×

NMB BANK
NIC ASIA

पहिराेकाे कहर

तनहुँ पहिरोमा १० जनाको शव फेला, दुई अझै बेपत्ता

अनबहादुरको परिवारका ५ सदस्य एकै चिहान

असार २९, २०७७

NTC
Premier Steels

तनहुँको विभिन्न स्थानमा गएराति पहिरोमा परी १० जनाको मृत्यु भएको छ। २ जना बेपत्ता छन्। 

Muktinath Bank

व्यास नगरपालिका वडा ९, माझफाँटमा २ घर, ऋसिङ गाउँपालिका वडा ८ पट्याङमा १ घर र म्याग्दे गाउँपालिका वडा ६, बेलौतेडाँडामा १ घर गरी ४ घर पुरिँदा ठूलो मानवीय तथा भौतिक क्षति हुन गएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अविरल वर्षापछि आइतवार राति माझफाँटका ५० वर्षीय केशवबहादुर थापाको घर पहिरोमा पुरिँदा परिवारका ३ सदस्यको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्। 
पहिरोमा परी केशवबहादुरकी ४० वर्षीया श्रीमती कमला थापा, २४ वर्षीय छोरा मनोज  थापा, २२ वर्षीया छोरी अञ्जना थापाको मृत्यु भएको हो।  


Advertisment
Nabil box
Kumari

पहिरोमा उनका २० वर्षीय छोरा राजेश थापा बेपत्ता छन्। बेपत्ताको बिहानैदेखि खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पहिरोमा घाइते केशव थापाको पोखरामा उपचार भइरहेको छ। 

Vianet communication

उता, ऋसिङ गाउँपालिका वडा ८, पल्टयाङ भैसिलिकीका अनबहादुर थापाको २ वटा घर पहिरोले पुरिँदा छोराबुहारी र नातिनी गरी ५ जनाको मृत्यु भएको छ । उनकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा घाइते छिन्। 

राति साढे १ बजे घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनका जेठा छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया, नातिनी ५ वर्षीया अमिषा थापा, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव र बुहारी १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको हो। 

अनबहादुरका २ घरमध्ये श्रीमती ज्योतिमायासँग छुट्टै अर्को घरमा सुतेका थिए। पहिरोमा परी ज्योतिमाया घाइते छिन्। उनको भीमादमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा ल्याइएको छ। यस्तै, अर्को घरमा सुतेका अनबहादुरका दुई छोराबुहारी तथा नातिनी भने पहिरोमा एकै चिहान भएका हुन्। 

पहिरोमा बेपत्ताको उद्धारमा कठिनाइ भएपछि जेसीबी नै प्रयोग गर्ने भनिएपनि बाटोमा पहिरोको कारण कठिनाइ भएको प्रहरीले जनाएको छ। गएराति भएको सो घटनामा प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको टोली सोमबार साँझसम्म उद्धारमा खटिएको थियो।

यस्तै, जिल्लाको म्याग्दे गाउँपालिकामा पनि घर पहिरोमा पुरिँदा १७ वर्षीया किशोरी लक्ष्मी विकको मृत्यु भएको छ। राति पौने १ बजे गएको पहिरोबाट घाइते भएकी लक्ष्मीलाई उपचारका लागि रत्नहरि अस्पताल दमौली लगिएकोमा उपचारका क्रममा सोमवार बिहान मृत्यु भएको हो।

उता, माझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोमा परेर व्यास नगरपालिका वडा ११, ओढारेका अन्दाजी ४५ वर्षीय पदमबहादुर भुजेल पहिरोमा बेपत्ता भएका छन्। पहिरोमा घाइते व्यास ९ की २६ वर्षीया झनुमाया कुँवरको दमौली अस्पतालमा उपचार भइरहेको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x