पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
भारतले भुटानको यती क्षेत्रमा सडक बनाउने योजना सार्वजनिक गरेको छ । त्यो बनेपछि गुवाहाटी र अरुणाचल प्रदेशबाट तवाङको दूरी १५० किलोमिटर घट्नेछ ।
भुटानको यती क्षेत्रलाई चीनले हालै मात्र आफ्नो अधिकारक्षेत्र भनी दाबी गरेको थियो ।
यो सडक बनाउँदा भारतलाई रणनीतिक फाइदा हुने बताइएको छ किनकि यो चीन सीमा हुँदै जानेछ ।
सडक बनेपछि भारतले चीनभन्दा छिटो सीमावर्ती क्षेत्रमा फौज तैनाथ गर्न सक्नेछ । तवाङ मात्र नभई भुटानका पूर्वी क्षेत्र तथा उत्तरपूर्वी राज्यमा चीन सीमामा सेना छिटो पुग्न सक्नेछ ।
भारतीय पत्रिका इकोनोमिक टाइम्समा छापिएको खबरअनुसार, भारत सरकारले बोर्डर रोड अर्गनाइजेसनलाई सडक बनाउने काम सुम्पेको छ । सडकले तवाङ नजिकैको लुमलालाई भुटानको त्राशीगाङसँग जोड्नेछ ।
यसले भारत र भुटानबीचको कनेक्टिभिटी पनि बढाउने अनि सुरक्षामा पनि अभिवृद्धि गर्ने बताइएको छ ।
विज्ञहरूका अनुसार, चीनले हालै भुटानको सुदूरपूर्वी क्षेत्रमा अधिकार जमाउन खोजिरहेको छ । उक्त क्षेत्र अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भागमा जोडिएको छ । अरुणाचललाई चीन आफ्नै भूभाग मान्छ ।
तवाङ तिब्बतको एक भाग भएको भन्दै चीनले त्यसमा पनि दाबी गरिरहेको हो । छैठौं दलाई लामा तवाङमा जन्मेका थिए । वर्तमान दलाई लामा पनि तवाङकै बाटो हुँदै भारत आएका हुन् ।
यसअघि चीनले भुटानको सुदूरपूर्वी क्षेत्रमा रहेको साकतेङ वन्यजन्तु आरक्षमा अन्तर्राष्ट्रिय फन्डिङलाई रोक्न खोजेको थियो । विवादित क्षेत्र भएकाले त्यो आरक्ष र त्यस वरिपरिका कुनै पनि भागमा फन्डिङ गर्न नमिल्ने उसको दाबी छ ।
भुटानले त्यसमा आपत्ति जनाउँदै दुई देशबीच पश्चिममा २६९ वर्ग किलोमिटर र उत्तरतिर ४९५ किलोमिटरमा मात्र विवाद रहेको बताएको छ । भुटानका अन्य सीमाहरू विवादरहित भएको भुटानको भनाइ छ ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...