×

NMB BANK
NIC ASIA

शिक्षाका उपसचिवको अवैध कमाइ साढे ४ करोड, पत्नी र छोरीको नाममा सम्पत्ति !

असार ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शिक्षा सेवाका उपसचिव मनप्रसाद रेग्मीले साढे ४ करोड रुपैयाँ अवैध रुपमा आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको छ ।

Muktinath Bank

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै आरोपपत्रबारे जानकारी गराएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बर्दियाको बाँसगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा शिक्षा युवा तथा खेलकुद शाखामा उपसचिव पदमा कार्यरत रेग्मीविरुद्ध बिगो ४ करोड ५४ लाख ३३ हजार ६९८ रुपैयाँ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोरपत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

उपसचिव रेग्मीले अवैध कमाइबाट आर्जित सम्पत्ति पत्नी र छोरीको नाममा समेत दर्ता गरेकाले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि दुवैलाई समेत प्रतिवादी कायम गरिएको छ ।

Vianet communication
Laxmi Bank

यस्तो छ अख्तियारको विज्ञप्ति –

बाँसगढी नगरपालिका नगरकार्यपालिकाको कार्यालय, बर्दियामा शिक्षा युवा तथा खेलकुद शाखामा उपसचिव पदमा कार्यरत मन प्रसाद रेग्मी उपर बिगो रु. ४,५४,३३,६९८।– कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर 
प्रेस विज्ञप्ति :- मिति २०७७।०३।३० गते ।

मिति २०५३।०७।२२ गते देखि जिल्ला शिक्षा कार्यालय, मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वनिक सेवाको पदमा प्रवेश गरी मिति २०७१।०८।०१ मा उपसचिव पदमा बढुवा भई हाल बाँसगढी नगरपालिका नगरकार्यपालिकाको कार्यालय, बर्दियामा शिक्षा युवा तथा खेलकुद शाखामा उपसचिव (अधिकृत ९औँ) पदमा कार्यरत रहेका मनप्रसाद रेग्मीले विभिन्न बैंकहरुमा निजको नाममा रहेको खातामा कर्जा कारोवार बाहेक जम्मा तथा खर्च रकम रु.१२,८०,००,०००।- भन्दा बढी देखिएको भन्ने समेत ब्यहोराको नेपाल राष्ट्र बैँक, वित्तिय जानकारी ईकाईबाट प्राप्त हुन आएको उजुरी उपरको अनुसन्धानको क्रममा निजको बैकिङ्ग कारोवार एव सिर्जित चल अचल सम्पत्ति तथा लगानी खर्चहरुका सम्वन्धमा संकलित प्रमाणका कागजातहरूका आधारमा निजले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३।०७।२२ देखी मिति २०७६ चैत्र मसान्त सम्मको अवधिलाई जाँचअवधि लिएर निज उपरको अनुसन्धानमा निज मन प्रसाद रेग्मीले आफु एवं श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मी समेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिदमा रजिष्ट्रेशन शुल्क, घर मर्मत संभार तथा जग्गा विकास निर्माण लगायतका खर्च रु. ४,८७,४३,९४४।-  घर निर्माण लागत (फिनिसिङ्ग / फर्निचर एवं घरमा जडित तथा रहेका इलेक्ट्रोनिक्स उपकरणहरु समेत) मा रु.६२,३८,०००।-, जीवन बिमा प्रिमियम शुल्क वापत रु. १,७७,००६।-¸ शेयर खरिदमा रु. १,४९,९००।-¸ शैक्षिक खर्चमा रु.२७,११,११२।-¸ सवारी साधन खरिदमा रु.८९,२६,९००।-, लाभकरमा रु.१०,६६,०३७।-, कर्जा चुक्ता प्रायोजनार्थ रु.१८,६६,९००।-, सुन खरिदमा रु.१¸५१¸०००।-¸ बैदेशिक निजी भ्रमणमा रु.२,६५,०००।- र विभिन्न बैंक खाताहरुमा अन्तिम मौज्दातमा रु. २८,४९,४९१।– समेत गरि अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा निज मन प्रसाद रेग्मीले रु. ७,३१,४५,२९०।- खर्च तथा लगानी गरेको देखिन्छ ।

सोही अवधिमा निज मन प्रसाद रेग्मीले सार्वजनिक सेवामा रही आर्जित पारिश्रमिक वचतबाट रु.३५,२८,७८९।-, निजको वैध आयले खामेको जग्गाहरू बिक्रिबाट रु. १,४३,५२,१६३।-¸ जीवन वीमाबाट रु. १,९२,८०६।-¸ श्रीमती पम्फादेवी पाण्डेयको आय रु. ३१,५०,५६८।-, विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट लिएका कर्जा रु.२९¸६४¸९००।-¸ शेयर नगद लाभाँश रु. ६७,०९०।-¸ सवारी साधन बिक्रिबाट रु. २५,५८,२७०।- कृषिबाट रु. ६,५७,७००।-, विप्रेषणबाट रु.१,००,७०६।– र वैदेशिक तालीमबाट रु.१,३८,६००।- समेत गरी अनुसन्धानमा लिएको जाँचअवधिमा निज मन प्रसाद रेग्मीले जम्मा रु. २,७७,११,५९२।– मात्र आय आर्जन गरेको देखिँदा निजको आर्थिक गतिविधि रु. ४,५४,३३,६९८।– (रु. चार करोड चौवन्न लाख तेत्तिस हजार छ सय अन्ठानब्बे) को आय भन्दा वढी खर्च गरेको रकमहरु बराबरको सम्पत्तिको स्रोत खुल्न नआएबाट निजको वैध आयको तुलनामा रु. ४,५४,३३,६९८।–(रु. चार करोड चौवन्न लाख तेत्तिस हजार छ सय अन्ठानब्बे) बराबरको सम्पत्ति गैर कानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आयो । 

सार्वनजिक पद धारण गरेका मन प्रसाद रेग्मीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज मन प्रसाद रेग्मीलाई विगो रु. ४,५४,३३,६९८।–(चार करोड चौवन्न लाख तेत्तिस हजार छ सय अन्ठानब्बे) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैर कानुनी रुपमा निज मन प्रसाद रेग्मीले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरु निजले श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मी समेतका नाममा राखेको पाइएकोले उक्त स्रोत नखुलेका सम्पत्तिहरु प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मी समेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x