कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
असोज २७, २०७७
घरका अभिभावक बुवा बिरामी भएर अस्पताल भर्ना भएपछि ४ छोराहरू भेट्न गइरहन्थे । कोरोना महामारीका बेला अस्पताल भर्ना भएका बुवासँगै ४ जना छोरा र परिवारका अन्य सदस्यलाई कोरोना भाइरस संक्रमण देखियो ।
कोरोना संक्रमणकै कारण १ हप्ताको अन्तरमा बुवा र २ छोरासहित एकै परिवारका ३ जनाको मृत्यु भयो । यो दर्दनाक घटना हो, तनहुँ जिल्लाको भिमादको ।
कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु भएपछि सिंगो भिमाद शोकमा डुबेको भिमाद–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले बताए । कोरोनाकै कारण जेठा छोरा र माहिली बुहारी काठमाडौंमा भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
असोज तेस्रो हप्ता परिवारमा महामारीको रूपमा विश्वभर फैलिएको कोरोना छिरेपछि परिवार छिन्नभिन्न भएको छ । कोरोनाले असोज १८ साहिँला छोरा, असोज २४ गते माहिला छोरा र असोज २५ गते बुवाको मृत्यु भएको छ ।
भिमाद निवासी दधिराज सुवेदीका अनुसार चितवनमा कान्छा छोरासँग बस्दै आएका बुवा २ हप्ताअघि बिरामी परेका थिए । बुढ्यौली उमेरमा विभिन्न समस्या बेलाबखत आइरहने भएकाले उनलाई चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी) मा भर्ना गरेर बढी भएपछि काठमाडौंको मेडिसिटी रेफर गरिएको थियो । उपचारकै क्रममा कोरोना पुष्टि भएका उनको असोज २५ गते निधन भयो ।
त्यसअघि साहिँला छोराको असोज १८ गते चितवनकै सीएमसीमा निधन भएको थियो । उनलाई घाँटी समाउने र श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्समा राखेर अस्पताल लैजाँदा–लैजाँदै बाटैमा ज्यान गएको अनुमान गरिएको छ । किनकि सीएमसीका चिकित्सकले उपचार गर्न नपाई एकै पटक मृत घोषणा गरेको जानकारी परिवार सदस्यलाई दिएका थिए । उनमा मधुमेह समेत थियो ।
साहिँलाको मृत्यु भएको भोलिपल्ट माहिलालाई कोरोनाकै लक्षण देखियो । उनलाई तुरून्तै काठमाडौंको बीएनबी पुर्याइयो । परीक्षणमा कोरोना पुष्टि भएपछि असोज २४ गते उपचारकै क्रममा उनको मृत्यु भयो । त्यसको केही दिनअघि प्नोस्टेटको शल्यक्रिया भई उनी घरमै आराम गरिरहेका थिए । त्यसको भोलिपल्ट उनका बुवाको मृत्यु भयो ।
परिवारका जेठा छोराको हाल ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । माहिली बुहारी पनि कोेरोना संक्रमित छिन् । उनलाई कोरोनाले च्यापेपछि काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको भिमाद–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले जानकारी दिए ।
साहिँली बुहारीको सोमवार पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको जनाइएको छ । उनी हाल परिवारका सदस्य गुमाउँदा शोकको घडीबीच भिमादस्थित घरमै आइसोलेसनमा बसेकी छन् । उनको गाडीका चालकलाई पनि कोेरोना देखिएको छ ।
परिवारमा सबैभन्दा पहिले कोरोना देखिएका कान्छा भने असोज १७ गते निको भएका जनाइएको छ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...