×

NMB BANK
NIC ASIA

ओलीसँग कुनै सम्झौता भएको छैन : देउवा

असार २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपाभित्रको आन्तरिक शक्ति संघर्ष विभाजनउन्मुख दिशामा अघि बढिरहेका बेला नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट नेताहरूसँग कांग्रेस सभापति शेरबहादुर देउवाले गरिरहेको भेटवार्तालाई रहस्यका साथ हेरिएको छ । भेटलाई लिएर भइरहेका विभिन्न आशंका र अड्कलबाजीका बीच देउवाले आइतबारको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री ओलीसँग कुनै किसिमको गोप्य सम्झौता नभएको प्रस्ट्याएका छन् ।

Muktinath Bank

पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा बसेको बैठकको सुरुमै यही विषय प्रवेश भएको थियो । सुरुवातमै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटको प्रसंग कोट्याउँदै बैठकलाई जानकारी गराउन माग गरेका थिए । देउवाले असार १७ गते बालुवाटारमा ओलीसँग र आइतबार ओलीका विश्वासपात्र संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँग बूढानीलकण्ठमा भेटवार्ता गरेका थिए । नेम्वाङसँग भेटवार्तापछि देउवा कांग्रेस बैठकमा गएका थिए । प्रधानमन्त्रीसँग एक्लै र नेम्वाङसँग पार्टीकै नेता मीनेन्द्र रिजाललाई सँगै राखेर भेटवार्ता गरेका उनले बैठकमा संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति र एमसीसीका विषयमा छलफल भएको बताएका थिए । नेम्वाङको भेटबारे भने नेता रिजाललाई जानकारी गराउन लगाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेम्वाङसँगको भेट संसद् अधिवेशन बोलाउन लागेको भन्ने आशंकाबीच भएको थियो । नेम्वाङले शनिबार कांग्रेस नेता रिजाललाई टेलिफोनमार्फत कांग्रेस र जनता समाजवादी मिलेर संसद् अधिवेशन बोलाउन खोजेको सूचना आफूहरूले पाएको भन्दै प्रस्ट हुन चाहेका थिए । प्रधानमन्त्री ओलीले सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई जानकारीसम्म नदिई असार १८ गते संसद् अधिवेशन अन्त्य गराएका थिए । त्यसबाट असन्तुष्ट कांग्रेस र जनता समाजवादी मिलेर अधिवेशन बोलाउने तरखर गर्न लागेको सूचना कसैले सुनाइदिएपछि आफ्ना दूतका रूपमा प्रधानमन्त्री ओलीले देउवासँग भेट्न पठाएका थिए । अधिवेशन अन्त्य भए पनि संसद्का एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ ।


Advertisment
Nabil box
Kumari


‘नेम्वाङले यही विषयमा प्रस्ट हुन सभापतिलाई भेट्न खोज्नुभएको रहेछ,’ रिजालले कांग्रेस बैठकमा भनेका थिए, ‘त्यसैको सिलसिलामा आज सभापतिसँग भेटको समय मिलाइएको हो ।’ नेम्वाङले भने संसद् अधिवेशन बोलाउनेबारेको प्रसंग उल्लेख गरेनन् । उनले छाया सरकार बनाएर अघि बढेको प्रतिपक्षसँग अहिलेका समसामयिक राजनीतिक विषय, संवैधानिक आयोगका बाँकी पदाधिकारी नियुक्ति, कोभिड–१९ को संक्रमणलगायतमा खुलस्त छलफल भएको बताए ।

Vianet communication
Laxmi Bank

पार्टी दुर्घटनामा पर्न लागेकै बेला सत्ता साझेदारी गर्नेसम्मको कुराकानी भएको भनेर आएको छ नि भन्ने कान्तिपुरको प्रश्नमा नेम्वाङले भने, ‘पहिलो कुरा त हाम्रो पार्टी दुर्घटनामा पर्दैन । नेताहरूले वार्ता र संवादमार्फत एकताको निष्कर्षमा पुर्‍याउनु हुन्छ । दुवै अध्यक्षहरू यसमा प्रस्ट हुनुहुन्छ । अर्को, प्रमुख प्रतिपक्षसँग सरकार बनाएर जाने कुरा भनेका छैनौं । निर्वाचन सकिएपछि सुरुमा भनेका थियौं, अहिले भनेका छैनौं तर सञ्चारकर्मीले माया गरेर लेखिदिएका छन् ।’

देउवाले ओलीसँग मिलेको र गोप्य सम्झौता गरेको भनेर बाहिरका चर्चा सत्य नभएको बताएका थिए । पार्टीको आसन्न महाधिवेशनलाई लिएर आन्तरिक प्रतिस्पर्धा सुरु भइसकेका बेला देउवाका लागि सत्ता राजनीतिको विषय बढ्दा रुचिकर बने पनि इतर खेमालाई भने यो विषयले सशंकित तुल्याएको छ ।

प्रधानमन्त्री ओलीलाई भेटेको जानकारी पाएदेखि नै वरिष्ठ नेता पौडेलले अंकगणितको जोड–घटाउमा लाग्न नहुने भन्दै नेतृत्वलाई मनोवैज्ञानिक दबाब दिन थालेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा पनि उनैले यस विषयलाई प्रवेश गराएका थिए । सत्तारूढ नेकपाभित्र पनि ओली इतर खेमाका लागि कांग्रेस सभापतिसँगको भेटले चस्का दिएको छ । कांग्रेस केन्द्रीय सदस्य रिजालले प्रधानमन्त्री ओलीले कांग्रेसलाई देखाएर आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल खेमालाई दबाबमा पार्ने रणनीतिबमोजिम पनि यस्तो भेटवार्ता भएको हुन सक्ने अनुमान लगाए ।

नेकपा नेता नेम्वाङले भने त्यस्तो योजनाअन्तर्गत भेटवार्ता नभएको दाबी गरे । ‘यस्तो प्रश्न गर्ने, टिप्पणी गर्ने विषय स्वाभाविक हो । तर, व्यावहारिक र यथार्थ होइन,’ नेम्वाङले थपे, ‘सम्बन्ध नराखौं निरंकुश भयो भन्ने, सम्बन्ध राखौं अर्को पक्षलाई दबाब दिन भन्ने ?’ नेम्वाङले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिहरूका विषयमा भने छलफल गरेर अघि बढ्नेबारे कुराकानी भएको बताए । कांग्रेसकै कतिपय केन्द्रीय सदस्यहरूले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडानमा रहेका र त्यसैका कारण पार्टी विभाजित हुने अवस्था बनेमा कांग्रेससँगको सहकार्य आवश्यक हुने ठानेर अहिल्यैदेखि सम्बन्ध बढाएको दाबी गरेका छन् ।

रिजाल भने त्यसलाई अहिल्यै पत्याइहाल्दैनन् । स्वयं सभापति देउवाले समेत पार्टी विभाजन हुनेमा पत्याएका छैनन् । ‘जुन दिन सभापति देउवालाई नेकपा फुट्ने भयो भन्ने विश्वास जाग्छ, त्यसबेला ओलीले खोज्नै पर्दैन, आफैं लाग्नुहुन्छ,’ देउवानिकट अर्का एक केन्द्रीय सदस्यले भने, ‘अहिले के हुन्छ भनेर चाखपूर्वक हेर्नु मात्रै भएको छ ।’ उनका अनुसार देउवा यतिबेला ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवैसँग सम्पर्कमा छन् । देउवासँग सम्बन्ध बढाउन ओली लागेपछि दाहाल र नेपाललाई सशंकित बनाएको छ । सशंकित नहुन आश्वस्त पार्दै देउवा आफैंले दाहालसँग सम्पर्क कायम राख्दै आएको स्रोतको दाबी छ । दाहालसँग उनी आफैं नभई विश्वासपात्रहरूलाई संवादको जिम्मा लगाएका छन् । ओलीसँग असार १७ भेटेलगत्तै विश्वासपात्रमार्फत दाहालसँग शुक्रबार भेट भएको थियो ।

नेम्वाङसँगको भेटमा भने देउवाले आफू ओली र दाहाल कतैतिर पनि नरहेको बताएका थिए । ‘नेकपाभित्रको विवाद आन्तरिक हो, यसमा म ओली र दाहाल कतैतिर पनि छैन,’ देउवाको भनाइ उद्धृत गर्दै रिजालले भने, ‘पार्टी मिलाउनुहोस्, शुभकामना छ ।’ पार्टी सभापतिसँग भएको छलफलमा सरकार निर्माण, सरकारको साझेदारी, ओलीलाई समर्थनजस्ता कुनै पनि विषयमा छलफल नभएको दाबी पनि रिजालले गरे ।

‘न अहिले नेकपा विभाजन भएको सूचना निर्वाचन आयोगमा पुगेको छ न त संसद्मा अविश्वास प्रस्ताव आएको छ, विकल्प दिने संख्या नेकपाभित्रै छ, हामीसँग छैन,’ रिजालले भने, ‘संवैधानिक आयोगमा विगतमा प्रमुख प्रतिपक्ष दलको नेतालाई बाइपास गरेर भएका नियुक्ति, आगामी दिनमा गरिने निर्णय र सत्तारूढ दलभित्रको संकटका विषयमा छलफल भएका हुन्, त्यसभन्दा बाहेक अरू छलफल भएको छैन ।’ बोल्ने क्रम नसकिएकाले बैठक सोमबार पनि बोलाइएको छ । कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x