×

NMB BANK
NIC ASIA

चीनलाई अमेरिका किन आफ्ना लागि खतरा मान्छ ? यस्ता छन् कारण

असार २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विगत केही समययता अमेरिकाले चीनविरुद्धको शाब्दिक आक्रमण बढाएको छ । ट्रम्प प्रशासनले लिएका कतिपय फैसला पनि चीनविरुद्ध छन् । 

Muktinath Bank

कोरोनाभाइरस महाव्याधि चलिरहँदा यी दुई देशबीचको तनाव झनै चर्किएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाभाइरसले संसारभरि अझ विशेषगरी अमेरिकामा निकै क्षति पुर्‍याएको छ र त्यसका लागि चीन दोषी भएको भनी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आरोप लगाएका छन् । 


Advertisment
Nabil box
Kumari

संसारभरि प्रतिष्ठामा आँच आइरहेकाले गर्दा अमेरिका त्यसबाट आहत भएर अहिले चीनसँग यति धेरै चिढिएको हो । भारतीय विश्लेषक सुधीन्द्र कुलकर्णीका अनुसार, अहिले संसारमा पश्चिमको दबदबा अन्त्य भइरहेको छ र अन्य देशको वर्चस्व बढिरहेको छ । ती अन्य देशको श्रेणीमा चीन सबभन्दा अगाडि छ । अर्थतन्त्रका सवालमा चीन संसारको दोस्रो सबभन्दा ठूलो मुलुक हो । 

Vianet communication
Laxmi Bank

आगामी १० वर्षमा चीनले आफूलाई पछि पारिदिने हो कि भनी अमेरिकालाई डर लागेको छ । यही नै हो चीनसँग अमेरिका चिढिनुको सबभन्दा ठूलो कारण । 

अमेरिकाको अर्थतन्त्र अहिले १७ खर्ब डलरको छ भने चीन अलिकति मात्र पछि छ । उसको अर्थतन्त्र १२ देखि १३ खर्ब डलर छ । अर्थतन्त्रको यो घट्दो दूरीले अमेरिकाको चिन्ता बढाएको हो ।

सन् २०१५ मा चीन सरकारले १० वर्षको एक भिजन प्रस्तुत गरेको थियो । त्यसको उद्देश्य चीनलाई उद्योग तथा प्रविधिको क्षेत्रमा शक्तिशाली बनाउनु हो । त्यसलाई उनीहरूले मेड इन चाइना २०२५ नाम दिए । 

राष्ट्रपति सी चिनफिङले चीनलाई साइबर शक्ति बनाउने इच्छा प्रकट गरिसकेका छन् । 

चीन अहिले कृत्रिम बौद्धिकताको स्टार्टअपका लागि सबभन्दा ठूलो क्यापिटल मार्केट बनेको छ । उससँग डेटा र सस्तो श्रमको फाइदा छ । 

अनि चीन संसारभरिका लागि महत्त्वपूर्ण आपूर्ति शृंखला हो । चीनको शेनजेन र क्वाङ्चो शहरमा लगभग सबै सामानको कम्पोनेन्ट बन्छ । लगभग सबै स्मार्टफोनको चिप चीनमै बन्छ । त्यसैले संसारभरिको प्रविधिमा चीनको पहुँच छ । 

दी इकोनोमिस्ट पत्रिकाका अनुसार, चीनले विगत २० वर्षमा कुनै पनि देशभन्दा तीव्र गतिमा आणविक भट्टी बनाएको छ । चीनमा ४३ गिगाबाइट क्षमताका आणविक भट्टी छन् जुन अमेरिका र फ्रान्सभन्दा मात्र पछाडि हो । 

अमेरिकाको नीतिलाई प्रभावित पार्न चीनले घूस तथा ब्ल्याकमेलको सहारा लिइरहेको भनी एफबीआईका निर्देशक क्रिस्टोफर रेले बताएका छन् । अमेरिका अहिले चीनसँग डराउनुमा यो पनि एउटा कारण हो । 

अमेरिकाको आन्तरिक राजनीतिले पनि चीनलाई उसविरुद्ध बलियो बनाएको हो । महाशक्ति भए पनि कोरोना संक्रमणका विषयमा अमेरिका संसारको पहिलो देश बनेको छ । 

चीनमा पहिलोपटक संक्रमण देखिएको भए पनि संक्रमण संख्या एकदमै कम देखियो । कोरोनालाई नियन्त्रणमा राख्न आफू सफल भएको भनी चीनले दाबी गर्न पायो ।

तर अमेरिकाको ट्रम्प प्रशासन भने महामारी नियन्त्रण गर्न नसकेर चीनलाई दोषी देखाएर आफ्नो जिम्मेवारी पूरा भएको भन्ठान्छ । 

कोरोनाका विषयमा आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्प चीनमाथि अनेकौंपटक आक्रोशित बने । ट्रम्पको कुव्यवस्थाका कारण अमेरिकाले आर्थिक क्षेत्रमा ठूलो नोक्सानी बेहोर्नुपरेको छ । 

अब नोभेम्बर महिनामा राष्ट्रपति चुनाव आउँदैछ जसमा ट्रम्प प्रशासनले कोरोना संकटको व्यवस्थापन कसरी गर्‍यो भन्ने विषय व्यापक रूपमा उठ्ने पक्का छ । 

अहिले अमेरिकामा चलिरहेको ह्याशट्याग ब्ल्याकलाइभ्सम्याटर अभियानले पनि अमेरिकी जनता एकजुट छैनन् भन्ने स्पष्ट पारेको छ ।

ट्रम्प चारैतर्फबाट घेरिएको देखिएका छन् त्यसैले उनको सम्पूर्ण आक्रोश उदीयमान शक्ति चीनमाथि खनिएको छ । 

जनसंख्या बल पनि चीनको पक्षमा छ । अमेरिकाको जनसंख्या लगभग ४० करोड छ भने चीनको जनसंख्या एक अर्ब ४० करोड छ । जनशक्ति बल भएको मुलुक निकै अघि बढ्छ भन्ने प्रमाणित तथ्य हो । 

चीनले आफ्नै जनसंख्याको बलमा धेरै कुरा हासिल गरिसकेको छ भने अमेरिकाले अन्य देशबाट गएका मानिसको आडमा प्रगति गरेको हो । 

अनि अमेरिकाले पश्चिम एसिया तथा अफगानिस्तानको अन्त्यहीन युद्धमा धेरै पैसा बेफ्वाँकमा उडाएको छ । त्यसै खर्चका कारण अमेरिकाको शक्ति क्षीण भइरहेको छ र उसले केही समययता अनेकौं कटौतीहरू गरिरहेको छ । 

जर्मनीबाट सैनिक झिक्नु अनि अफगानिस्तानमा शान्ति सम्झौता कार्यान्वयनमा जोड दिनुलाई यसै कडीमा हेर्नुपर्ने हुन्छ । 

उता चीन भने आफ्नो प्रभुत्व विस्तारमा लागेको छ । एसियामा अमेरिकालाई प्रभुत्व जमाउन नदिनका लागि चीन उद्यत रहेको देखिन्छ । 

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x