×

NMB BANK
NIC ASIA

भारतीय सीमा क्षेत्रमा समेत फैलिएको बर्ड फ्लुको जोखिम कति ? कसरी बच्ने ?: डा. रवीन्द्र पाण्डे

पुस २८, २०७७

NTC
Premier Steels

छिमेकी देश भारतका विभिन्न राज्यमा बर्ड फ्लु फैलिरहेको छ । नेपालसँग सिमाना जोडिएका उत्तर प्रदेश तथा उत्तराखण्ड पनि बर्ड फ्लुको प्रकोप देखिएसँगै हामीहरू सतर्क हुनु आवश्यक छ । बर्ड फ्लु नेपालमा भित्रिन नदिनका लागि सरकार र सरोकारवालाले समयमै ध्यान नदिएमा एकातर्फ बर्ड फ्लु अर्थात् एभियन इन्फ्लुएन्जाको प्रकोप फैलिन सक्छ भने अर्कोतर्फ पोल्ट्री व्यवसाय धरापमा पर्नेछ ।

Muktinath Bank

चराहरू बिरामी हुन थाले वा भटाभट मर्न थाले भने बर्ड फ्लु भएको बुझ्नुपर्दछ । ती संक्रमित चरासँगको संसर्गबाट मान्छेलाई पनि रोग सर्न सक्छ । यो रोगलाई एभियन इन्फ्लुएन्जा भनिन्छ । सन् १९९७ मा बर्ड फ्लुका कारण करीब ५०० जना मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पन्छीलाई संक्रमण भएको कसरी थाहा पाउने ?


Advertisment
Nabil box
Kumari

– पन्छीले स्वाँ-स्वाँ गर्ने, खोक्ने र सिँगान, र्‍याल आदि बगाउने गरेमा ।
– टाउको सुन्निएमा, सिउर-लोती नीलो रंगको भएमा ।
– फुल पार्न बन्द भएमा वा कमजोर बोक्रा भएको फुल पार्ने गरेमा ।
– पक्षघात भएमा ।
– दाना नखाने, तिर्खाउने र पखाला गर्ने गरेमा ।
– अकस्मात् र अस्वाभाविक रूपमा एकैचोटि धेरै पन्छीहरू मर्न थालेमा ।

Vianet communication

कारण र रोकथाम 

– बिरामी वा मृत घरेलु तथा जंगली चराचुरुङ्गी नछुने । घरमा पालेका कुखुरा, हाँस, बट्टाई, परेवा आदि पनि नछुने । ती चरा बिरामी भए वा मरे भने नछुने । टाढाबाट लठ्ठीले खाल्डोमा राखेर पुर्ने ।
– चराका सुली, प्वाँख, सतह, हिँड्ने ठाउँ नछुने । ती स्थानलाई ६० % भन्दा बढी अल्कोहल भएको ‘डिस इन्फेकट्यान्ट’ ले सफा गर्ने ।
– पैताला, जुत्ता, चप्पल आदिलाई राम्रोसँग धुने । 
– कुखुरा लगायत चराहरूको मृत्यु भएमा स्थानीय निकाय वा स्वास्थ्य संस्थामा खबर गर्ने ।
– बिरामी वा मृत चरा छुनु परेमा डिस्पोजेबल ग्लोभ्स लगाएर प्लास्टिकमा राख्ने र राम्रोसँग मुख बाँधेर डिस्पोज गर्ने । 
– कुखुरा आदि चराको मासु काट्दा, पकाउँदा सरसफाइको ख्याल गर्ने । ७० डिग्री सेल्सियस वा १६५ डिग्री फारेनहाइट तापक्रमसम्म पकाउने । काँचो मासु वा राम्रोसँग नपाकेको मासु नखाने ।
– सकभर चराहरूको मासु नखाने । अण्डा किन्ने बेलामा पञ्जा लगाउने अनि राम्रोसँग पकाएर मात्र खाने । 
– अण्डा र पन्छीको मासु बेच्ने खुला ठाउँमा, फोहोर ठाउँमा नजाने ।
– सकभर साकाहारी भोजन गर्ने वा चरा बाहेकको मासु खाने ।
– मास्क, स्यानिटाइजरको प्रयोग गर्ने ।
– बालबालिकालाई पन्छीको सम्पर्कमा रहन नदिने ।
– संक्रमित चराको र्‍याल, सिँगान, प्वाँख तथा सुलीबाट पनि एभियन इन्फ्लुएन्जा सर्दछ ।
यसका अतिरिक्त संक्रमित कुखुराको मासु बजारमा आउन नदिने, मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिने, बर्ड फ्लु नदेखिएका ठाउँबाट मात्रै कुखुरा आयात गर्ने, दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार नगर्ने, खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउने तथा फर्ममा बर्ड फ्लु देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गर्ने लगायतका सावधानी अपनाउनु पर्दछ ।

एभियन इन्फ्लुएन्जाका लक्षणहरू :

– खोकी लाग्नु 
– ज्वरो आउनु 
– घाँटी बस्नु 
– मांशपेशी दुख्नु 
– टाउको दुख्नु
– सास फेर्न गाह्रो हुनु 
– भोक नलाग्नु 
– केही व्यक्तिलाई वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने तथा आँखा रातो हुने हुनसक्छ ।​
– बर्ड फ्लु फैलिएको क्षेत्रबाट आएका व्यक्तिमा यी लक्षण देखिएमा अस्पतालमा जानुपर्दछ ।

बर्ड फ्लुबाट हुनसक्ने जोखिम 

– निमोनिया
– आँखा पाक्ने 
– सेप्सिस 
– श्वासप्रश्वास फेलियर हुने 
– मिर्गौला फेलियर हुने 
– मुटुको समस्या हुने आदि ।

उपचार 

यसको ठोस उपचार छैन । प्रभावकारी खोप पनि छैन । उपचारमा लक्षण अनुसारका उपचार गर्ने तथा एन्टिभाइरल औषधि (ओसेल्टाभिर, जानाभिर) ले रोगको गम्भीरता घटाउन सहयोगी छन् ।

H5N1 एभियन इन्फ्लुएन्जा सामान्यतया मानिसलाई लाग्दैन । यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न गाह्रो छ । तर यो संक्रमण मान्छेमा सर्‍यो भने यसको मृत्युदर करीब ६०% छ । सन् १९९६ मा भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनकै तथ्याङ्कअनुसार सन् २००३ देखि हालसम्म विश्वभरि जम्मा ८६० जना व्यक्तिहरूमा यो भाइरसको संक्रमण भएको बताइन्छ।

ती मध्ये ४५४ अर्थात् आधा जति बिरामीहरूको मृत्यु भएको तथ्यांकले देखाउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x