×

NMB BANK
NIC ASIA

कोरोना महामारीको दोस्रो लहर रोक्न के गर्ने ? यस्ता छन् डा. पाण्डेका सुझाव

मंसिर २९, २०७७

NTC
फाइल फोटो
Premier Steels

अमेरिका तथा युरोपका बिभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ । हिजोमात्र कोरियामा लगभग एकहजार संक्रमितको पहिचान भयो । कोरियाका अधिकारीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन् ।

Muktinath Bank

नेपालमा कोरोना महामारीको छाल केही सेलाएको छ । यो महामारीलाई नियन्त्रण गर्नको लागि हामी सबैले आफ्ना स्वार्थ तथा मोहलाई छोडेर समाजको लागि योगदान गर्नु अपरिहार्य बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

के गर्ने त दोस्रो लहर रोकथामका लागि ?


Advertisment
Nabil box
Kumari

- १०० दिन मास्क अभियान : 

Vianet communication

सरकारी तथा गैह्र सरकारी निकायले १०० दिन मास्क अभियान संचालन गरौँ । यो १०० दिनसम्म सुरक्षाकर्मीले मास्क प्रयोग भए / नभएको ब्यापक अनुगमन गर्ने, लापरबाही गर्नेलाई जरिवानाको व्यवस्था गर्ने । सामाजिक संघ संस्थाले स्वयंसेवीको रुपमा मास्क वितरण तथा मास्क लगाउन अनुरोध गर्ने । संचार माध्यमले मास्क अभियान संचालन गर्ने । घरबाहिर निस्किने हरेक व्यक्तिले जिम्मेवार भएर अनिबार्य रुपमा मास्क लगाउने ।
.
- पठनपाठन बारे :

सरकार तथा नागरिक दुवै पक्ष परीक्षणमा उदासिन देखिएको अवस्था छ । परीक्षण न्यून भएकोले तथा परीक्षण गर्नेले औपचारिक कामको लागि परीक्षण गरेको हुँदा समुदायमा संक्रमणको वास्तविक अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा विद्यालय तथा कलेज यथास्थितिमा संचालन गर्ने अर्थात अनलाइन / अफलाइन पढाइको निरन्तरता दिनु उपयुक्त हुन्छ । घटीमा पौष र माघ स्कुल / कलेज नखोल्नु जनस्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनेछ । विद्यालय खुलेपछि बिभिन्न ठाउँका हजारौं बिद्यार्थी एकै स्कुलमा हुँदा संक्रमण सर्ने, त्यो संक्रमण घरघरमा पुगेर जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई सर्ने जोखिम हुन्छ । यस्तो भीडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना हुन्छ । तसर्थ २ महिना स्कुल बस तथा शौचालयको संख्या थप्ने, हरेक कक्षामा भेन्टिलेसनको व्यवस्था गर्ने, दुरी कायम गर्नको लागि कक्षा कोठा मिलाउने, क्यान्टिन फराकिलो बनाउने तथा मास्क / स्यानिटाइजर / पानी / साबुन / आइसोलेसन कक्ष आदिको व्यवस्था गर्ने लगायतका तयारी गर्नुपर्ने हुन्छ ।

- मालपोत, यातायात कार्यालय, वडा, विद्युत महशुल तिर्ने काउन्टर लगायत ठाउँमा भीडभाड हुन नदिने । यसको लागि बैंकको जुनसुकै काउन्टरबाट कर तिरेपछि स्वत : नवीकरण हुने र छाप १०० दिनभित्र लगाए हुने व्यवस्था गर्ने ।
- लामा बस जोर / बिजोर दुवै संचालन गर्ने । सार्वजनिक बसमा मापदण्ड अनुगमनको व्यवस्था गर्ने ।
- भोजभतेर / जमघट आदि हुन नदिने । त्यसको अनुगमन तथा निगरानी गर्ने ।
- जेष्ठ नागरिक तथा दीर्घ बिरामी ( दम, मधुमेह, मुटु र किड्नीको समस्या भएका ) यो ३ महिना घरभित्र बस्ने र घरभित्र पनि परिवारका अन्य सदस्यसँग घुलमिल नहुने । 
- वर्क फर्म होम र डिजिटल सर्भिसलाई सरकारी तथा निजी क्षेत्रले अध्यावधिक गर्ने ।
- घर / छिमेक / अफिसमा कुनै व्यक्तिलाई कोरोना संक्रमणको लक्षण देखिएमा परीक्षण गर्न तथा आइसोलेसनमा बस्नको लागि प्रेरित गर्ने । रुघाखोकी लागेपनि सेल्फ आइसोलेसनमा बस्ने ।
- कडा लक्षण देखिएका संक्रमितलाई अस्पताल जान प्रेरित गर्ने ।
- संक्रमितलाई अक्सिमिटर / थर्मोमिटर / मास्क / स्यानिटाइजर / गाइडलाइन आदिको स्थानीय निकायले प्रबन्ध गर्ने ।
- होम आइसोलेसनको अनुगमन / निगरानी गर्ने ।
- भीड हुने ठाउँका पसललाई नम्बर दिएर जोर / बिजोर गरेर खोल्ने ।
- फुटपाथ तथा तरकारी बजारलाई टुँडिखेल, भृकुटीमण्डपजस्तै खुला ठाउँमा व्यवस्थित रूपमा राख्ने ।
- अत्यावश्यक यात्रा नगर्ने ।
- सरकारी तथा गैह्र सरकारी कार्यालय खोल्ने / बन्द गर्ने समय २ घण्टा फरक गरेर ट्राफिक जाम तथा बस स्ट्याण्डको जामलाई न्यूनीकरण गर्ने ।
- बन्द कोठामा बैठक, भेटघाट, भेला आदि नगर्ने । झ्यालढोका खोलेर भेन्टिलेसन यथासम्भव बढाउने ।
- जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउन महजोडी जस्ता लोकप्रिय कलाकारमार्फत विज्ञापन / टेलीफिल्म बनाएर प्रकाशन / प्रसारण गर्ने ।
- सबै जनाले ‘ म संक्रमित हुँदैन ‘, ‘ मेरो परिवार संक्रमित हुँदैन ‘ भन्ने प्रण गरेर मास्क, दुरी र सफाइमा बिशेष ध्यान दिने । 
- सिमा /नाकामा एन्टिजेन टेस्ट गरेर संक्रमितलाई आइसोलेसन र संक्रमण नभएका व्यक्तिलाई भित्र आउन अनुमति दिने ।

यी र अन्य जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने / गराउनेमा सबै जागरुक बनौँ । कोरोना महामारीको दोस्रो लहर रोकथामको लागि सबैजना सम्बेदनशील भएमा हामी खोपको बिन्दुमा पुग्नेछौं ।

– डा. पाण्डेको फेसबूक वालबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x