×

NMB BANK
NIC ASIA

पृथ्वी राजमार्ग बस संचालक कम्पनीले असोज १ देखि गाडी चलाउने

भदौ २५, २०७७

NTC
Premier Steels

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले असोज १ देखि देशैभर सवारीसाधन सञ्चालनमा ल्याउने जनाएको छ ।

Muktinath Bank

कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले कम्पनी मातहतका सार्वजनिक यातायातका साधन कोरोनाविरुद्ध आवश्यक मापदण्ड पूरा गरी देशैभर चलाउने निर्णय गरेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अब हामीहरु बरु कोरोनाले मर्न तयार छौं तर भोकै बस्न सक्दैनौं,’ लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘हाम्रा कारणले कोरोना बढेको हो भने किन नेपालमा ५० हजार संक्रमित भए ?’


Advertisment
Nabil box
Kumari

विश्वका ठूला देशहरु भारत तथा अमेरिकाको उदाहरण दिँदै उनले ती देशहरुमा पनि दिनहुँ ठूलो संख्यामा संक्रमित थपिँदा सार्वजनिक यातायात चलिरहेको र नेपालमा एक हजार हाराहारीमा कोरोना संक्रमित थपिँदा सरकारले आफूहरुलाई मात्र तारो देख्न नहुने जिकिर गरे ।

Vianet communication

कम्पनीको २ दिनअघि सो निर्णय भएको भन्दै उनले असोज १ मा विश्वकर्मा पूजा अवसर पारेर विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको कोभिड–१९विरुद्धको आवश्यक मापदण्ड पूरा गरी छोटो तथा लामो दूरीका गाडीहरु कुल सिट संख्यामा आधा छोडेर भएपनि चलाएरै छाड्ने बताए ।

उनले भने, ‘सरकारको निर्देशन पालना गर्दै हामीहरु विगत ६ महिनादेखि पर्खि बस्यौं । अब भने हाम्रो धैर्यता टुटेको छ । हामीहरु जसरी पनि गाडी सडकमा निकाल्छौं । छेकथुन भयो भने जिल्ला प्रशासनको गेटमा गएर व्यवसायी, मजदुर र आफ्ना छोराछोरीहरु सुत्न तयार छौं । गिरफ्तारी नै तयार छौं ।’

यातायात व्यवसायीहरू सवारीसाधन ग्यारेजमा थन्क्याएर बस्दा समेत बैंक तथा वित्तीय संस्थाको ऋणको साँवा तथा व्याज चुक्ता तथा मजदुरको हकहितबारेमा कुनै चासो नदिएको भन्दै अन्ततः व्यवसायीहरु सरकारको निर्देशनबो अवज्ञा गर्दै सवारीसाधन चलाउने निर्णयमा पुगेको केसीले बताए ।

कालो प्लेटका गाडीकै कारण कोरोना संक्रमण जोखिम बढेको भन्ने लाग्यो भने सरकारले वस्तुनिष्ठ आधार दिन सक्नुपर्ने उनको टिप्पणी छ ।

यात्रुलाई अनिवार्य मास्क र सेनिटाइजर प्रयोग, सिट छोड्ने नियम पालना गर्ने भन्दै राज्यले जोरबिजोर वा सीमित संख्यामा चलाउन भन्छ भने पनि सो अनुसार जान तयार रहेको तर अब गाडी थन्क्याएर बस्न नसक्ने अवस्थामा आफूहरु पुगेको केसीले बताए ।

पृथ्वी राजमार्ग बस संचालक कम्पनीमार्फत् हाल १ हजार ४ सय बस देशका विभिन्न भागमा चल्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x