×

NMB BANK
NIC ASIA

ढोरपाटन बाढीपहिरो : मृतकको संख्या १४ पुग्यो, ३९ बेपत्ता

भदौ १८, २०७७

NTC
फाइल फोटो
Premier Steels

बागलुङको ढोरपाटनस्थित भुजीखोलामा आएको बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

Muktinath Bank

अझै ३९ जना बेपत्ता छन् । मृत्यु हुनेमध्ये २ जनाको मात्र सनाखत भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसमा ढोरपाटन–९ भट्टचौरकी २६ वर्षीया केशमाया विक र लाकुरीबोटका ४५ वर्षीय करबहादुर विकको पहिचान भएको छ । ५ जना पुरुष र ६ महिलाको सनाखत हुन बाँकी छ ।


Advertisment
Nabil box
Kumari

बेपत्ता हुनेमा ढोरपाटन–९ बस्ने २० वर्षीय जीवन विक, सोही ठाउँका ३४ वर्षीय नारायण विक, २० वर्षीया टेकमाया विक, उनकी १ वर्षीया छोरी, १५ वर्षीया मनिषा विक, घट्टेचौरका २८ वर्षीय शनि विक, उनका छोराहरू ५ वर्षीय रवि र १० वर्षीय रोशन, १५ दिनको बच्चा, २६ वर्षीया मनकुमारी विक, २९ वर्षीय प्रेम पुन, भुसुण्डेकी ३० वर्षीया कुमारी विक, १४ वर्षीय समुन्द्र विक, १० वर्षीया पुनम विक, ३० वर्षीय जितबहादुर घर्ती, ४३ वर्षीय राजु घर्ती, घट्टेबोटकी ३५ वर्षीया करमति बुढा, ३५ वर्षीया रीनाकुमारी घर्ती, २० वर्षीया दिलमाया पुन, उनकी ३ वर्षीया छोरी प्रकृति, ६० वर्षीया डोटी पुन बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।

Vianet communication

सानो कुगुका ३५ वर्षीय हेमबहादुर विक, उनकी पत्नी ३४ वर्षीया उजेली विक, छोरा ८ वर्षीय दलु, १० महिनाका छोरा, ४० वर्षीय करबहादुर विक, उनकी पत्नी ३७ वर्षीया हस्तमाया विक, दुनेपधेंराकी ६० वर्षीया तुलमति घर्ती, लाकुरीबोटकी ५५ वर्षीया कौशिला पुन, उनका छोरा २० वर्षीय विशाल, पावर हाउसकी २५ वर्षीया धनमाया विक, उनका २ वर्षीय छोरा, सुप्राङका वीरे विककी पत्नी र २ छोराछोरीसहित ४ जनाको परिवार, गलकोट–४ घर भई ढोरपाटन घुम्न आएका २५ वर्षीय नवीन भण्डारी र ढोरपाटन–९ सुप्राङका नाम नखुलेका अन्य ३ जना पनि बेपत्ता भएका छन् । 

बाढीपहिरोमा परी ढोरपाटन–४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरिता घर्ती, ४२ वर्षीय धमेन्द्र पुन र ५४ वर्षीया बेलमति पुन घाइते छन् । तीमध्ये महेन्द्र पुनको अवस्था गम्भीर छ । 

घटनास्थलको अवलोकन गरी फर्केका बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आफूहरू ढोरपाटनको वडा ६, ७, ८ र ९ मा पुगेको बताए । उनका अनुसार सबैभन्दा बढी क्षति वडा ८ र ९ मा भएको छ ।

स्थानीयको भनाइ उदृत गर्दै उनले यति ठूलो बाढीपहिरो जीवनमै पहिलो पटक देखेको बताएका छन् । उनका अनुसार ढोरपाटन जाने बाटो पूरै भत्किएको छ । 

उद्धारका लागि बुर्तिबाङ तथा जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी, सेना र सशस्त्रको टोली गएको थियो । 

बुधवार राति करीब १ बजेको समयमा अविरल वर्षापछि ढोरपाटन–९ भुसुण्डे, दुनेपोखरा, लाँकुरीबोटमा बाढीपहिरो गएको हो । बाढीपहिरोले ढोरपाटन–९ सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन लगायत स्थानीय १३ घर पूर्णरूपमा बगाएको छ । २ वटा मोटरसाइकल बगाएको छ । भुकुण्डेमा पार्किङ गरिराखेको ग१ज ४१२५ नम्बरको पिकअप जीप समेत बगाएको छ ।

सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका ३ वटा जलविद्युत् आयोजना र ३ वटा झोलुङ्गे पुल समेत बगेका छन् । बाढीपहिरोमा ढोरपाटनका ६, ७ , ८ र ९ नम्बर वडामा क्षति पुगेकोमा सबैभन्दा बढी ८ र ९ वडामा पुगेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x