माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
शुक्रवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पार्टी कार्यालय धुम्बाराहीमा भेटेपछि महासचिव विष्णु पौडेलले सञ्चारकर्मीहरूसँग भने, 'परिस्थिति धेरै गम्भीर छ ।' पार्टीलाई विभाजनबाट जोगाउन निरन्तर खटिएका महासचिव पौडेलले देखेको 'गम्भीर परिस्थिति' त्यसयताका ३ दिनमा सामान्य हुन सकेको छैन ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले प्रस्तावका रूपमा ल्याएको 'आरोपपत्र'को एक-एक जवाफ दिने बताइसकेका छन् । उनले आफ्नो सल्लाहकार टीमलाई जवाफ तयार गर्नसमेत निर्देशन दिइसकेका छन् ।
पार्टी विभाजन हुने छनक पाएरै जिल्ला-जिल्लामा रहेका कार्यकर्ताहरूबीच मनमुटाव बढिरहेको छ । शनिवार पूर्वअर्थमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे उपस्थित कार्यक्रममा ओलीपक्षीय कार्यकर्ताहरूले होहल्ला र नाराबाजी गरे । शनिवार नै सुर्खेतमा जनताको बहुदलीय जनवाद (जबज)को ब्यानरमा खुल्ला रूपमा कार्यक्रम गरियो ।
स्रोत भन्छ - 'पार्टी विभाजन हुने स्पष्ट आधारसहित तयारीमा रहन ७७ वटै जिल्लाका ओलीनिकट नेता कार्यकर्तामा अनौपचारिक सर्कुलेसन पुगेको छ ।'
यससँगै चितवनमा पाण्डेमाथि गरिएको दुर्व्यवहार अन्त पनि दोहोरिन सक्ने खतरा बढेको छ । शनिवारको घटना नदोहोरियोस भनेर पाण्डेले पोखराको एक रिसोर्टमा आइतवार गोप्य कार्यक्रम गरे । आइतवारको कार्यक्रममा ओलीनिकट नेता कार्यकर्ताहरू नछिरुन् भनेर विशेष सजगता अपनाइएको थियो ।
केही दिनयता प्रधानमन्त्रीको सक्रियता पनि व्हात्तै बढेको छ । शनिवार मात्र ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ३ घण्टाभन्दा बढी छलफल र कुराकानी गरेका छन् । संवैधानिक नियुक्तिका विषयमा कुरा गरिएको औपचारिक जानकारी आएपनि विभिन्न स्रोतहरूले दुई नेताबीच 'पावर सेयरिङ'का विषयमा पनि छलफल भएको जनाएका छन् ।
'माधव नेपालले धेरै पहिलादेखि दुख दिएका हुन्, दुख दिनेमा अहिले प्रचण्ड पनि थपिएका छन्,' ओलीको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, 'बरू प्रतिपक्षी भएपनि तपाईंले दुख दिनु भएको छैन । मेरो पार्टी फुट्ने लगभग निश्चित जस्तै छ । त्यसपछि तपाईको र मेरो सत्ता सहकार्य हुनुपर्यो ।'
जवाफमा देउवाले अन्य विषयमा ओलीलाई सहयोग गर्ने तर सत्ता सहकार्यको विषयमा अन्य नेताहरूसँग छलफल गर्नुपर्ने बताएका थिए ।
दुई नेताबीच भएका कुराले बाहिर भ्रम छरेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता सहकार्यको विषयलाई खण्डन गरेका छन् । आइतवार ट्वीटरमा लेख्दै शर्माले ५ वर्ष विपक्षमा बस्ने जनताको जनादेश रहेकाले कुनै पनि भड्कावबाट टाढा रहेको उल्लेख गरेका हुन् ।
आइतवार ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग भेटवार्ता गरेका छन् । पार्टीको शक्तिसंघर्ष गम्भीर मोडमा पुगेका बेला ओलीले सुरक्षा निकायका प्रमुखसँग गरेको छलफललाई अर्थपूर्ण रूपले हेरिएको छ । केही दिनअघि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका थिए ।
ओलीको सक्रियतालाई कतिपय नेताहरूले 'धम्क्याउने प्रयोजनका लागि गरिएका क्रियाकलाप'को संज्ञा दिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एक स्थायी कमिटी सदस्य भन्छन्, 'उहाँले धम्कीको अस्त्र प्रयोग गर्नुभएको छ । गत वैशाख र भदौमा उहाँको धम्कीले नेताहरू डराएका थिए तर अहिले डराउन्नन् ।'
उनले पार्टी नफुट्ने ठोकुवा गरे । 'पार्टी विभाजन पनि अहिले ओलीकै हातमा छ, एकता पनि उनकै हातमा छ,' ती नेताले भने, 'विभाजन गर्ने हो भने गरे भइहाल्यो । प्रचण्डले लगाएका आरोपको जवाफ किन लेख्नुपर्यो ?'
ओलीनिकट मानिने संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी एकताको रक्षाका लागि पहल भइरहेको जानकारी दिए । 'म अर्का अध्यक्ष प्रचण्डसँग नियमित संवादमा छु । उहाँले पनि पार्टी एकताकै पक्षमा आफू रहेको बताउनु भएको छ । डोरी चुडिएको छैन भनेर भन्नुभएको छ । त्यसैले आशा गरौँ, पार्टी एकढिक्का रहन्छ,' नेम्वाङले लोकान्तरसँग भने ।
उनले सकेसम्म प्रचण्डले प्रस्तावका रूपमा ओलीलाई लगाएको आरोप फिर्ता लिन लगाउने पहल भइरहेको बताए । 'प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिनुभयो भने ओलीले किन त्यसको जवाफमा समय खर्चिनु पर्यो र ?' नेम्वाङले भने, 'प्रस्ताव फिर्ता नभएको खण्डमा ओलीले पनि जवाफ दिनुहुन्छ । त्यसपछि नयाँ प्रक्रियाको थालनी हुन्छ ।'
पार्टी एकताको पक्षमा अभियानकै रूपमा दौडधूप गरिरहेका प्रचण्डनिकट मानिने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पार्टी गम्भीर मोडमा रहेको बताए । उनले गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले गरेका निर्णयहरू कार्यान्वयन गर्न ओली तयार नभएपछि समस्या शुरू भएको बताए ।
लोकान्तरसँग कुरा गर्दै गजुरेलले भने, 'यसअघिको समस्या ओलीविरुद्ध घेराबन्दी भएका कारण सिर्जित थियो भने अहिलेको समस्या स्थायी कमिटी बैठकले गरेका निर्णयहरू कार्यान्वयन गर्न ओलीले आनाकानी गरेपछि सिर्जना भएको हो । स्थायी कमिटी बैठकले ओलीकै पक्षमा निर्णय गरेको थियो । उहाँ (ओली)ले त्यसलाई अवज्ञा गर्नु सही थिएन ।'
पार्टी एकतालाई अखण्ड राख्न गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापा, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका दोस्रो पुस्ताका नेताहरू सक्रिय भएका छन् । उनीहरूले ओली र प्रचण्ड दुवैतिरको भेटघाट सघन बनाएका छन् ।
प्रचण्ड-नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाउने तयारी गरिरहेको छ । सचिवालयमा प्रस्तुत प्रस्तावमा प्रचण्डले 'त्याग' गर्न ओलीलाई आग्रह गरेका थिए । त्यसैका आधारमा ओलीलाई पार्टी अध्यक्षबाट हटाउने र महाधिवेशनसम्म लैजाने तयारी प्रचण्ड-नेपाल समूहको रहेको स्रोतहरूले दाबी गरेका छन् ।
नेकपाको सचिवालय बैठक यही १३ गते डाकिएको छ । सचिवालयमा स्थायी कमिटी बैठकका निर्णय, प्रचण्ड-नेपाल समूह र ओलीबीच आदानप्रदान भएका चिठीपत्र, प्रचण्डको प्रस्ताव र ओलीले ल्याउने भनिएको प्रस्तावका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...