×

NMB BANK
NIC ASIA

प्रचण्डलाई ओलीपक्षीय नेताहरूको प्रस्ताव : पार्टी एकता बचाउन 'कम्प्रमाइज' गरेर जाऊँ !

असार १८, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरूले ‘कम्प्रमाइज’ गरेर निकास खोज्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । 

Muktinath Bank

बिहीवार अध्यक्ष प्रचण्डनिवास खुमलटारमा भएको छलफलमा ओलीपक्षीय नेताहरूले यो बेला विवाद गरेर जानुभन्दा मिलेरै अघि बढ्न प्रचण्डलाई आग्रह गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा सहभागी एक नेताले भने, 'हामीले विवाद नलम्ब्याउने गरी अघि बढ्न सुझाव दिएका छौं । कसरी कम्प्रमाइज गर्ने भन्ने कुरा अध्यक्षद्वयबीच नै छलफल गरेर टुंगो लगाउन आग्रह गर्‍यौं ।'


Advertisment
Nabil box
Kumari

उनले बालुवाटारबाट प्रधानमन्त्री ओलीले पनि आफू मिलेरै अघि बढ्न चाहेको सन्देश दिएको बताए ।

Vianet communication
Laxmi Bank

बैठकमा महासचिव विष्णु पौडेल, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरू सहभागी थिए । 

बुधवार राति अबेरसम्म अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ३१ जना स्थायी कमिटी सदस्यहरू ललितपुरको एक रेस्टुरेन्टमा भेला भएका थिए ।

उक्त भेलाले प्रधानमन्त्रीसमेत रहेका ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने सहमति गरेको थियो । 

प्रचण्ड-नेपाल पक्षीय नेताहरूको सहमतिलाई लिएर बालुवाटार हच्केको छ । प्रधानमन्त्री ओली कुनै एक पद छोड्न राजी हुने सम्भावना रहेको बालुवाटारनिकट स्रोतको दाबी छ । 

स्रोतका अनुसार आफू मिलेर जान तयार रहेको र आवश्यकताअनुसार एउटा पद छोड्न तयार रहेको सन्देश दिएर ओलीले आफूनिकट नेताहरूलाई खुमलटार पठाएका थिए ।  

खुमलटारमा प्रचण्ड र ओलीसमूहका नेताबीच भएको छलफल पौने ११ बजेसम्म चलेको थियो ।

छलफलको निष्कर्ष पार्टी एकतालाई बचाउनुपर्छ भन्ने नै रहेको स्रोतले जानकारी दियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x