कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन्। मङ्गलबार सो नीतिको घोषणा गरिएको हो ।
कम्बाेडियामा कुकुरको मासुलाई निकै पौष्टिक तत्वका रुपमा लिइन्छ। मासुका पारखीका लागि पनि कुकुरको मासु लोकिप्रय मानिएको छ।
तर यहाँ कुकुुरको मासु खाने महोत्सव पनि हुने र त्यसका लागि सो समयमा निकै निर्दयी रुपमा कुकुर मार्ने गरिएकोले पशु अधिकारकर्मीहरुले यसको विरुद्धमा आवाज उठाउँदै आएका थिए।
पशु अधिकारवादीहरुले मासुका लागि पशु मार्न नहुने, कुकुरलाई पनि मार्न नहुने र निर्दयी रुपमा कुकुर मारेर मासुको महोत्सव गर्न नहुने भन्दै विगत लामो समयदेखि माग गर्दै आएका थिए।
त्यसविरुद्धमा उनीहरुले अदालतसम्म पनि पुगेर मासुका लागि कुकुर मार्ने कार्यलाई रोक्न भनेका थिए। त्यसैले सरकारले यस्तो निर्णय गरेको जनाएको हो।
सिम रिप प्रान्तको कृषि विभागले मङ्गलबार राति अबेरति सो नीतिको घोषणा गरेको थियो । मासुका लागि कुकुर मार्ने र त्यसको महोत्सव गर्ने काम अराजक देखिएको र यो पशु अधिकारको विरुद्धमा भएको भन्दै यस्तो प्रतिबन्ध लगाएको जनाएका हुन्।
उक्त प्रान्तका अधिकारीहरुले मासु खाने प्रयोजनका लागि कुकुर समात्ने, काट्ने तथा बेच्ने कुनै पनि व्यक्तिलाई एक हजार ५ सयदेखि १२ हजार २ सय अमेरिकी डलर बराबरको जरिवाना गराइने बताएका छन् । -रासस/एएफपी
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...