कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
भारत र चीनबीच तनावको स्थिति चलिरहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि विपक्षी तथा आलोचकहरू आक्रामक बनेका छन् ।
तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनमा मोदीले बधाई नदिएको विषयमा ताजा विवाद उठेको छ ।
मोदी प्रधानमन्त्री बनेदेखि नै आफ्नै दलका नेता, विपक्षी, विदेशी सरकार तथा राज्यप्रमुखलाई जन्मदिनको शुभकामन सन्देश दिने गरेका छन् ।
तर दलाई लामालाई बधाई नदिएपछि उनी आलोचनाको तारो बनेका छन् ।
दलाई लामाको जन्मदिन सोमवार परेको थियो । सन् १९८५ मा जन्मेका उनी अहिले ८५ वर्षका भए ।
धेरै मानिसहरू दलाई लामाको जन्मदिनमा मोदीले शुभकामना नदिनुलाई भारत–चीन तनावसँग जोडेर हेर्छन् । दलाई लामा विश्वका विभिन्न मञ्चमा चीनविरुद्ध बयान दिइरहेका हुन्छन् ।
देशको प्रधानमन्त्री नबन्दै सन् २०१३ मा मोदीले दलाई लामालाई बधाई दिएका थिए, त्यसपछि छैनन् ।
यत्तिका वर्ष प्रधानमन्त्री हुँदा उनले जन्मदिनको शुभकामना दिएनन् । यसमा विपक्षी दल कांग्रेसले कटाक्ष गर्दै मोदीलाई शुभकामना नदिन के बाध्यता आइलाग्यो भनी कटाक्ष गरेको छ । प्रधानमन्त्री कार्यालयले समेत शुभकामना दिएको छैन ।
त्यसो त विपक्षी नेताहरू सोनिया गान्धी र प्रियंका गान्धी लगायतले पनि दलाई लामालाई शुभकामना दिएका छैनन् ।
चीनलाई नचिढ्याउन मोदीले यसो गरेको भनी बुद्धिजीवीहरूले औंल्याएका छन् । दुई देशबीच सीमाविवाद भएर २० जना भारतीय सैनिक मारिँदा समेत मोदीले औपचारिक सम्बोधनमा चीनको नाम एकपटक पनि उच्चारण गरेका छैनन् ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...