×

NMB BANK
NIC ASIA

किसानलाई ३२६ पावरटिलर वितरण गर्दै सिँचाइ आयोजना

पुस १४, २०७७

NTC
फाइल फोटो
Premier Steels

किसानले कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन्  । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ ।

Muktinath Bank

कृषियन्त्र अन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्रयाक्टर किसानको रोजाइमा परेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फका प्रमुख भरतप्रसाद कँडेलले बताए । ‘यस आर्थिक वर्षमा यान्त्रिकीकरण अनुदान कार्यक्रमअन्र्तगत १ हजार २०० किसानले विभिन्न यन्त्रको माग गरेका छन्,’ कँडेलले भने, ‘किसानको माग बर्सेनि बढ्दै गएको छ । किसानले यन्त्र तथा औजारको माग बढाएका छन् । माग हेर्दा कृषि किसानको कर्म बन्न थालेको प्रस्ट हुन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले कृषियन्त्रमा किसानलाई ५० प्रतिशत अनुदान दिने गरेको छ । व्यावसायिक किसानलाई छनोट गरी कृषि उत्पादकत्व बढाउन सक्ने किसानलाई ५० प्रतिशत छुटमा पावरटिलर, रिपर, कमाण्ड हार्भेस्टर, रोटाबेटर, बीउ ग्रेडिङ गर्ने मेसिन, ठूलो ट्रयाक्टर लगायतका सामग्री प्रदान गरेको छ । 


Advertisment
Nabil box
Kumari

त्यसमध्ये कम लागत पर्ने भएको र साना व्यावसायिक किसानले किन्न सक्ने भएकाले अनुदान रकमले अधिकांश किसानले पावरटिलर किनेर प्रयोग गरिरहेका छन् । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले ५० प्रतिशत अनुदानमा यस वर्ष ३२९ किसानलाई पावरटिलर वितरणका लागि छनोट गरी वितरणको प्रक्रियामा रहेको कँडेलले बताए ।

Vianet communication

‘किसानका माग धेरै आएका थिए तर त्यसमा व्यावसायिक कृषिकर्ममा लागेका किसान छनोट गरेका छौं । सबै किसानलाई दिन सकिँदैन,’ उनले भने, ‘किसानले प्रविधिको प्रयोग र प्राविधिकको सल्लाह अनुसार कृषि पेशा गर्न थालेका छन् । यसबाट उनीहरूको उत्पादन बढ्नुका साथै समयको बचत हुन्छ ।’

कृषि कार्यका लागि कम लागतमा किन्न सकिने र एउटै मेसिनले धेरै काम गर्ने भएकाले पावरटिलरको प्रयोग किसानले अधिक मात्रामा गर्न थालेका छन् । खेत जोत्न, बाली लगाउन, पानी लगाउन, बाली काट्न, थ्रेसिङ गर्न, मिल चलाउन, ढुवानी गर्न, जेनेरेटर चलाउन लगायत काममा प्रयोग गर्न सकिने पावरटिलर राम्रो, बहुउपयोगी यन्त्र भएकाले यसको माग उच्च हुँदै गएको छ । किसान छप्पु चौधरी बहुउपयोगी भएकाले पावरटिलर किन्नेहरू बढ्दै गएका बताउँछन् ।

‘५० प्रतिशत अनुदान पाएर मैले पनि किनेको छु । धेरै काममा सहज भएको छ,’ चौधरीले भने, ‘यसको सही सदुपयोग गर्न सके किसानलाई आवश्यक सबै काममा सजिलो हुन्छ । यान्त्रिकीकरणले काममा सहजतासँगै लागत र श्रम बचत गर्छ ।’

किसान हरि डगौरा प्रविधिको प्रयोग बढेपछि कृषि क्षेत्रमा परम्परागतरूपमा काम गर्ने परिपाटी हट्दै जान थालेको बताउँछन् । ‘सिँचाइ आयोजनाले धेरै किसानलाई सहयोग भएको छ । बीउबिजन, प्राविधिक सहयोग, औजार सहयोग पाएका छौं,’ उनी भन्छन्, ‘अहिले धेरै किसानले मेसिनरी यन्त्र पावरटिलरको प्रयोग बढाउँदै गएका छन् ।’

सिँचाइ आयोजना निर्माण सम्पन्न भएपछि यस क्षेत्रको करीब ३८ हजार हेक्टर भू–भागमा सिँचाइ सुविधा पुग्नेछ । यस आयोजनाको निर्माण आर्थिक वर्ष २०६५/६६ बाट शुरू भएको हो । सन् २०२३ डिसेम्बर ३१ मा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ । यस आयोजनाको कूल लागत २७ अर्ब रुपैयाँ हो । यो आयोजना विश्व बैंकको अनुदान, नेपाल सरकारको संयुक्त लगानी र जनश्रमदानमा निर्माण भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x