कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण निकै फैलिएको छ ।
दशैँमा मान्यजनसँग टिका, जमरा लगाउने तथा आशीर्वाद ग्रहण गर्ने हाम्रो परम्परा रहेको छ । यसपटक हामी विषम परिस्थितिमा छौं । कोरोना संक्रमण भयो भने कसलाई कुन रुपमा असर गर्छ भन्ने यकिन छैन ।
देशैभरका अस्पतालका बेड, आइसीयु, भेन्टिलेटर संक्रमितले भरिएका छन् । यहि अवस्था रहेमा उपचार नपाएर मृत्यु हुने सम्भावना बढेको छ । तसर्थ निम्न लिखित उपाय अबलम्बन गर्न अनुरोध गर्दछु ।
१. ज्येष्ठ नागरिकलाई बचाऔँ
- दशैमा यो पटक हाम्रा पूजनीय तथा मान्यजनकहाँ टिका लगाउन जाने नगरौं । घरमा ज्येष्ठ नागरिक हुनुभएका परिवारका अन्य सदस्यले आफन्त तथा ज्येष्ठ नागरिकलाई संक्रमणबारे बताएर यो पटक फोन वा इन्टरनेटको माध्यमबाट मात्र आशिर्बाद तथा शुभकामना लेनदेन गरौँ । औपचारिकता निभाउँदा वा कसले के भन्ला ? भनेर चाडपर्व मनाउँदा ज्येष्ठ नागरिक तथा दीर्घबिरामीलाई संक्रमण सर्यो भने उहाँहरुको जीवन नै जोखिममा पर्न सक्छ । तसर्थ पहिले खोप लगाऔं अनि टिका लगाउँला ।
- आदरणीय छोरा, बुहारी, छोरी, ज्वाईं, भान्जा, भान्जी, नाति, नातिनी तथा छिमेकीगणहरुले यो पटक आफ्ना बुवा, आमा, हजुरबुवा, हजुरआमा, मामा, माइजु, काका, काकी, सासु, ससुरा लगायत मान्यजनलाई आफैले फोन गरेर यो पटक हामी आउदैंनौं भनेर कन्भिन्स गरौँ ।
- हाम्रा उमेर पुगेका ज्येष्ठ नागरिकले कोरोना संक्रमणको गम्भीरता नबुझेर वा अर्को साल के हो ? के हो ? भन्ने सोंचेर टिका लगाउने ढिपी गर्न सक्नुहुन्छ । उहाँहरुलाई कन्भिन्स गरेर हुन्छ कि सुरक्षित ठाउँमा राखेर हुन्छ, यो ब्यबस्थापन गर्ने जिम्मेवारी पुरा गरौँ ।
-
२. काठमाडौं लगायत सहरमा बसिरहेकामध्ये जुन व्यक्ति तथा परिवार माघसम्म गाउँमा बस्ने, महामारी र महंगीबाट बच्ने तथा गाउँमा नै केहि गर्ने सोंच छ भने उहाँहरु गाउँ जानु सुरक्षित हुन्छ । तर कर्मचारी / ब्यापारी आदि जो टिका लगाएर तुरुन्तै फर्किने सोंचमा हुनुहुन्छ भने कृपया गाउँमा नजानुहोला । हाम्रो कारण मान्यजनलाई रोग सर्यो र उहाँहरुलाई जोखिम भयो भने जीवन पश्चातापमा बिताउनुपर्ने हुन्छ । तसर्थ लामो समय गाउँमा बस्न नमिल्ने व्यक्तिहरु अहिले जो जहाँ छौं, त्यहिं बसौं ।
-
३. घरबाहिर जस्तै आँगन, बरण्डा तथा कम्पाउण्डभित्र खुला ठाउँमा बसेर, सबैले मास्क लगाएर, टिका लगाइदिने व्यक्तिले सम्भव भएमा मास्क तथा फेस सिल्ड लगाएर, प्रत्येक पटक ह्याण्ड स्यानिटाइजरले हात सफा गरेर तथा दुरी कायम गर्न हातमा टिका / जमरा दिने गरौँ । टिका लगाउने ठाउँमा एकपटक पनि मास्क नखोलौं । दक्षिणा खामभित्र राखेर मात्र दिने गरौँ । टिका लगाउने ठाउँमा पानी, खाना, खाजा, चिया आदि यसपटक केहि पनि खानपिन नगरौं । यसो गर्दा मास्क खोल्नुपर्दैन, सामानबाट भाइरस सर्दैन । टिका लगाउने ठाउँमा १-२ मिनेटभन्दा धेरै नबसौं । टाढा बसेर पालो कुरौं !
-
४. बलि, जात्रा, पारम्पारिक नाचगान तथा भेटघाट यो पटक स्थगित गरौँ ।
-
५. बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घबिरामी गाउँ जानु परेमा सार्वजनिक यातायात प्रयोग नगरौं । माइकोबस वा टाटा सुमो रिजर्भ गरेर जाने गरौँ । एकै ठाउँ जाने व्यक्तिहरुले बस रिजर्भ गरेर जाँदा थप सुरक्षित हुन्छ ।
-
६. दशैं, तीहार, न्युंदयाँ आदि चाडपर्वमा मानिसको आवतजावत र ओहोरदोहोर रोक्नको लागि सरकारले बिशेष सुरक्षा योजना कार्यान्वयन गरोस् । भन्न नमिल्ने, यो १ महिना जनतालाई राहत दिएर तथा व्यवसायीलाई सहुलियत दिएर कडा कर्फ्यु वा लकडाउन गर्ने हो भने महामारी ६० % भन्दा धेरै नियन्त्रण हुनेथियो । लाखौं व्यक्तिलाई संक्रमणबाट बचाउन सकिन्थ्यो । अस्पतालले धान्ने अवस्था आउने थियो । यसै पनि चाडपर्वमा ब्यापार हुँदैन ।
-
७. सहि तरिकाले अनिबार्य रुपमा मास्क लगाउने, सुरक्षा दुरी कायम गर्ने, भीडभाड नगर्ने, भीडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा बस्ने तथा हातको नियमित सफाइ गर्ने कुरामा हामी लापरबाह हुने हो भने हामीलाई प्रत्येक पाइलामा खतरा छ । संक्रमण भएर अस्पतालमा बस्नुपर्यो भने त्यो अवस्था अकल्पनीय हुनसक्छ । तसर्थ हामी सबैले स्व अनुशाशन पालना गरौँ ।
-
८. सरकारले ब्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेर हरेक टोल, बस्ती, गल्ली आदिमा गस्ती गर्ने, माइकिंग गर्ने, अनुगमन तथा निगरानी राख्ने गर्नु ढिलो भइरहेको छ । जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यक्तिलाई पालना गराउने, जरिवाना लगाउने तथा राज्यसँग विश्वास र डरको बाताबरण बिकास गर्ने काममा राज्य असफल हुनु हुँदैन ।
-
९. खसी बजार, तरकारी पसल, फुटपाथ पसल आदिलाई खुला ठाउँमा मापदण्ड अपनाएर संचालन गर्ने / गराउनेमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
-
१०. धेरै संक्रमितले परिक्षण गरेका छैनन्, संक्रमितले पनि आफ्नो पहिचान लुकाएका छन्, लक्षणविहिन संक्रमित धेरै छन् । दैनिक परिक्षणमा २० – ३० % संक्रमित देखिएका छन् । यसको अर्थ हरेक ५ जनामा १ जना संक्रमित छन् । चाडपर्वको भीडभाडले संक्रमण फैलिने निश्चित अवस्था छ । आइसीयु, भेन्टिलेटर, क्रिटिकल केयर बिज्ञहरु / नर्सहरु मात्र हैन आइसोलेसन बेडको पनि अभाव भइसकेको छ । त्यसैले आफ्नो, परिवारको, आफन्तको तथा समाजको जीवनरक्षा गर्नु हामी सबैको कर्तब्य हो । चाडपर्व हरेक साल हुन्छन् तसर्थ यो पटक जोखिम बर्गलाई बचाउने काम गरौँ । यसबाट हामी सबैलाई ठूलो पून्य आर्जन हुनेछ ।
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...