×

NMB BANK
NIC ASIA

फेवातालमा फूट ट्रयाक बनाउन मुख्यमन्त्रीसहितको टोलीको रेखी

असोज ११, २०७७

NTC
Premier Steels

विश्व पर्यटन दिवस अवसरमा पोखराका पर्यटन व्यवसायीले सरोकारवाला निकायका प्रतिनिधि सहभागी गराएर ‘फेवा फेरो फूट ट्रयाक रेखी’ गरेका छन् । जसबाट पोखरामा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन हुने र पर्यटकको बसाइँ लम्बिने आशा छ ।

Muktinath Bank

यस वर्ष कोरोना भाइरस महामारीका कारण जनजीवन असहज बनेपछि विगतका जस्तो कार्यक्रम छोडेर यसपालि तालको दक्षिणी भेग रानीवनमा फूट ट्रयाक निर्माणमा दबाब दिन पर्यटन व्यवसायीहरुले डुंगा सयर गरी सो रेखी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको उपस्थितिमा तालमा डुंगा सयर गर्दै सरोकारवाला निकाय प्रतिनिधिले सो अवलोकन भ्रमण गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा करिब १० मोटरबोटमा ५० जना सहभागी भएर फेवाताल किनार ड्यामसाइड हुँदै तालबाराही मन्दिरसम्म फूटट्रयाक रेखी गरेका हुन् ।

Vianet communication

टोलीमा मुख्यमन्त्री गुरुङ सहित प्रदेशका पर्यटन मन्त्री विकास लम्साल, प्रदेश सांसद राजीव पहारी, पोखरा महानगर मेयर मानबहादुर जिसी, वडाध्यक्ष, पर्यटन व्यवसायीको सहभागिता थियो ।

मुख्यमन्त्री गुरुङले फेवातालको सिमाङ्कन काम सकेपछि मात्रै रानीवन क्षेत्रमा फूटट्रयाक निर्माणका लागि लाग्ने बताए । उनले थलिएको पर्यटन क्षेत्र चलायमान बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु समेत गर्ने आश्वासन दिए ।

टान पोखराका अध्यक्ष हरि भुजेलले पोखरा घुम्न आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन फूटट्रयाक निर्माण बजेट विनियोजन भएपनि काम भने हुन नसकेका कारण सरोकारवालालाई अवलोकन गराएको बताए ।

यहाँ घुम्न आउने पर्यटकले तालको उत्तर भागबाटमात्रै हिमाल र ताल अवलोकन गर्दै आएकोमा सो निर्माणपछि तालको दक्षिणी भेगबाट ताल र हिमाललाई एकै नजरमा हेरेर रमाउन पाउने छन् ।

पोखरा घुम्न आउने पर्यटकको बसाइँ अवधि हाल २ देखि ३ दिनमात्र छ । फूट ट्रयाक निर्माणले थप १ दिन बसाइँ लम्बिने पर्यटन व्यवसायीहरुको  अनुमान छ ।

पोखरामा गत वर्ष करिब ४ लाख नेपाली र ४ लाख विदेशी पर्यटक घुम्न आएका थिए । नेपाल घुम्न आउने पर्यटकमध्ये ४० प्रतिशत यहाँ आउँछन् ।

फेवातालको उत्तरी भागमा यसअघि ५ किमी लम्बाइको फूट ट्रयाक निर्माण भैसकेको छ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटक बिहान–साँझ ताल किनारमा कावा खाँदै रमाउने गर्दछन् ।

पोखरामा निजी क्षेत्रबाट पर्यटन क्षेत्रमा ठूलो लगानी भएपनि कोरोना संक्रमणका कारण करिब ७ महिनादेखि यहाँको पर्यटन क्षेत्र चौपट भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x