कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
फागुन २१, २०७७
रूपन्देहीको मोतीपुरमा शुक्रबार मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ ।
स्थानीयको अवरोधकाबीच अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गरे ।
अर्थमन्त्री पौडेलको गाडीमा ढुंगामुढा समेत गरेका थिए । कार्यक्रम चलिरहदा स्थानीयले नाराबाजी र ढुंगामुढा समेत गरेका थिए । शिलन्यास गरे बुटवल फर्किएपछि स्थानीयले शिलन्यास स्तम्भ पनि स्थानीयले भत्काइदिएका छन् ।
अर्थमन्त्री पौडेलले कसैले अवरोध गर्दैमा औद्योगिक करिडोर निर्माणका कार्य नरोकिने स्पष्ट पारे । ‘औद्योगिक क्षेत्रमा परेका भूमिहीन र सुकुम्बासीको घरबास नभएका, बेघरबार र भूमिहीनकोक व्यवस्थापनको जिम्मा सरकारले लिन्छ’ मन्त्री पौडेलले भने, ‘कसैले उक्साएर अवरोध सृजर्ना गर्दैमा औद्योगिक करिडोर निर्माण रोकिँदैन । यो सरकारको महाअभियान हो । अब तीब्र रूपमा काम अगाडि बढ्छ ।’
हिम्मत छ भने, पर्दा उघारेर परिचयका साथ औद्योगिक करिडोरको विरोधमा सडकमा आउन पौडेलले अवरोध गर्न खोज्नेलाई चुनौती दिए ।
‘हामीले स्थानीयबासीसँग २०७२ सालदेखि नै छलफल र समन्वय गरी अगाडि बढेका हौं । कसैलाई उठिबास लगाउन होइन । ५० हजार भन्दा बढीलाई रोजगारी दिनको लागि हो’ पौडेलले भने ।
केही मानिसहरुलाई उचालेर बिथोल्न खोजे औद्योगिक क्षेत्र शिलान्यासको काम सफलताका साथ सुरु भएर सफलताका साथ सम्पन्नको मन्त्री पौडेलले स्पष्ट पारे ।
कसले भड्काएर त्यसले आफूहरूलाई फरक नपार्ने पौडेलले स्पष्ट पारे । ‘स्थानीयलाई भूमिसम्बन्धी समस्या समाधान गरी भूमिको मालिक बनाउँछौ । केही मानिसमा भ्रम सृजना गरेर औद्योगिक करणको महाअभियान रोक्न खोज्दैमा रोकिँदैन’ मन्त्री पौडेलले भने । मोतीपुरमा मोति फल्ने पौडेलले दावी गरे ।
वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले यहाँका जनतालाई विस्थापित नगर्ने स्पष्ट पारे । विकास विरोधी कोही पनि हुन नसक्ने बताए । विकासप्रेमीको लागि बुटवलको घटना भ्रत्सना गर्नुपर्ने भएको बताए । मलाई पनि शिलान्यास कार्यक्रम स्थगित गर भनेर फोन आएको थियो । सामान्य होला विरोध जनाएका होलान् भन्ने लागेको थियो । तर, विकास विरोधी तत्वहरु देखियो । यस्तो प्रवृत्तिलाई नरोके देश आर्थिक समृद्धितर्फ जान सक्दैन ।’
८१३ बिगाहा क्षेत्रफलमा ५ वर्षभित्र अनुमानित ८ अर्बको लागतमा निर्माण हुन लागिरहेको मोतिपुर औद्योगिक क्षेत्रमा ५ सय ४४ औद्योगिक प्लट हुनेछन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गालाई ३ सेक्टरमा विभाजन गरेर काम अघि बढाएको छ ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिको क्षेत्रफललाई समेट्ने गरी बन्न लागेको औद्योगिक क्षेत्र २०४१ साल यताको पहिलो हुनेछ ।
तिलोत्तमा नगरपालिकालाई ‘ए’ वर्ग, मोतीपुर क्षेत्र ‘बी’ वर्ग र फर्साटिकर क्षेत्रलाई ‘सी’ वर्गमा राखेर ती प्लटको निर्माण गरिने छ । ‘ए’ सेक्टरमा १ सय ३० प्लट निर्माण हुनेछन् । सबैभन्दा ठूलो ‘बी’ सेक्टरमा २ सय ६२ प्लट र ‘सी’ सेक्टरमा १ सय ५२ प्लट बन्नेछन् ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...