई भरतपुरको कोरोना अस्पतालमा राखिएको छ भने स्याङ्जा, बागलुङ र तनहुँका नयाँ संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन बार्डमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए ।

गण्डकीमा हालसम्म कोरोना संक्रमितमध्ये २१४ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।  गण्डकीका ११ जिल्लामा अझै ४ हजार ६४२ जना क्वारेन्टीनमा बसेका छन् । 

हालसम्म १६ हजार ७६१ जनाको नमूना संकलन भएकोमा नतिजा आउन बाँकी ३६६ जना छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x