×

NMB BANK
NIC ASIA

प्रदेश सरकार २ वर्षदेखि ‘सुकुम्वासी’ : राजधानीमा सरकारी अड्डा बनाउन पाइएन जग्गा

असोज १३, २०७७

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी तोकिएको २ वर्ष पूरा भयो । तर अझैसम्म निर्माणको थालनी भएको छैन । 

Muktinath Bank

कानूनी र प्रक्रियागत जटिलतामै प्रदेश सरकार अल्झिएपछि अझैसम्म प्रदेश राजधानीमा भौतिक संरचना निर्माणको थालनी नभएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुदूरपश्चिम प्रदेश सभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६ औं बैठकले कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । दुईतिहाइ बहुमतले सो स्थान नै स्थायी राजधानी घोषणा गरी राजधानी सम्बन्धी निर्णय असोज १४ गते प्रदेश प्रमुखबाट प्रमाणित गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

प्रदेश सभाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा प्रदेश सरकारलाई विपक्षी बनाएर २ वटा रिट दायर भएका छन् । जसको अझैसम्म सुनुवाइ भएको छैन । अधिवक्ता देवीकुमारी जोशी र मनिषकुमार श्रेष्ठ सहितका ९ जनाले सामूहिक रूपमा रिट दायर गरेका थिए ।

Vianet communication

प्रदेशको राजधानी बनाउन सक्ने संवैधानिक अधिकार प्रदेश सभालाई भए पनि प्रदेश राजधानी बनाउने नाममा वन विनाश गर्न नपाउने भन्दै अन्तरिम आदेश माग गरिएको थियो । तर सर्वोच्च अदालतले आन्तरिम आदेश दिन अस्वीकार गरेपछि राजधानी निर्माणमा कुनै अड्चन नभएको प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता कुलानन्द उपाध्याय बताउँछन् ।

उनी भन्छन्, ‘मुद्दा जारी रहे पनि अदालतले अन्तरिम आदेश जारी नगरेकाले कानूनी अड्चन केही छैन । प्रदेश सभाबाटै निर्णय भएपछि संघीय सरकारबाट जग्गा हस्तान्तरणको प्रक्रिया मात्रै बाँकी छ । अब धेरै ढिलो नहोला ।’

राजधानीको लागि अध्यादेश

प्रदेश सभाले तोकेको स्थानमा राजधानी निर्माणको काम अघि बढाउन मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा राजधानी पूर्वाधार विकास समिति गठन गरेको छ । सो समितिमा प्रदेशका मन्त्रीहरू सदस्य छन् ।

अब अध्यादेश ल्याएर भए पनि राजधानी निर्माणको कार्यलाई तीव्रता दिने प्रदेश सरकारको तयारी छ । प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले हालसम्म जग्गा प्राप्ति र केही कानूनी उल्झनले ढिला भएको बताउँदै अब अध्यादेश ल्याएर काम गर्ने बताए ।

पूर्वाधार विकास समितिका सदस्य समेत रहेका मन्त्री शाहले भने, ‘हालसम्म संघीय सरकारबाट जग्गा प्राप्त गर्न सकेनौं । संघीय कानून अनुसार वन वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्नुपर्ने कानूनी व्यवस्था थियो । हालै मात्र प्रदेश सरकारबाट पनि ईआईए गर्न सकिने अधिकार प्रत्यायोजन भएको छ । अब चाँडै अध्यादेशमार्फत वन वातावरण संरक्षण ऐन ल्याउँछौं । ईआईए गर्छाैं । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउँछौं । स्थायी संरचना निर्माण थाल्छौं ।’

दोधारे प्रतिपक्ष

प्रदेशको नामाकरण र राजधानी तोक्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको थियो । समितिको सदस्यमा प्रदेश सदस्य प्रेमप्रकाश भट्ट, बलदेव रेग्मी, श्यामलाल राना र चुनकुमारी चौधरी रहेकी थिइन् । समितिमा रहेका रानाले नेपाली कांग्रेसबाट प्रतिनिधित्व जनाएका थिए । बाँकी नेकपाबाट थिए ।

नामाकरण र राजधानी तोक्नमा सत्तापक्षलाई साथ दिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अब भने विरोधमा उत्रिएको छ । राजधानी तोकिएको स्थान ठीक नभएको भन्दै विरोध गरिरहेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल भन्छन्, ‘अझै केही बिग्रिएको छैन । पुनर्विचार गर्दा राम्रो होला, वन मासेर राजधानी बनाउनु ठीक होइन । वातावरणीय दृष्टिले पनि चुरे भावर क्षेत्रसँग जोडिएको गोदावरी क्षेत्रको वन मासेर राजधानी बनाउनु भनेको केही समयमै कैलाली र कञ्चनपुर जिल्लालाई मरुभूमि बनाउनु हो ।’

कांग्रेसका अर्का प्रदेशसभा सदस्य भरतबहादुर खड्काले राजधानी तोक्न बनाइएको समिति असंवैधानिक रहेको बताउँदै राजधानी बनाउने निर्णयमा कांग्रेस नराम्ररी चुकेको बताए । उनी भन्छन्, ‘तराईमा राजधानी बनाउनु भनेको पहाडी क्षेत्रलाई उपेक्षा गरिएको हो । सामरिक हिसाबले पनि पहाडमै राजधानी ठीक थियो । केही राजनीतिक अवस्था फेरबदल हुने बित्तिकै गोदावरीलाई राजधानी बनाउने सवाल र निर्णय नै उल्टिन्छ ।’ 

तर राजधानी तोक्ने निर्णयसँगै प्रदेश सरकारले केही बजेट विनियोजन गर्न थालेको छ । राजधानी पूर्वाधार विकास कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/७८ लागि सञ्चालन अनुदान र वातावरणीय प्रभाव मूल्यांकन, विस्तृत परियोजना प्रतिवेदन लगायतको कार्य गर्न पूँजीगत र चालू गरी २ करोड ७४ लाख बजेट विनियोजन गरेको छ ।

गत आव २०७६/७७ को बजेट, नीति तथा कार्यक्रममा प्रदेश राजधानीको संरक्षण, तटबन्धन, घेरा, पर्खाल र सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको थियो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार राजधानी तोकिएको स्थानको संरक्षणका लागि गत आव २०७६/७७ मा २ करोड विनियोजन गरेको थियो । तर अदालतको फैसला नआउँदा र जग्गा प्राप्त नहुँदा विनियोजन बजेट खर्च हुन सकेन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x