×

NMB BANK
NIC ASIA

जाडो महिनामा के खाने ? फाइदा गर्ने १० खानेकुरा

चैत २९, २०७७

NTC
Premier Steels

यो जाडो महिनाको समय हो । राजधानी लगायतका विभिन्न स्थानहरुमा वर्षा भएसँगै चिसो पनि बढेको छ । उसो त उपत्यकाको चन्द्रागिरीलगायतका स्थानमा हिँउसमेत पर्‍यो ।  यस्तो अवस्थामा हामीले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु आवश्यक छ ।

Muktinath Bank

जाडो मौसम सुरु भएलगत्तै हामीलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरूले सताउने गर्दछ । जाडो मौसममा आफूलाई न्यानो राखिराख्न मानिसहरु तातो–तातो चिया पिउने गर्दछन् तर यदि तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो नराखेको खण्डमा यसले तपाईंलाई निकै समस्यामा पार्न सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


जाडो महिनामा लाग्ने रोगबाट बच्नका लागि तपाईंले यस्तो खानेकुरा खानु आवश्यक छ जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न मद्दत गर्दछ । प्रतिरक्षा प्रणाली हरेक जीवको शरीर भित्र हुने त्यस्तो जैविक प्रक्रियाको एउटा संग्रह हो जसले कुनै पनि रोगको कोशिकाहरुलाई चिनेर मार्ने काम गर्दछ र उक्त जीवलाई रोग लाग्नबाट बचाउने गर्दछ ।


Advertisment
Nabil box
Kumari

चिसो मौसममा तपाईंले अदुवा, लसुन, च्याउ, चिया, दही, माछा र गाजरजस्ता आहाराको सेवन गर्नुपर्ने हुन्छ । यी आहाराको सेवनले तपाईंको शरीरलाई तातो राख्नुका साथै शरीरलाई अन्य रोगहरुबाट लड्न सहायता मिल्ने गर्दछ ।
१. च्याउः
च्याउले तपाईंको इम्युन सिस्टमलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ ।
२. लसुनः
चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।
३. चिकन सुपः
चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।
४. पालुङ्गोः
पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ ।
५. गाजरः
चिसो मौसममा गाजरलाई आफ्नो डाइटमा पक्कै पनि समावेश गर्नुहोस् । यसले शरिरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ ।
६. कोकोः
काँचो कोको विन्सले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्दछ । यदि तपाईं यसको सट्टा कोको फ्लेभरको चकलेट खानुहुन्छ भने यसले केहि काम गर्दैन ।
७. मरिचः
चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।
८. अदुवाः
चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ त्यसकारण अदुवा हालेको चिया अवश्य पिउनुहोस् ।

Vianet communication

९. चियाः
चिसो मौसममा हर्बल टी पिउनुहोस् । जो मानिसहरु चिसो मौसममा चिया पिउँछन् उनलाई हत्तपत्त कुनै पनि रोगले छुँदैन ।
१०. दहीः
दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दहीको सट्टा तातो दही खानुहोला ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x