×

NMB BANK
NIC ASIA

पेटमै हान्यो पहिरोले

असार २९, २०७७

NTC
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels

 झुरुप्प परेको बस्तीमा थियो मन्जिता श्रीपालीको घर । शुक्रबार बिहान झिसमिसे हुन भ्याएकै थिएन । २२ वर्षीया मन्जिता बस्तीका अरू सबैझैं ढुक्कको निद्रामा थिइन् । साथमा ६ वर्षका छोरा थिए भने पेटमा ६ महिनाको गर्भ । धौलागिरि गाउँपालिका–६ मराङ राम्चेस्थित त्यस बस्तीमा अचानक आएको पहिरोले घर मात्र भत्काएन, उनको पेटमै हान्यो । गर्भवती श्रीपाली गम्भीर घाइते भइन् ।

Muktinath Bank

काखको छोरालाई चोट लाग्यो । आफन्तले उनलाई पहिरोबाट झिके । झिसमिसेमा छामछाम र छुमछुम गर्दै उनीहरू छिमेकीको पिँढीमा पुगे । त्यतिबेलासम्म श्रीपाली परिवारसमेत बस्तीका ९ जनालाई पहिरोले पुरिसकेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिरोले थिचिएर गम्भीर घाइते भएकी श्रीपालीलाई तत्काल उपचारका लागि अस्पताल लैजाने कुनै उपाय भएन । शुक्रबारको दिन भगवान्को प्रार्थना गर्दै बित्यो । घाइते गर्भवती अलपत्र परेको खबर सुनेपछि बेनीका युवा व्यवसायीहरू राजेश शाक्य र नारायण जीसीले निजी खर्चमा हेलिकप्टरबाट उनलाई उद्धार गरी बेनी पुर्‍याए ।


Advertisment
Nabil box
Kumari

बेनी अस्पतालले ६ महिनाको उनको गर्भको शिशु नरहेको पायो । मन्जिताको हिपको हाड भाँचिएको भेटेपछि थप उपचारका लागि पोखरा रिफर गरिदियो । पोखराको मणिपाल शिक्षण अस्पतालमा आइतबार शल्यक्रिया गरेर उनको पेटबाट मृत शिशु निकालिएको छ ।

Vianet communication


‘उता (गाउँमा) आफन्त गुमायौं । यता (अस्पताल) मा घाइतेलाई उपचार गर्ने पैसा नभएर समस्या भएको छ,’ आफन्त शिव श्रीपालीले भने, ‘ग्वार्रर्र, गड्याङ्ग गर्दै जतासुकै पहिरोको आवाज आइरहन्थ्यो, सबै बग्यो भन्ने लागेको थियो । छिमेकीको पिँढीमा पुगेर धन्न बाँचियो ।’

अग्लो सल्लेरी भीरको टुप्पीमा अवस्थित रुखो र भिरालो पाखोमा रहेको धौलागिरि मराङ र मालिका गाउँपालिका–७ विम गाउँ यतिबेला शोकमा डुबेको छ । पहिरोले यहाँका बस्ती उजाड भएका छन् । धेरैमाथिबाट सानो पहिरो झरे पनि बस्तीमा आइपुग्दा छरिएर धेरै क्षति भएको हो ।

पहिरोमा पुरिएकामध्ये आइतबार दिउँसोसम्म मराङका १९ र विमका ८ जनाको शव भेटिएको छ । आइतबार मराङमा एक जना खिम जुग्जालीको शव फेला परेको हो । शनिबारसम्म उनको नाम बेपत्तामा पनि थिएन । एकान्तको गोठमा पुरिएको अवस्थामा उद्धार टोलीले उनको शव फेला पारेको थियो । यहाँका चार जना अझै बेपत्ता छन् । पहिरोले मराङका कम्तीमा ५० र विमका १५ घर पूरै पुरेको छ । ६५ परिवार घरबारविहीन भएका छन् । एक सय ५० भन्दा बढी घर बस्नै नसक्ने गरी क्षतिग्रस्त भएका छन् । घर रहेकाहरूको पनि खेतीबाली पूरै नष्ट भएको छ । पीडितलाई हेम मावि सिवाङ, जनविकास मावि, दलित सामुदायिक भवन, किसानी मावि विम र केही आफन्तकोमा राखिएको छ । शनिबार साँझ केही दाताले पुर्‍याएको चाउचाउ, बिस्कुट र मेसमा खाना खुवाउन थालिएको छ ।


पहिरोपीडितलाई अहिलेको भोकले भन्दा भविष्यको चिन्ताले सताउन थालेको छ । पहिरोग्रस्त ठाउँमा फेरि बस्ती बसाउन सकिने सम्भावना देखिँदैन । यहाँ एउटै ठूलो पहिरोले सबै घर पुरेको होइन, मराङ र विममा घरभन्दा बढी पहिरो खसेका छन् । प्रत्येक पहिरोले एउटा वा दुईवटा घरमा क्षति पुर्‍याएकै छ । प्रभावित क्षेत्रमा पुग्ने झोलुंगे पुल भत्किएका छन् भने खानेपानीका मुहान र वितरण प्रणाली पहिरोले बगाएपछि आपूर्ति अवरुद्ध छ । पशुचौपायालाई चरन क्षेत्रमा पठाउन सकिएको छैन ।

‘घरगोठसमेत सबै एउटै भाइ परिवारका ६ जना गुमाउँदा पृथ्वी नै भासिएझैं भएको छ । सामुदायिक भवनमा ओत लागेको छु । खाना पनि निल्न सकेको छैन, भोकले भन्दा भविष्यको चिन्ताले सताएको छ,’ आफन्त गुमाएका सुमन जुग्जालीले भने, ‘घर, बस्ती र भविष्य सबै उजाड बनेको छ ।’

पहिरोले मराङको वडा कार्यालय बगाएपछि ०६० सालयताका सबै अभिलेख नष्ट भएको छ । प्रगतिशील आमा समूहको भवन पनि बगाएको छ । ‘बस्तीसँगै वडा कार्यालय पनि पूरै बगाएकाले पन्जीकरण, सामाजिक सुरक्षासमेत सबै सरकारी अभिलेखहरू पूर्ण नष्ट भएको छ,’ वडासचिव वेदुनाथ सुवेदीले भने, ‘म कार्यालयमै बस्थें । योजनाको फरफारक गर्न गाउँपालिकाको केन्द्र मुना गएकाले ज्यान बच्यो । ०६० सालअघिका अभिलेख तत्कालीन विद्रोहीले नष्ट गरे, त्यसयताको यसपालिको पहिरोले ।’

पहिरोमा पुरिएकाको खोजी र घाइतेको उद्धार तथा विपत्मा परेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम नसकिएकाले यकिन विवरण तयार भइनसकेको सम्बन्धित वडाध्यक्षहरूले बताएका छन् । पहिरोले घरबारविहीन भएकालाई सुरक्षित स्थानमा पुनर्वास गर्नुपर्ने स्थानीयको माग छ । मराङका वडाध्यक्ष राजाराम सुवेदीले भने, ‘घरबारविहीनलाई पुनर्वास गर्नु स्थानीय सरकारको दायित्व हो । अझै उद्धार र राहत व्यवस्थापनमै जुटेका छौं । सुरक्षित पुनर्वासको तयारी भइसकेको छैन ।’ शुक्रबार दिनभर पानी पर्न र बाढीपहिरो झर्न नरोकिएकाले कतैबाट पनि उद्धारकर्ता घटनास्थल पुग्न सकेनन् । पहिरोमा बाँचेका छिमेकीले विपत्मा परेकालाई आश्रय दिएका छन् । उनीहरूले सकेसम्मका घाइतेलाई उद्धार गरे । कैयन्लाई तातोपानी खुवाएर राखे ।

शनिबार दिउँसो पानी पर्न रोकिएसँगै खोल्साको बाढी घट्यो । पहिरोको दलदल केही ओभाएपछि हिलो छिचोल्दै छिमेकी गाउँका स्थानीय प्रभावित क्षेत्रमा पुग्न थालेका थिए । मध्याह्नदेखि हेलिकप्टरबाट आएका सेना र प्रहरी पुरिएकाको खोजी र उद्धारमा जुटेका थिए । उनीहरूले आफूसँग ल्याएका चाउचाउ र बिस्कुट दुई दिनदेखिका भोका पहिरोपीडितलाई दिए ।

पहिरोग्रस्त क्षेत्रमा छिमेकी गाउँका युवा क्लबका सदस्य, स्थानीय र सामाजिक कार्यकर्ता अवरुद्ध बाटो पन्छाउँदै पुगेका थिए । ‘धौलागिरिको कल्लेनी र रिखा दुई बस्तीमा २/२ जना अझै बेपत्ता छन् । त्यहाँ पहिरो निरन्तर खसिरहेकाले ताकम प्रहरी चौकीले पहिरो रोकिएपछि खोज्ने गरी सबै रेस्क्यु टोली फिर्ता गरेका छौं,’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले भने, ‘अब गाउँपालिका/वडा कार्यालयको सहकार्यमा पशुचौपाया, सम्पत्तिको क्षति र बस्ती सेटलमेन्टको काम सुरु गर्दैछौं ।’

घटनापछि उद्धार गरिएका १२ घाइतेमध्ये ३ जनालाई पोखरा, एकलाई काठमाडौं र ८ जनालाई बेनी अस्पतालमा उपचारका लागि लगिएको थियो । बेनी अस्पतालबाट ४ जना आइतबार डिस्चार्ज भएका छन् । घनश्याम खड्काले कान्तिपुर दैनपकमा खबर लेखेकाछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x