×

NMB BANK
NIC ASIA

नेकपा संकटमा ‘आइसब्रेक’

असार २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । 

Muktinath Bank

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलवार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति गरेसँगै नेकपा संकट ‘आइसब्रेक’को चरणमा पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओली र दाहालबीच विगत केही दिनयता गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

‘हिजो दुई दलबीचको एकता पनि दुई अध्यक्षकै योजना र त्यागका आधारमा भएको थियो र आज देखिएको समस्या पनि दुई अध्यक्षले नै समाधान गर्ने गरी सहमति खोज्ने निर्णय भएको छ,’ नेकपा स्रोतले भन्यो ।

Vianet communication
Laxmi Bank

बालुवाटार स्रोतका अनुसार दुवै अध्यक्षले छलफल गर्दै नेकपा जारी स्थायी कमिटीबाटै विवाद समाधान गर्ने निष्कर्षमा पुगेका छन् । बुधवार स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वयबीच पुनः ‘वान टु वान’ छलफल हुने बताइएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयका बीचमा भएको छलफल निकै सकारात्मक रहेको अध्यक्षद्वयको सचिवालयको निष्कर्ष छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच भएको छलफल सकारात्मक रहेको र यसलाई जारी राख्ने सहमति भएको छ । छलफलपछि दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किएकाले अब नेकपा संकट सहजै टरेर जाने विश्वास नेताहरूले गरेका छन् ।

‘अहिले नै कुनै सहमति भइसकेको छैन तर छलफल सकारात्मक रहेको छ,’ सापकोटाले भने, ‘आज (बुधवार) स्थायी कमिटीको बैठक बस्नुभन्दा अघि दुई अध्यक्ष पुनः बस्ने समझदारी भएको छ ।’

नेकपा जारी स्थायी कमिटी बैठक स्थगित गरेर ओली र दाहालबीच छलफल भएको हो । सोमवार ११ बजे स्थायी कमिटीको बैठक बस्ने पूर्व निर्धारित कार्यक्रम भए पनि बैठक बुधबार बस्ने गरी स्थगित गरेर ओली र दाहालबीच निरन्तर छलफल चलिरहेको छ ।

नेकपा जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् । तर यी दुवै पदबाट राजीनामा नदिने अडानमा ओली रहेका छन् । यही अडानका बीच नेकपामा शक्तिसंघर्ष शुरू हुनुका साथै पार्टी फुटको संघारमा पुगेको थियो तर पछिल्ला दिनमा अध्यक्षद्वयले सघन छलफल गरी सहमति खोज्दै पार्टीलाई फुटको संघारबाट जोगाउने लक्ष्यमा अघि बढेका हुन् ।

पार्टी एकता जोगाउन युवा नेताहरूले दबाब दिइरहेका छन् । दोस्रो तहका नेताका साथ युवा नेताहरूले शीर्ष नेतलाई पार्टी फुट्नबाट जोगाउनुपर्ने भन्दै आन्तरिक रूपमा दबाब दिइरहेका हुन् । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यसहित केही कार्यकर्ताले पार्टी फुटलाई जोगाउन माग गर्दै सांकेतिक रूपमा शुरू गरेको धर्ना तेस्रो दिन मंगलवार समेत जारी नै राखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x