कात्तिक १६, २०८०
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
भदौ २४, २०७७
सरकारले काठमाडौं उपत्यकामा भोलि बिहीबारदेखि लागु हुने गरी निषेधाज्ञा खुकुलो बनाएको छ। यो निर्णय आमजनताको पक्षमा छ।
हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन। आमजनतालाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो।
सरकारले बल हाम्रो हातमा दिएको छ।
अब हामी सबैले निम्न कार्यहरु अबलम्बन गरौँ :
- बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने। सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने। काम गर्न बाहिर जाने व्यक्तिसँग दूरी कायम गर्ने। कुरा गर्दा मास्क लगाउने।
- मर्निङ वाक वा इभिनिङ वाक घरमै गर्ने।
- खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने। घरबाहिर जति छोटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ।
- घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने। सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने। भीडभाडमा नजाने, भीडभाड नगर्ने।
- सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पन्जा लगाउने।स्यानिटाइजरले हात सफा गरिरहने। विशेष सतर्क हुने।
- हरेक पसलले व्यक्तिगत दुरी कायम हुने गरी काउन्टरको व्यवस्थापन गर्ने। मास्क नलगाएका ग्राहकलाई मास्क दिने। सबैको लागि ठूलो स्यानिटाइजर राख्ने। झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने।
- सकभर हरेक पसलमा परल मूल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने।
- ग्राहक ब्यवस्थापन कुशल ढंगले गर्ने। भीडभाड नगराउने।
- पसल र हरेक सामान संक्रमणरहित बनाउने।
- चिया पसल, कफिसप तथा पसलमा साथीसँगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने।
- कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन। हरेक व्यक्तिसँग सुरक्षित ब्यबहार गर्ने।
- सामान किन्दा धेरै छान्ने काम नगर्ने।| किनमेलको लिस्ट घरमै बनाएर जाने। पसलमा एकदम छोटो समय बिताउने। जति लामो समय पसलभित्र वा बसभित्र बस्यौ, त्यति नै जोखिम हुन्छ।
- सकभर तरकारी बजारबाट तरकारी नकि। घर नजिकको पसलबाट किन्ने। बसेर छान्ने, छाम्ने काम नगर्ने।
- डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन। तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने। लामो समय नबिताउने।
- भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुन्य कमाउने। कमाउने कुरा पैसासँग मात्र जोडिएको हुँदैन। पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन।
- बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यवस्था मिलाउने। क्यासलेस लेनदेनलाई प्रेरित गर्ने। टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने ।फाइललाई डिजिटल बनाउने।
- रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने। बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ ।
- सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने।
- आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ, त्यति धेरै चल्छ। यो सुत्र सबैले अपनाउने।
- कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने।
- ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो।
- हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ। संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन। हामी पनि सुरक्षित हुन्छौं।
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...