कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
लगातार दुई आर्थिक वर्षसम्म १०० जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत नवीकरण हुने भएको छ।
गत असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ काम कारण इजाजत प्राप्त म्यानपावर कम्पनीले कामदार विदेश पठाउन नसकेको निष्कर्ष निकाल्दै वार्षिक १ सय जना कामदार पठाउन नसकेका म्यानपावर नवीकरणका लागि आएमा नियमानुसार नवीकरण गरिदिने निर्णय गरेको हो।
वैदेशिक रोजगार ऐन, २०६४ मा लगातार दुई वर्षसम्म वार्षिक १ सय जना कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजत रद्द हुने व्यवस्था छ।
कोभिडका कारण वैदेशिक रोजगार प्रभावित हुँदा वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६५ मा उल्लेखित इजाजत रद्दसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न बाधा परेकाले सोही ऐनको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्बाट बाधा अड्काउ फुकाउन आदेश जारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
कोभिड-१९ का कारण विश्व श्रम बजार प्रभावित हुँदा झण्डै ५ सय म्यानपावर कम्पनीले तोकिएको सङ्ख्यामा कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सकेका थिएनन्। जसका कारण उनीहरुको इजाजत रद्द हुने अवस्था सिर्जना भएको थियो।
ठूलो सङ्ख्यामा म्यानपावर खारेजीमा पर्ने भएसँगै श्रम मन्त्रालयले बाधा अड्काउ फुकाउका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो।
हाल ८ सय ५४ म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि अनुमति पाएका छन्। यसैबीच, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले बाधा अड्काउ फुकाउ आदेश जारी गरेर म्यानपावरको नवीकरण गर्ने निर्णयको स्वागत गर्दै सरकारलाई धन्यवाद दिएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...