पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
प्रतिनिधिसभा सदस्य प्रेम आलेले सर्वसाधारणलाई अपशब्द प्रयोग गरी अपमान गरेका छन् ।
कैलाली जिल्लास्थित विभिन्न सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन कार्यक्रमको स्थलगत अनुुगमन गर्न पुगेका सांसद आलेले ‘टाउको तल गर म को हुँ चिन्छस् ?’ भन्दै अपमान गरेको पाइएको छ ।
वैज्ञानिक वनको नाममा व्यापक फडानी भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले संसदीय छानबिन उपसमिति बनाएको छ । उपसमितिका सदस्य रहेका सांसद आलेले अनुुगमनका क्रममा सामुदायिक वनका पदाधिकारी र तल्लो स्तरका वन कर्मचारीलाई अपशब्द प्रयोग गरेको तथा धम्क्याउँदै हिँडेको बताइएको छ ।
डोटीबाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद आलेले छानबिन समितिका संयोजक प्रदीप यादव सहितको टोली सोमवार कैलाली पुगेका छन् । समितिले कैलालीको महोन्याल गाउँपालिका–३ फलेबिसौना पुगेको थियो ।
सांसद आलेले जनकल्याण सामुदायिक वनका अध्यक्ष जनक गिरीलाई झपार्नु झपारे । आफ्नो कार्यशैलीले सांसद आलेले आफ्नै सांसद पदको गरिमाका धज्जी उडाएको बताइएको छ ।
सामुदायिक वनका अध्यक्ष गिरीले आफूलाई सांसद आलेले झपारेको कुरो सुनाउँदै भने, ‘म को हुँ, चिन्छस् । के मुखमा के हेरेको टाउको तल गर । तँ साले बढ्ता कुरा गर्छस् । हामी माननीय हुँ मेरो मुखमा हेरेर कुरा गर्ने तँ को होस् ? तेरो वनमा कुन ठेकेदारको लगानी छ भन ?’
सरकारले नै लागू गरेको वैज्ञानिक वन कार्ययोजना अनुसार काम गरिरहेको बताउँदै उनले सबैको सामु सांसद जस्तो व्यक्तिले अमानवीय ढंगले झपारेको बताए ।
दलबलसहित अनुगमन गर्न पुगेका उनले गाली गलौचसहित धम्कीको शैलीमा उत्रिएपछि वनका पदाधिकारी र वन कर्मचारी त्रसित भएका छन् ।
नाम नभन्ने शर्तमा वनका एक कर्मचारीले भने, ‘मेरो मान्छेको फाइल फालेर अरुलाई ठेक्का दिने ? तिमीहरू सबैलाई देखाइदिन्छु । दुईतिहाइको सरकार छ, म को हुँ चिन्छस् ?’
उपसमितिले तथ्य कुराको छानबिन गर्ने हो तर उनी सर्वसाधारणलाई धम्क्याउँदै, गालीगलौच गर्दै हिँड्नु सांसदको गरिमा विपरीत रहेको वनका कर्मचारी बताउँछन् । हाल वैज्ञानिक वनको अनुगमनमा आएका सांसद आलेलाई उल्टै वन माफियाको आरोप लाग्दै आएको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...