×

NMB BANK
NIC ASIA

वास्तुशास्त्र टिप्स – गरीबीबाट मुक्ति पाउन घरबाट हटाउनुपर्छ यी चीजहरू

जेठ १९, २०७८

NTC
Premier Steels

वास्तुशास्त्रमा यस्ता धेरै चीजहरूका बारेमा बताइएको छ जसलाई घरमा राख्दा गरीबी र दुर्भाग्य निम्तिन्छ । तपाईंको पनि घर वा पसलमा यी कुरा छन् भने तिनलाई तत्कालै हटाइहाल्नुस् । 

Muktinath Bank

तपाईंको अनावश्यक खर्च बढिरहेको छ भने वास्तुदोष यसको एक कारण हुन सक्छ । वास्तुशास्त्रमा बताइएका केही कुरालाई ध्यानमा राख्दा गरीबी आउन पाउँदैन । 

घरमा परेवाले गुँड बनाएको छ भने त्यसलाई तत्कालै हटाउनुस् । यो घरमा भयो भने गरीबी आउँछ ।

घरमा माहुरीले गुँड लगाएको छ भने घरमा बस्ने मान्छेका लागि यो खतरनाक त हुँदै हो, यसले दुर्भाग्य पनि ल्याउँछ ।

घरमा माकुराले जाल बनायो भने त्यो पनि दुर्भाग्य ल्याउने एक कारण हो । यसलाई तत्कालै सफा गर्नुस् ।

वास्तुमा फुटेको शीशालाई एकदमै नराम्रो मानिएको छ । यसले गरीबीका साथसाथै नकारात्मक ऊर्जा पनि ल्याउँछ । यसलाई तत्कालै हटाउनुस् । 

भित्ता वा पर्खालमा चिरा प–यो भने तत्कालै टाल्नुस् । यसो गर्नुभएन भने दुर्भाग्य र गरीबी आउँछ ।

धारा चुहिने गरेको छ भने घरमा सकारात्मक ऊर्जा सबै हराएर जान्छन् । अनि पैसा पनि बढी नै खर्च हुन्छ । यसलाई ठीक गराइहाल्नुस् ।

घरका पुराना फुटेका कुरा हामी जम्मा गरेर राख्छौं । यो गलत काम हो । यस्ता सामान तत्कालै फालिदिनुस् । अझ छतमा त झन् थोत्रा सामान राख्नै हुँदैन ।

भगवानलाई बासी फूल कहिल्यै नचढाउनुस् । यसो गर्नुभयो भने गरीबी र दुर्भाग्य आइलाग्छ । पूजाकोठा सफा गरेर ताजा फूल चढाउनुस् ।

घरमा बोटबिरुवा रोप्नुभएको छ भने सुकेर झरेका पातहरू फाल्ने गर्नुस् । सुकेका पातले घरमा नकारात्मक ऊर्जा ल्याउँछन् अनि पैसाको कमी गराइदिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x