कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
देशैभर कोरोना संक्रमण तीव्र भएको समयमा हिन्दूहरूको महान पर्व दशैं सम्पन्न भएको छ ।
आफूभन्दा ठूलाबडाको हातबाट टीका थाप्ने र आशीर्वाद लिने पर्वको रूपमा स्थापित दशैं यो वर्ष फरक तरिकाले मनाइएको छ ।
सकेसम्म सानो समूहमा दशैं मनाइएको छ भने अधिकांश नागरिक जहाँ छन् त्यहीँ दशैं मनाउन बाध्य भएका छन् ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा रहेका ४० जना वृद्धवृद्धालाई टीका लगाइदिएर दशैं मनाएकी छन् ।
'दशैं मनाउन घर जान पाइएन, यहाँ रहेका वृद्ध बुवाआमाबाटै आशीर्वाद थाप्नका लागि आएकी हुँ,' मन्त्री केसीले लोकान्तरसँग भनिन्, 'यहाँका आमाबुवाबाट धेरै माया पाएँ । दशैं जस्तो महान पर्वमा बुवाआमासँग मनाउन पाउनु मेरो लागि अहोभाग्य हो ।'
मन्त्री केसीले आश्रममा जाँदा टिका, जमरा, मिठाइ र नगद रकम लिएर गएकी थिइन् ।
मानव सेवा आश्रममा तरकारी खेतीका लागि मन्त्रालयले दुईवटा टनेल समेत निर्माण गरेको छ ।
'हामी पहिले तरकारी किन्न जानुपर्ने अवस्था थियो, सरकारले दुई टनेल निर्माण गरिदिएका कारण अब हामीलाई सहज हुनेछ,' मानव सेवा आश्रममा स्वयंसेवा गर्दै आइरहेकी सिर्जना वलीले भनिन्, 'प्रदेश सरकार मानव सेवा आश्रमप्रति असाध्यै इमान्दार छ । हामीले अभिभावकको रूपमा सरकारलाई लिएका छौं ।'
मुख्यमन्त्रीको दशैं काठमाडौंमा, मन्त्री गृहजिल्लामा
प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौंमा दशैं मनाएका छन् भने सामाजिक विकास मन्त्री दल रावलले हुम्लामा र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले डोल्पामा दशैं मनाएका छन् ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...