कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
चैत ६, २०७७
वैश्विक महामारीको १ वर्ष नपुग्दै फास्ट ट्र्याकमा कोरोना भाइरसविरुद्धको खोप विकास हुनु विज्ञानको चमत्कार हो । त्यो चमत्कारलाई जीवनरक्षाका लागि सदुपयोग गर्नु हरेक सरकारको कर्तव्य तथा अग्निपरीक्षा हो । यो मानवता जीवित रहेको तथा विश्वबन्धुत्व कायम रहेको प्रमाणित गर्ने सुनौलो अवसर हो ।
धनी तथा शक्तिशाली देशका नागरिकको जीवन तथा गरीब एवं अल्पविकसित देशका नागरिकको जीवनको मूल्य एउटै भन्ने सत्यलाई आत्मसाथ नगर्ने हो भने यो आविष्कार र प्राप्तिको परमार्थ प्रमाणित हुँदैन । खोपलाई राष्ट्रवादको घेराभित्र सीमित गर्नुहुँदैन भनेर विकसित देशका मानवतावादीको कर्णप्रिय स्वर अल्पविकसित देशका लागि आशाको सञ्चार बनेको छ ।
कोरोना खोपको अनुसन्धानमा ठूलो धनराशि खर्च भएको छ । विश्वका करीब २०० वटा विशाल प्रयोगशालामा खर्च भएको ठूलो धनराशिले हालसम्म आधा दर्जन बढी खोपलाई स्थापित गरेको छ भने आधा दर्जन खोप स्वीकृति पर्खेर बसेका छन् ।
फाइजर, मोडेर्ना, जोन्सन एण्ड जोन्सन, एस्ट्रेजेनेका, सिनोफार्म, सपुत्निक भी खोपलाई आपतकालीन प्रयोगको अनुमति मिलिसकेको छ भने हाम्रा छिमेकी राष्ट्र भारत तथा चीनका कोभ्याक्सिन तथा सिनोभ्याक घाँटीघाँटी आइसकेका छन् ।
किन आलोचना भइरहेको छ, एस्ट्रेजेनेका ( कोभिशिल्ड ) खोपको ?
संसारकै सुप्रसिद्ध अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, ब्रिटिश–स्विडीस कम्पनी एस्ट्रेजेनेकाले विकास गरेको यो खोप अन्य खोपको तुलनामा बढी सुरक्षित देखिएको छ । यसको प्रभावकारिताबारे विश्व स्वास्थ्य संगठन, गाभी लगायतका संस्थाले नियमित रूपमा अनुसन्धानका सकारात्मक परिणाम बाहिर निकालिरहेका छन् । यो खोपको मूल्य व्यापारिक नभएर निकै सस्तो छ ।
त्यस्तै यो खोपलाई २ देखि ८ डिग्रीमा भण्डारण गर्न सकिन्छ । माथि उल्लेखित विशेषताको कारण अल्पविकसित देशको रोजाई यही खोप भएको छ । त्यतिमात्र नभएर कोभ्याक्स सुविधा अन्तर्गत ९२ वटा अल्पविकसित राष्ट्रका लागि खोप खरिद यही कम्पनीको भइरहेको छ । त्यस्तै भारतको सिरम इन्स्टिच्युटले ठूलो संख्यामा यो खोपको उत्पादन गरिरहेको छ ।
खोपमा अर्बौं लगानी गरेका अन्य खोपको मूल्य चर्को छ । खोपको भण्डारण तथा परिवहनका लागि चिस्यान कायम गर्ने संरचना धेरै देशमा छैन । खोप उत्पादकबीच आफ्नो सामान बिक्री गर्न अर्काको सामान नराम्रो छ भनेर प्रचार गर्ने कसरत भइरहेको छ । यसका लागि सुनियोजित रूपमा अक्सफोर्ड / एस्ट्रेजेनेका / कोभीशिल्ड खोपबारे भ्रम छर्ने काम भइरहेको छ । शुरूमा यो खोपले अफ्रिकामा फैलिएको प्रजातिलाई १० प्रतिशत मात्र काम गर्छ भनेर प्रचार गरियो । त्यसपछि जर्मनी, बेल्जियम, नर्वे, स्विडेन, फ्रान्स लगायतका देशले जेष्ठ नागरिकलाई निकै कम प्रभावकारी छ भनेर खोप अभियान स्थगित गरे ।
अन्य देशका जेष्ठ नागरिकमा राम्रो एन्टीबडी देखिएको अनुसन्धान आलेख प्रकाशित भएपछि जर्मनी लगायतका देशमा जेष्ठ नागरिकमा यो खोप सुचारु गरियो । पछिल्लो समयमा खोप लगाएका ५० लाख जनामा ३० जनालाई रगत जम्ने समस्या देखियो भनेर थाइल्याण्डदेखि केही युरोपियन देशमा एस्ट्रेजेनेका खोप स्थगित गरियो । हाल विश्व स्वास्थ्य संगठन, गाभी लगायतका संस्थाले ती मान्छेमा पहिले नै रगत जम्ने समस्या भएको बताएका छन् । हामीले सरसर्ती हेर्दा नेपालमा खोप लगाएका १६ लाख व्यक्तिमा गम्भीर असर देखिएको छैन । यही नै खोप सुरक्षित भएको बलियो प्रमाण हो ।
चीनको खोप र यसको स्वीकार्यता
समाचार अनुसार चीनमा बनेको खोप लगाउने व्यक्तिलाई मात्र चीनको लागि भिसा दिइनेछ भनेर चीनले बताएको छ । यसको अर्थ अन्य कम्पनीको कोरोना खोप लगाएका व्यक्तिलाई चीनले भ्रमण अनुमति नदिने बुझिन्छ । चीनले खोपमा खरबौं लगानी गरेको छ । सिनोफार्म, सिनोभ्याक, कान्सिनो बायोलोजिक लगायतका कम्पनीले खोपको विकास गरिसकेका छन् भने अन्य एक दर्जन कम्पनीले अन्तिम चरणको क्लिनिकल ट्र्यालमा पुग्न लागेका छन् ।
चीनको सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपको युएईमा १२५ देशका हजारौं व्यक्तिमा गरेको परीक्षणमा ८६ प्रतिशत प्रभावकारी देखिएको छ । त्यस्तै चीन, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना लगायतका देशमा पनि खोप करोडौं मान्छेलाई लगाउँदा सुरक्षित तथा प्रभावकारी देखिएको छ । चीनको खोपलाई निरुत्साहित गर्ने काम ठूला देश तथा अन्तर्राष्ट्रिय संस्थाबाट भइरहेको छ ।
नेपालले पनि शुरूशुरूमा चीनले दिने भनेको खोप ल्याउने पहल गरेन । शुरूमा ३ लाख डोज अनुदान दिने भनेको चीनले परराष्ट्रमन्त्री स्तरको छलफलमा ५ लाख डोज अनुदान दिने भन्यो ।
पछिल्लो समयमा ८ लाख डोज अनुदान दिने भनेको छ । नेपालले त्यो खोप ल्याउन तुरुन्तै पहल गर्नुपर्दछ । यो खोपको मूल्य प्रति डोज ४८ डलर कायम गरिएको छ ( कोभिशिल्डको ४ डलर छ ) । नेपालको लागि यो मूल्य किन्न नसक्ने स्तरको हो । सरकारले चीनसँग अनुदानको मात्रा बढाउन वा खोपलाई सहुलियतमा प्रदान गर्न आत्मीय वार्ता गर्नु जरुरी छ ।
त्यति मात्र होइन नेपालले रुसको सपुत्निक भी, अमेरिकाको मोडेर्ना तथा सिंगल डोज खोप उत्पादन गरेको जोन्सन एण्ड जोन्सनसँग पनि कूटनैतिक पहल गरेर ती खोप अनुदानमा ल्याउने प्रयास गर्नुपर्दछ । यसका लागि प्रधानमन्त्री तथा परराष्ट्र /स्वास्थ्यमन्त्रीमार्फत एवं विश्व स्वास्थ्य संगठनमार्फत प्रयास निरन्तर गर्नुपर्दछ । जनताको जीवनरक्षाका लागि राज्य अझै गम्भीर हुनु अत्यावश्यक छ ।
खोपमा हामी कहाँ चुक्यौं ?
हामी अर्थात सरकार अर्थात स्वास्थ्य मन्त्रालय अर्थात खोप समिति खोप व्यवस्थापनमा चुकेका हौँ ।
हामीले सोचेभन्दा पहिले भारतले १० लाख मात्रा सहयोग स्वरूप पठायो, किनेको १० लाख मात्रा तुरुन्तै पठायो अनि कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार खोप पनि त्यही बेला आयो । मरुभूमिमा पानीका बाछिटा पर्दा हामीले ठान्यौं कि घनघोर वर्षा भइरहन्छ, गाग्री थापेर स्टोर गर्नुपर्दैन तथा तिर्खा नलागेका व्यक्तिलाई पनि पानी खान दिए हुन्छ । यही भ्रमका कारण हाम्रो खोप अभियान स्थगित गर्नुपर्यो ।
यो पंक्तिकारले पटकपटक सम्बन्धित निकायका अधिकारलाई भनेको तथा निरन्तर लेखिरहेको थियो कि हामीले जति मात्रा खोप दिन्छौं, त्यति नै मात्रा खोप दोस्रो पटकका लागि भण्डारण गर्नुपर्दछ ।
फ्रान्सले चीनमा किनेको मास्क, पीपीई लगायतका सामानको हवाइजहाज एयरपोर्टमा डबल मूल्य तिरेर अमेरिका पुर्याएको घटना हामीले सुनेका थियौं । जबसम्म आउँछ भनेको सामान हाम्रो एयरपोर्टमा आउँदैन तबसम्म हामीले क्यालकुलेटर थिच्नु हुँदैन । आकाशमा धेरै बाटा छन् भन्ने तथ्य समेत हामीले बिर्सिनु हुँदैन ।
त्यस्तै खोपको प्राथमिकता यस अनुरूप गरेर एक / एक मात्रा खोपको अडिट गर्नुपर्दछ ।
अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरू जसलाई दीर्घरोग छ ।
– जेष्ठ नागरिक जसलाई दीर्घरोग छ ।
– ४० वर्षमाथिका नागरिक जसलाई दीर्घरोग छ ।
– दीर्घरोग नभएका जेष्ठ नागरिक ।
– दीर्घ रोग नभएका अग्रपंक्तिमा काम गर्ने व्यक्ति ।
– अनि क्रमशः प्राथमिकता अनुरुप ।
यसो गरेको भएर त्यो २३ लाख ४८ हजार खोपमा १० लाख जोखिम व्यक्तिलाई लगाउन सकिन्थ्यो भने बाँकी अर्को लट आएपछि मात्र लगाउन शुरू गर्नुपर्थ्यो । हामीले यो घटनाबाट पाठ सिकेर आगामी दिनमा खोपको माग र आपूर्तिको सन्तुलन बुझ्नु र मिलाउनु जरुरी छ । हेल्थ इकोनोमिक्समा ‘अपरच्युनिटी कस्ट' केलाई भन्दछ, हामीलाई पक्कै थाहा छ ।
खोपको अभाव हुने लक्षण
एउटा कम्पनीको पहिलो खोप लगाएका व्यक्तिले अर्को कम्पनीको दोस्रो मात्रा लगाउन मिल्दैन । नेपाललाई कोभिशिल्ड खोप दिने कि भारतले हो कि कोभ्याक्सले हो । ठूलो पापड बेल्न सक्यौं भने बेलायतले एकपटक २० लाख मात्रा दिन्छु भनेको कथनलाई सम्भावनामा बदल्न सकिन्छ ।
भारतमा अहिले नयाँ संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । त्यो महामारीबाट आफ्ना नागरिकको ज्यान बचाउनका लागि भारतले छिट्टै अन्य देशमा खोप दिन अप्ठ्यारो छ । यसै पनि भारतले कोभ्याक्स तथा अन्य धेरै देशलाई प्री-बूक गरेको खोप पुर्याउन मुस्किल छ । आफ्नो देशमा बेवास्ता गरेर अन्यत्र खोप वितरण गरेको भनेर भारतले आफ्नै नागरिकको विरोध सामना गर्नुपरेको छ ।
यो परिप्रेक्ष्यमा नेपालले तत्काल बूकिङ गरेको १० लाख डोज ल्याउन बहुस्तरबाट पहल गर्नुपर्दछ । त्यस्तै कोभ्याक्ससँग नेपालले पहिलो मात्रा दिएको संख्या र स्टकमा रहेको संख्या ऋणात्मक भएको देखाएर दोस्रो मात्राको सुनिश्चित गर्नुपर्दछ ।
महामारीको दोस्रो लहरसँगै खोपको माग अत्यधिक बढेको छ । महामारीको सामना गर्नु नपरेको देश चीनबाट सहुलियत दरमा खोप ल्याएर हामीले यससँग जुध्न सक्छौं ।
दोस्रो लहरको सम्भावना
अहिले ब्राजिल कोरोना महामारीको दोस्रो लहरको सामना गरिरहेको छ । त्यहाँका अस्पताल ९० प्रतिशतभन्दा धेरै अकुपाई भएका छन् । अस्पताल, स्वास्थ्यकर्मी तथा सरकारले हात उठाएको स्थिति छ ।
युरोपका अधिकांश मुलुकको अवस्था पनि विकराल छ । छिमेकी देश भारतमा हिजो मात्र ३५ हजार नयाँ संक्रमित थपिएका छन् । महाराष्ट्र, कर्नाटक, केरला, मध्यप्रदेश, पंजाब, गुजरात, छत्तीसगढ लगायतका राज्यमा अस्पताल भरिभराउ छन्, स्थानअनुसार लकडाउन र कर्फ्यु लगाइएको छ । भारतमा ७० जिल्लामा कोरोना संक्रमण १५० प्रतिशतले बढेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्– हामीले सम्पूर्ण तागत लगाएर महामारीलाई यहीँ रोक्न सकेनौं भने भारतले ठूलो मूल्य चुकाउनु पर्नेछ । उनले भनेका छन्– खोप केन्द्रको बिस्तार, व्यापक परीक्षण, अनिवार्य क्वारेन्टीन, खोपको दुरुपयोग नियन्त्रण आदि गरेर तथा सम्पूर्ण शक्ति लगाएर संक्रमण नियन्त्रण गर्नुपर्दछ । द इन्डियन एक्सप्रेसका अनुसार भारतीय प्रमले खोपको दुरुपयोग तथा वेस्टेजप्रति सबै राज्यलाई विशेष निर्देश गरेका छन् ।
घरको पर्खालबाहिर महामारीको छाल उठेको छ । यस्तो अवस्थामा हामीले राजनीतिभन्दा पर हेर्न सक्नुपर्छ । त्यो छाल रोक्नका लागि सिमाना तथा विमानस्थलमा कडाइ / परीक्षण / क्वारेन्टीन आदिको व्यवस्था आजदेखि नै गर्नुपर्दछ । मास्कलाई अनिवार्य गर्नुपर्दछ । भीडभाड बन्द गर्नु / गराउनु पर्दछ अनि बाँकी मापदण्ड पालना गर्नु / गराउनु पर्दछ ।
हामीमा डर हटेको हुँदा दोस्रो लहर आयो भने स्थिति नियन्त्रण बाहिर जान सक्छ । यो तथ्य सरकार र जनता दुवै पक्षले बुझ्नु जरुरी छ । हामीले सन् २०२० को पीडा र क्षतिलाई बिर्सिनुहुँदैन । विश्वका धेरै देशमा पीडा र क्षतिको घाउ फेरि बल्झिएको तथ्य हामीले बुझ्नु जरुरी छ । सरकार र जनता मिलेर दोस्रो छाल रोक्ने प्रण गरे कोरोना महामारी दोहोरिने छैन ।
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...