×

NIC ASIA

एनआरएनए पोर्चुगलका नेताले बेचे हवाइजहाजको नक्कली टिकट, यात्रु अलपत्र

चैत २३, २०७७

Prabhu Bank
NTC
Premier Steels

युरोपेली मुलुक पोर्चुगलको लिस्बनमा शहरमा सञ्चालित लक्ष्मी ट्राभलले हवाई जहाजको नक्कली टिकट बेच्ने गरेको रहस्य खुलेको छ। सो ट्राभल एनआरएनए पोर्चुगल नेता बिक्रमजङ्ग कुँवरको भएको बताइएको छ ।

Muktinath Bank

नेपाल फर्कनका लागि ठिक्क परेका दर्जनौँ यात्रुहरु विमानस्थलबाट फिर्ता हुन बाध्य भएपछि यस्तो खुलासा भएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती यात्रुहरु आफ्नो लगेजसहित उत्साहित भएर विमानस्थल पुगेका थिए। तर  बोर्डिङ पासका लागि टर्किस एयरको काउन्टरमा पुग्दा उनीहरुलाई टिकट नक्कली भएको भन्दै उनीहरुलाई फर्काइएको हो।


Advertisment
Nabil box
Kumari


फर्काइएका ११ जनाले प्रति व्यक्ति ६२० युरो अर्थात नेपाली लगभग ७० हजार रुपैयाँ  तिरेर टर्किस एयरलाइन्सको टिकट काटेका थिए।  

Vianet communication

भक्तपुर ३ घर भएका विजय धिमाल लगेज सहित विमानस्थल पुगेका थिए । उनको उडान ११:५ को थियो। विमानस्थलको काउन्टरमा पुगेपछि टिकट देखाउँदा नक्कली टिकट भएको भन्दै आफूलाई बोर्डिङ पास नदिइएको उनले गुनासो गरे ।

ट्राभल सञ्चालक

टिकट फर्जी भएको विमानस्थल कर्मचारीले जानकारी गराएपछि उनीसँगै गएका अन्य नेपाली यात्रुहरु समेत चकित परेर हतार हतार आफ्नो टिकट देखाएका थिए। अन्तत; सबैको टिकट फर्जी देखियो।

सोलु घर भएकी सोनु शेर्पाले भनिन्, 'युरोपमा पनि यस्तो हुने रहेछ, टिकटको पैसा लिने तर नक्कली टिकट दिने, हाम्रो मान्छे नेपालमा लिन आएका छन्, अब के भन्ने, पैसा पनि साथमा धेरै छैन, अब कता गएर बस्ने, के खाने।”

जहाजभित्र जानु पर्नेमा यतिबेला उनीहरुले लक्ष्मी ट्राभलको कार्यालय अगाडि आएर फर्जी टिकट देखाउँदै  हो- हल्ला गरिरहेका छन्।  विगतमा पनि यस्तै काण्डमा मुछिने गरेका कुँवर एनआरएनए पोर्चुगलका कोषाध्यक्षको भूमिकामा रहेका छन्। कुँवर हाल सम्पर्क बाहिर रहेका छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x