×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित भवन उद्घाटन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालले सो भवन आइतबार उद्घाटन गरेका हुन् ।

Muktinath Bank

प्रहरी कर्मचारी साथै तिनका आश्रित परिवार लगायत भूतपूर्व प्रहरी कर्मचारीहरुको औषधी उपचारमा सहजता प्रदान गर्न पोखरा ७, मुस्ताङचोकस्थित नेपाल प्रहरीको आफ्नै जग्गामा भवन निर्माण गरी स्वास्थ्य सेवा सुचारु गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा डीआईजी अर्यालले भवन उद्घाटन गर्दै प्रहरी कर्मचारीहरुलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ संचालित प्रहरी अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरु स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

उनले २०४० सालमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंको स्थापना गर्ने तत्कालीन प्रहरी महानरीक्षक डिबी लामाको योगदानको स्मरणसमेत गरे । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले महत्वपूर्ण सुविधासहित अस्पताल निर्माण भएकोप्रति खुसी व्यक्त गरे ।

Vianet communication

प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा. नर्मन लामिछानेले हाल जनरल ओपिडिसहित वार्ड ल्याव र फार्मेसी सेवा दिँदै आएकोमा यसलाई निरन्तरता दिँदै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ लगायतका अन्य सेवा प्रदान गरिने बताए ।

भवनसम्बन्धी प्रतिवेदन पेश गर्दै प्रहरी निरीक्षक नीरञ्जनकुमार सिंहले नेपाल प्रहरी कल्याण कोषको बजेटबाट उक्त भवन निर्माण सम्पन्न भएको जानकारी दिए । कुल १ हजार १ सय ६ वर्ग फिट क्षेत्रफलभित्र सो भवनमा सोधपुछ कक्ष, ओपीडी, इमरर्जेन्सी, स्टाफ तथा सेवाग्राही शौचालय निर्माण भएका छन् ।

तत्कालीन प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले २०७४ चैत १७ मा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंबाट प्रदान भैरहेका सेवा विकेन्द्रिकृत गर्ने उद्देश्यले भवनको शिलान्यास गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x