×

NMB BANK
NIC ASIA

नेपाल रेडक्रस र कोकाकोलाबीच कोभिड—१९ विरुद्धको लडाइमा सहयोग पुर्‍याउन साझेदार

असार १८, २०७७

NTC
Premier Steels

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका–कोला नेपालले कोभिड–१९ को महामारीमा संकटमा रहेका बिरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि साझेदारी गरेको छ ।

Muktinath Bank

यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवकालागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस परियोजनाको समग्र उद्देश्य कोभिड–१९ को जोखिममा रहेका डाक्टर, नर्स, रक्त टेक्निसियनहरू, एम्बुलेन्स ड्राइभर, मेडिकल टेक्निसियन, क्वारेन्टीन केन्द्रका मानिसहरु तथा समुदायका सदस्यहरु सहित करिब ६० हजारलाई सेवा पुर्‍याउने रहेको छ ।


Advertisment
Nabil box
Kumari

यसै सन्दर्भमा हस्तान्तरण समारोह असार १६ गते स्वास्थ्यतथा जनसंख्या मन्त्रालय परिसरमा माननीयमन्त्रीभानुभक्त ढकाल, कोका—कोला नेपाल र नेपाल रेडक्रसका प्रतिनिधिहरुको उपस्थितिमा शुरुवात गरिएको हो । पहिलो चरणको सुरक्षा सामग्रीहरु र स्वास्थ्य सामग्रीहरु मन्त्री भानुभक्त ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर कुमार राजभण्डारीलाई हस्तान्तरण गरेका छन् । 

Vianet communication

यस सामग्रीहरुमा विभिन्न चरणमा हस्तान्तरण गरिनेछ र पहिलो चरणमा हस्तान्तरण हुने सामग्रीहरुमा १५ हजार थान सर्जिकल मास्क, के–९५ माक्स एक हजार एक सय पचास थान, ५५० थानहुडको साथ डिस्पोजेबल कभर्अल, सुरक्षा चस्मा ३०० वटा, दश हजार जोडी पञ्जा, ४४० थानसुरक्षा बुट, स्यानिटाइजर २५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ४५० र १५ हजार एक सय अठार थान साबुन रहेका छन् ।आगामी २ हप्ताभित्र सबै सामग्रीहरु वितरण भइसक्नेछन् । 

सामग्री वितरण समारोहमा माननीय मन्त्री ढकालले कोभिडको महामारीको चालु लडाईमा सहयोग गर्न सामग्री सहित उपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोका—ककोलालाई धन्यबाद व्यक्त गर्दै भने,'यो कठिन समयमा सबैको सहयोग आवश्यक छ र प्राप्त सबै सामग्रीहरु पारदर्शी रुपमा रेकर्ड गरिनेछभनेर हामी सुनिश्चित गर्न चाहन्छौं र यसको उचित वितरण गरिने छ । नेपाल सरकारले यी सामग्रीहरु नपुगेको स्थानमा तत्काल सामान पठाउनेछ ।'

शुक्रराज अस्पतालका टेकुकानिर्देशक डा. सागर कुमार राजभण्डारीले योे सामग्रीले डाक्टर, नर्स लगायत अग्रपंतिका स्वास्थ्यकर्मीको हौसला बढाएको बताउए । उनले भने,'अस्पतालले संक्रमितहरुलाई स्वास्थ्य किट उपलब्ध गराउन कडा परिश्रम गर्दै आइरहेको छ र प्राप्त सामग्रीहरु हामीहरुका लागि पनि निश्चय नै उपयोगी हुनेछन् ।'

'नेपाल रेडक्रस र द कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्ने एउटा प्रयास हो,' नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले बताए । रक्त सञ्चार, एम्बुलेन्स, अस्पताल आदिजस्ता अत्यावश्यक सेवाहरूको निरन्तरता सुनिश्चित गर्न अति आवश्यक सुरक्षा सामग्रीहरुको ठूलो महत्व छ । उपकरणहरूसँगै प्रयोग विधिहरु सम्बन्धित प्रशिक्षणहरू साथसाथै उपलव्ध गराइने छ । यसक्रममा बन्दाबन्दीको नियम को पालना र भौतिक दूरी कायम गरिने छ ।'

'मुलुक र नागरिकहरुलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मी र आपतकालीन स्वयंसेवकहरुलाई अत्यावश्यक व्यक्तिगत उपकरणहरु र विभिन्न स्वास्थ्य निकायहरुलाई आवश्यक स्वास्थ्य उपकरणहरु उपलव्ध गराउन नेपाल रेडक्रस लगायत हाम्रा साझेदारसँग सहकार्य गर्न पाउँदा हामीलाई खुशी लागेको छ ',कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने।

तीव्र गतिले फैलिइरहेको कोभिड–१९ महामारीको परिस्थितिमा संक्रमण रोकाथाम र नियन्त्रणमा नेपाल रेडक्रसले स्वास्थ्य, सरसफाई, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टिन सहयोग लगायत विभिन्न क्षेत्रमा सरकार, स्थानीय तह, स्थानीय समुदाय, रेडक्रसका विभिन्न निकायहरु, दाता र साझेदारसँग मिलेर काम गरिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x