×

NMB BANK
NIC ASIA

काभ्रे र सिन्धुपाल्चोकका मतदाता भन्छन्, ‘राँगा–खसी ढालेर भोट दिने दिन गए’

कात्तिक २०, २०७४

NTC
Premier Steels

काभ्रे, २७ वैशाख– काभ्रेको पाँचखाल बजारबाट अन्दाजी एक किलोमिटरभित्र पर्ने जोरपाटी चोकमा मंगलवार अपराह्न विभिन्न राजनीतिक दलमा आस्था राख्ने गाउँका केही पाका मतदाता आइतवार हुने निर्वाचनको बारेमा कुराकानी गरिरहेका भेटिए ।

सातमध्ये दुईजनाले नेपाली कांग्रेसको चुनाव चिह्न रुखको लकेट लगाएका थिए । दुईजना माओवादी समर्थक थिए, एकजना कट्टर एमाले ।

उनीहरू बसिरहेको ठाउँवरिपरि विभिन्न राजनीतिक दलका चुनाव प्रचार टोली गाडीको लस्कर लगाएर भड्किलो चुनाव प्रचारमा हिँडिरहेका थिए । राजनीतिक दलका उम्मेदवारहरूका आश्वासनले स्थानीयहरू दिक्क भएका रहेछन् ।

‘राजनीतिक दलले चर्को प्रचार गरेपनि जनतामा चुनावप्रति त्यति धेरै उत्साह छैन । जतिपनि राजनीतिक दल आउँछन् उनीहरूले आश्वासन मात्र बाँड्ने काम गरिरहेका छन्,’ माओवादी केन्द्रप्रति आस्था राख्ने पूर्वशिक्षक बलराम अर्यालले भने, ‘यहाँका स्थानीयको आवश्यकता एउटा छ, राजनीतिक दलको आश्वासन अर्कै ।’



स्थानीय सर्वसाधारणका अनुसार राजनीतिक दलले पाँचखाललाई काठमाडौंको वैकल्पिक राजधानी शहर बनाउने, पेट्रोलियम भण्डार स्थापना गर्ने, अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने, औद्योगिक क्षेत्र बनाउने जस्ता आश्वासन विगतमा दिइसकेका छन् ।

पूर्वशिक्षक अर्यालको भनाइमा पाँचखाललाई कृषि शहर बनाउने, किसानका समस्या समाधान गर्ने, खानेपानी र सिँचाइको समस्या समाधान स्थानीय जनताको उम्मेदवारलाई मत हाल्ने आधार हुन् ।

नेपाली कांग्रेसप्रति आस्था राख्ने कोमलप्रसाद अधिकारीले पाँचखालमा सिँचाइ, खानेपानी लगायत समस्या समाधान गर्ने उम्मेदवारले धेरैको मन जित्न सक्ने बताए ।

‘पाँचखाल जस्तो कृषिका लागि ऊर्वर क्षेत्रलाई अहिले तरकारीमा विषादी प्रयोग गर्ने ठाँउको रूपमा बदनाम गरिएको छ,’ अधिकारीले भने, ‘हामीलाई पाँचखालमा सिँचाइ र विकास ल्याउने नेता चाहिएको छ ।’

पाँचखाल र आसपासका क्षेत्रमा पानीको मुहान सुुकेको तथा डीप बोरिङबाट निकालिएको पानी अपर्याप्त भएकोले स्थानीयले खानेपानी र सिँचाइलाई भोट दिने आधार बनाएका छन् ।

‘एउटा राजनीतिक दलले पाँचखालमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने भनेर आश्वासन दिएको छ,’ सेवानिवृत्त शिक्षक सानुभाइ अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय होइन, राष्ट्रिय स्तरको रंगशाला भएपनि हुन्थ्यो तर यहाँका कृषकको प्रमुख समस्या के हो भन्नेमा ध्यान जानुप–यो ।’



उनका अनुसार पाँचखालको मुख्य समस्या खानेपानी र सिँचाइ हो । ‘यहाँका ९५ प्रतिशत सर्वसाधारण कृषि पेशामा छन्, तर सिँचाइका लागि पर्याप्त पानी छैन,’ अधिकारी भन्छन्, ‘सुनकोशी या इन्द्रावतीबाट पानी लिफ्टिङ गरेर ल्याउन सकिन्छ ।’

पाँचखालमा नेपाली कांग्रेसका तर्फबाट महेश खरेल, नेकपा एमालेका रुद्र बनियाँ र माओवादी केन्द्रका आइतसिंह तामाङ उम्मेदवार छन् । सबै उम्मेदवार आक्रामक प्रचारप्रसारमा छन् । चुनाव प्रचार भड्किलो देखिन्छ ।

एउटा वडाका वडाध्यक्षका उम्मेदवारले लाखौं रुपैयाँ खर्च गरेर प्रचार गरेका छन् ।

नेकपा एमालेप्रति आस्था राख्ने स्थानीय ८१ वर्षीय मानबहादुर दनुवार घरमा भोट माग्न आउनेले दिएका आश्वासन देखेर आफू दंग परेको बताए ।

‘दिनमै दुईतीन टोली भोट माग्न आउँछन्,’ परिवारका एक्ला दनुवार भन्छन्, ‘कसैले पैसा दिएर राजनीतिक आस्था परिवर्तन हँुदैन ।’

चियापसलमा चुनावी गफमा रत्तिएका ७२ वर्षीय लालबहादुर दनुवार र दीपक दनुवार पनि गाउँमा चुनावी चहलपहल बढेकोमा दंग छन् ।

स्थानीय शिवराज अर्याल झण्डै दुई दशकपछि स्थानीय सरकारको निर्वाचन हुन लागेकोमा सर्वसाधारण खुशी रहेको बताए ।

‘भोट हाल्नका लागि ३१ गते कहिले आउला भन्ने भएको छ,’ उनले भने ।

राँगा ढालेर भोट हाल्ने जमाना गए



मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी क्रान्तिकारीका तर्फबाट चौतारा साँगाचोक गढी नगरपालिकाको वडाध्यक्षका उम्मेदवार च्याङ्वा योञ्जन (अनिश) सांस्कृतिक टोलीसहित मंगलवार बनदेउ चोकमा चुनाव प्रचारमा निस्किएका भेटिए ।

सीपी गजुरेल संयोजकत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका उनी गाउँमा सांस्कृतिक कार्यक्रम गर्दै भोट माग्दै थिए ।

‘पहिलाको तुलनामा मतदाता धेरै सचेत भइसकेका छन्, निर्वाचन आचारसंहिता विपरीत कसैले राँगा र लामा कान भएका खसी ढालेर मतदाताको भोट किन्न सकिन्न,’ भर्खर २७ वर्ष पुगेका उम्मेदवार च्याङ्वा भन्छन्, ‘माओवादी जनयुद्धले जनतामा धेरै चेतना ल्याएको छ ।’

काभ्रे र सिन्धुपाल्चोकमा भेटिएका केही उम्मेदवारले भने स्थानीय चुनावमा देखिएको भड्किलो खर्चबाट चुनाव लड्न नसक्ने अवस्थामा पुगिएको बताए ।



‘गाउँपालिकाको अध्यक्षको उम्मेदवारको प्रचारप्रसारमा पाँचवटासम्म स्कोरपिओ गाडी प्रयोग भएका छन्,’ सिन्धुपाल्चोकको बलेफीमा भेटिएका एक उम्मेदवारले लोकान्तरसँग भने, ‘गाउँपालिकाको अध्यक्ष बन्न ५० लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ । निर्वाचन आचारसंहिताको धज्जी उडाइएको छ ।’

तातोपानी नाका बन्द भएपछि सुनसान बनेको अरनिको राजमार्गमा पछिल्ला केही दिनयता विभिन्न राजनीतिक दलको चुनाव प्रचारमा चर्को स्वरमा माइकिङ गर्दै हिँड्ने गाडीले केही भएपनि रौनक थपेको स्थानीयले बताए ।

‘गाउँमा राजनीतिक क्रियाकलाप बढेको छ, जनप्रतिनिधि चुन्न पाउदा स्थानीय उत्साही छन्,’ सिन्धुपाल्चोक सुकुटेका स्थानीय बद्री खड्काले भने । काभ्रे र सिन्धुपाल्चोकमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र नै मुख्य प्रतिस्पर्धामा देखिन्छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x