पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मिति : २०७७ भदौ १९
स्थान : फेवाताल
समय : बिहान ९ः३० बजे
बिहान सिमसिम पानीले भिजेको जमिन केही ओभानो हुँदै गएको छ । आकाशमा बादल अझै छ । मौसममा आएको खराबीले माछापुच्छ्रे हिमाल छेकिँदा छायाँ परेको छैन तालमा ।
फेवाताल लमतन्न सुतिरहेको छ । तालको बीचको बाराही मन्दिर शून्य छ । वरिपरि भुइँमा पातपतिङ्गर टाढैबाट प्रस्ट देखिन्छन् । ताल किनारमा नीलो, पहेंलो विभिन्न रंगका डुंगाहरू लहरै छन् ।
यी डुंगाहरू यसरी सिक्रीले बाँधिएको चैत ११ गतेको लकडाउनदेखि नै हो । ताल किनारको लेकसाइड बजार पूरै सुनसान छ । सार्वजनिक सवारी नचल्दा मानिसको चहलपहल हुने कुरै भएन ।
मानिसहरू यसो टहलिन फेवाताल किनार आउँछन् । तालको मनोरम दृश्य पृष्ठभूमिमा पारेर विभिन्न भावभङ्गीमा फोटो खिचेर एक जोडी भर्खरै फर्कियो । नजिकैको ‘फूट ट्रयाक’मा केही मानिसहरू मर्निङ वाक गरेको अझै भेटिन्छन् । केही महिनायता मानिसको उपस्थिति यहाँ नगण्य छ ।
कास्की जिल्लाभर निजी सवारी मात्रै त्यो पनि जोरबिजोरमा बिहान ६ देखि ८ बजेसम्म मात्रै चलाउन पाइन्छ । कोरोना महामारीको डरले मानिसहरू हत्तपत्ति काम नपरी बाहिर निस्कदैनन् । अघिल्लो दिन लेकसाइडकै एक जना कोरोना संक्रमित युवाले अकालमै ज्यान गुमाए । सो खबरले लेकसाइड तरंगित छ । उसै त शहरमा पातलो संख्यामा देखिने मानिसहरूमा सो घटनाको सञ्चारले अझ भय पैदा गराइदिएको छ । कोरोना प्रभाव पर्नुअघि विगतको जस्तो लेकसाइडको गुलजार भेटिँदैन । राति अबेरसम्म जागा रहने र बिहानभर सुत्ने लेकसाइड अहिले चौबीसै घण्टा सुतिरहेको भान हुन्छ । आन्तरिक एवं बाह्य पर्यटक छँदै छैनन् ।
धार्मिक आस्थाको केन्द्र बाराही मन्दिरमा धर्मावलम्बी बोकेर डुंगा सयर नभएको ६ महिना हुन लाग्यो । न त अचेल हावामा कावा खाँदै गहिरो तालमा डुंगामा घण्टौं हराउनेहरू पाइन्छन् । पोखराको पर्यायवाची फेवातालमा हुलका हुल बाँधिएर रमाउनेहरू छैनन् यहाँ ।
कोरोनाको प्रभावले पर्यटकीय शहर पोखराको पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको छ । पर्यटनको एक किस्सा थियो – तालमा डुंगा सयर । मानिसको भीडभाड हुने भएकाले जिल्ला प्रशासनले सो रोक लगाएको छ । डुंगा नचल्दा आश्रित कैयौं मजदुरको रोजीरोटीसमेत खोसिन पुगेको छ ।
घडीमा साढे ९ बजिसक्दा हतारहतार १ जना वृद्ध उमेरका व्यक्ति ताल किनारमा टुपुक्क आइपुगे । होचो कदका उनले नाकमुख जबरजस्ती छोप्ने गरी मास्क लगाएका थिए । रातो टोप, पहेंलो टिसर्ट र कालो ट्रयाकमा सजिएका उनले हातमा पीपी ब्याग बोकेका थिए । सो ब्याग फुत्त तालमा हुर्राए । पुरानो रंगको एक डुंगाभित्र पर्यो । अनि त्यही डुंगामा फटाफट चढे र पानी खियाउन थाले । केही बेर खियाएपछि उनी परसम्म पुगे । वारिबाट सानो देखिने अर्को डुंगामा के कसरी बाँध्दै थिए, खासै पहिल्याउन सकिएन । यसैगरी डुंगा चढेर १० मिनेटपछि फर्केर ताल किनार आइपुगे ।
के गर्नुभएको दाइ ?
जिज्ञासा लागेर सोध्दा उनले सिधैं उत्तर दिए, ‘माछो पर्छ किन भनेर जाल थापेर आको । साँझको भोक ।’
कुराकानीका क्रममा उनले आफ्नो परिचय खुलाए – नाम दिलबहादुर मगर (५१ वर्ष) । डुंगा चालक ।
दिलबहादुरको दिल फेवासँग टुटेझैं भएको छ । हातमा काम पाएका छैनन् । कोरोना प्रभाव डुंगासम्म आइपुग्दा उनको चुल्होमा के पकाउने भन्ने पिरलो हरेक छाकमा हुँदो रहेछ ।
नेपालको पूर्वी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिका–५ का हुन् दिलबहादुर । पहिले उनको गाउँ सोलपा गाविस–९ थियो । संघीय संरचनाअनुरुप अहिले परिवर्तन भएको छ । २ वर्षअघि कामकै खोजीमा उनी पोखरा आए । गाउँछिमेकी धेरै जना फेवातालमा डुंगा चलाउँथे । अहिले पनि सिन्धुलीका धेरै जना फेवातालमा आश्रित छन् । गाउँमा बस्दा भैंसी, बाख्रा बेच्न काठमाडौंसम्म पुर्याउँदै आएका उनले त्यतातिर खासै आम्दानी नदेखेपछि कामको खोजीमा पोखरा आएको बताए ।
दिलबहादुरले भने, ‘गाउँमा बसेर खासै काम हुन छोड्यो । कहिलेकाही भैंसी बाख्रा काठमाडौंसम्म पुर्याउने गर्थें । काम पाउन छोड्यो । त्यसैले गाउँका मान्छेले भनेर २ वर्षपहिले पोखरा आएको ।’
उनले अगाडि भने, ‘पहिले त दिनमै ३ हजारसम्म कमाउन सकिन्थ्यो । कहिलेकाहीँ खासै हुन्थेन । तर अहिले त कोरोनाले गर्दा न त डुंगा चलाउन पाइन्छ ? न त अरु काम पाइन्छ ? बाँच्नै धौधौ भयो ।’
उनी पोखरा आएपछि पत्नी, २ छोरा र १ छोरी पनि गाउँ छोडेर पोखरा नै आए । दिलबहादुर डुंगा चलाउँथे भने पत्नी ताल किनारमा पानी बेच्थिन् । २ छोराले एसएलसी पास गरिसकेका थिए । छोरीलाई लेकसाइडको एउटा बोर्डिङमा भर्ना गरिदिएका थिए । महंगो शहरमा पनि उनीहरूको दिनचर्या ठीकठाकै थियो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले भने उनीहरूको आम्दानीको बाटो छेकिदिएको छ । आम्दानी शून्य छ । राहत भरमा बाँच्नुपरेको दिलबहादुरले गुनासो गरे । कोठाभाडा मासिक ६ हजार तिर्ने दिलबहादुरको परिवारमा खानासहित मासिक खर्च २० हजारसम्म हुँदो रहेछ ।
कुराकानीकै क्रममा बालिका डोर्याउँदै एक महिला दिलबहादुरको नजिक आइन् । दिलबहादुरले बाँधेर आएको डुंगातर्फ इङ्गित गर्दै उनले भनिन्, ‘भाँडो खसेजस्तो छ । हेर्नोस् त ?’
‘हो त,’ दिलबहादुरले आश्चर्य मान्दै उत्तर दिए ।
अनि फटाफट पहिले झैं डुंगा खियाउँदै तालको परसम्म पुगे ।
ती महिला दिलबहादुरकी पत्नी पदममाया मगर (४५) रहिछन् । साथकी ती बालिका छोरी । पदमायाले दिलसँग जारी कुराकानीलाई आफूले निरन्तरता दिने प्रयास गरिन् ।
उनले पनि काम पाउन छोडेपछि खानै समस्या भएको गुनासो सुनाइन् । भनिन्, ‘पहिले पहिले त यहीँ चौतारोमा बसेर पानी (मिनरल वाटर) बेच्थें । २–४ सय भए पनि आउँथ्यो । अहिले त कमाइधमाइ छैन । हामीजस्तोलाई त गाह्रो छ ।’
उनका अनुसार कान्छा छोरा काठमाडौंमा हेल्थ असिस्टेन्ट पढ्दै रहेछन् । जेठा पोखराको एक क्याम्पसमा स्नातक तह पढ्छन् । आर्थिक रुपमा विपन्न मगर दम्पतीले जसोजसो हातनंग्रा खियाएर भए पनि छोराछोरीलाई पढाएका रहेछन् । अहिले छोराछोरीको पढाइ पनि छैन, रोकिएको छ । ४ कक्षा पास गरेकी छोरीले शैक्षिक सत्र शुरू भएको यतिका समय बित्दा पनि ५ कक्षा टेक्न पाएकी छैनन् ।
अलिअलि कमाएको पनि सकियो । डुंगाधनी कुम्भसिंह गुरुङले अलि–अलि गरी ३ पटकसम्म राहत उपलब्ध गराएका रहेछन् । वडा कार्यालयले सबै जनालाई दिँदा आफूहरूलाई बाहिरी जिल्लाको भनी राहत नदिएको उनको गुनासो छ ।
पदममायाले भनिन्, ‘कति दिन यसरी बस्नु ? कोरोना महामारी हट्लाजस्तो छैन । अब सिन्धुली नै फर्किनु पर्लाजस्तो छ । बुढेसकालमा गाउँकै खेतबारी नखोस्री सुख नपाइने भो । छोराछोरीलाई पढाउनु पनि परो ।’
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...