×

NMB BANK
NIC ASIA

भजनीमा भोकमरीको त्रास, उजाड खेत हेरेर रुन्छन् किसान

भदौ १९, २०७७

NTC
Premier Steels

कैलालीको भजनी नगरपालिका–९ खुरह्रिया टोलका स्थानीय सीताराम चौधरीको गत साउन १४ गतेको बाढीले घर र खेत पूरै डुबानमा पर्‍यो । भत्किन लागेको २ कोठे कच्ची घर थामथुम पारेर परिवारसहित ओट लागेका छन् ।

Muktinath Bank

घरसँगै रहेको १५ कठ्ठा धान खेत फुटबल मैदान जस्तै सफा र उजाड भएको छ । लहलहाउँदो भई बाला पोसाउने बेलामा उनको धान खेत बाढीले पूरै रित्तिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढीले पूरै सखाप भएको धान खेती देखाउँदै उनले भने, ‘मेरो त सबथोक यही खेत थियो हजुर । केही बाँकी रहेन । अब के गर्ने ? के खाने ? समझमै आउँदैन ।’


Advertisment
Nabil box
Kumari

गत वर्षको उत्पादनले हालसम्म उनको परिवारको खानाको जोहो हुँदै आएको छ । अब केही दिनलाई पुग्ने अन्न मात्रै बाँकी छ । उता खेत रित्तिएपछि उनको परिवारमा भोकमरीको त्रास अहिलेदेखि नै शुरू भएको छ ।

Vianet communication

‘असारमा साहु महाजनसँग ऋण सापटी गरेर खेती लगायौं । अब त्यही खेती सकिएपछि कुन मुख लिएर साहु महाजन कहाँ जानु ? उनीहरू पनि फसल हेरेर ऋण लगानी गर्ने हुन् । अब त उनीहरूले दिने सम्भावना नै देख्दैन । बाहिर काम गर्न जाउ भनेको त सबैतिर कोरोनाको महामारी छ,’ अँध्यारो मुख पार्दै सीतारामले भने, ‘खेतमा पाइला टेक्ने बित्तिकै चक्कर आउँछ । टाउको दुखेर आउँछ । रुन मन लाग्छ ।’
 
खुरह्रिया टोलका अर्का स्थानीय रामबहादुर चौधरीले बाढीले ज्यान जोगिए पनि खेतमा भएको धान सखाप भएको र घरमा भएको अन्न केही दिनलाई मात्रै पुग्ने बताए । अहिलेदेखि नै खाद्यान्न अभाव शुरू भएको बताउँदै उनले आफूहरूको सुरक्षित बास र गाँसको सबैभन्दा ठूलो समस्या रहेको दुःखेसो सुनाए ।

यो पीडा सीताराम र रामबहादुरको मात्रै होइन, गत साउन १४ गते आएको बाढीले जिल्लाको दक्षिणी क्षेत्रका आमजनताको पीडा बनाएको छ । स्थानीय मोहना, कान्द्रा, पथरैया, काँढा, कर्णालीलगायत नदीमा बाढी आउँदा भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिकालगायत स्थानीय तहका साढे ६ हजार बढी घरपरिवार प्रभावित भएका छन् । ३ जनाले ज्यान समेत गुमाउनुपरेको थियो । हजारौं बाढी पीडितहरू विस्थापित हुन पुगेका थिए । उनीहरू अझै डुबानको त्रासले घर फर्किन सकेका छैनन् । कोही हुलाकी राजमार्ग छेउछाउमा पाल टाँगेर बसेका छन् भने कोही सामुदायिक वनमा हप्तौंदेखि पाल टाँगेर बसिररहेका छन् ।

भजनी नगरपालिका–८ का खेमराज काफ्लेले घरको भौतिक संरचना भुताभुंग भएको र अझै बस्न नसकिने अवस्था भएर उँचो स्थानमा बस्न आएको बताए । जोखिम मोलेर भए पनि पालमुनि बसिरहेको बताउँदै उनले सुरक्षित बासको व्यवस्था सरकारबाट हुनुपर्ने माग गरे ।

भजनी नगरपालिका क्षेत्रमा मात्रै ४ हजार बिघा बढी क्षेत्रफलमा रोपिएको धान बाली पूर्ण रूपमा नष्ट भएको जनाइएको छ । हप्तौंसम्म डुबान कायमै रहँदा धानबालीमा ठूलो क्षति भएको भजनी नगरपालिकाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकार अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने तयारीमा रहेको बताइन् । भजनीका स्थानीय समेत रहेकी मन्त्री चौधरीले अल्पकालीन कार्यक्रम अन्तर्गत राहत, त्रिपाललगायत सामग्री वितरणको कार्य जारी रहेको र दीर्घकालीन कार्यक्रमको रूपमा एकीकृत कृषि प्रणालीको व्यवस्था गर्ने बताइन् ।

‘हामी बर्खामा जानीजानी बर्खे खेती किन गर्ने ? बर्खामा खाली छोडेर अरु सिजनमा खेती प्रणालीको व्यवस्थापनमा छौं । सहुलित दरमा कृषियन्त्र उपकरण, बिउबिजन, सिँचाइको व्यवस्था गरी हिउँदे खेतीसँगै चैते धान, मकै खेती, उखु खेतीमा प्रोत्साहनका कार्यक्रम ल्याउने तयारीमा छौं,’ उनले भनिन् ।

तर वन क्षेत्रमै बासको व्यवस्थापन गर्ने उत्तम विकल्प नरहेको बताउँदै मन्त्री चौधरीले सरकारको जनता आवास कार्यक्रम बाढी प्रभावित क्षेत्रमा विस्तार गर्न सकिने एउटा विकल्प रहेको औंल्याइन् । जसअन्तर्गत डुबानको समयमा गाउँगाउँमा सामूहिक बस्न सकिने उच्च घर अथवा सरकारबाट केही अनुदान प्रदान गरेर बाढी प्रभावित क्षेत्रका जनतालाई उच्च घर निर्माणको लागि प्रोत्साहनका कार्यक्रम ल्याउने तयारीमा रहेको मन्त्री चौधरीले बताइन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x