×

NMB BANK
NIC ASIA

डाक्टरको पीडा: विरामीको उपचार गर्दा पेट्रोल छर्केर जलाउने धम्की !

कात्तिक २०, २०७४

NTC
Premier Steels

सायद यस्ता घटना अस्पतालमा काम गर्ने डाक्टर या नर्स जो कोहीलाई नौलो नलाग्ला । विरामीका कुरुवाले चर्को श्वरमा कराउने वा गाली गर्ने घटना अस्पतालमा भइरहन्छन् । तर, कहिले काहिँको घटना भने असाधारण हुँदो रहेछ । गत मंगलवार त्यस्तै घटना भयो, त्यो पनि शिक्षित भनिने व्यक्तीबाट ।

अस्पताल जस्तो संवेदनशील ठाउँ, त्यसमाथि म काम गर्ने क्यान्सर वार्ड । विरामीसँग नम्र भएर बोल्नु पर्ने कर्तव्य हामीले राम्रोसँग बुझेका छौं । त्यो वार्डमा काम गर्ने जो कोहीले पनि ।
मंगलवार बिहान ११ः०९ बजे हाम्रो वार्डमा केमो थेरापी लाउन एकजना बिरामी आउनु भयो, सहयोगी सहित । अस्पतालमा भर्नाको प्रक्रिया पुर्याएर र औषधी लिएर आउदा ११ः३० भएको थियो । त्यसपछि उहाँको औषधी सुरु गरियो । डे–केयर भएको हुँदा उहाँको औषधी सकिन ७० मिनेट लाग्यो । त्यसो हुँदा १२ः४० को समयमा औषधी सकिन्छ । अझै हामीले उहाँको काम छिटो होस् भनेर १२ः३५ मै फाइल डिस्चार्जको लागि भनेर तल पठाइ सकेका थियौं । त्यसभन्दा करिव १५ मिनेट अगाडि एकजना आफन्त आउनु भएको थियो ।

१२ः४० मा बिरामीको औषधी लगाउने काम सकियो । म ड्युटीमा रहेको डाक्टर र अन्य तीनजना नर्स हामी आफ्नो स्टेसनमा बसिरहेका थियौ । त्यहीबेला बिरामीको आफन्त हामी बसेको स्टेसनमा आएर कराउन थालनुभयो । ‘हाम्रो फाइल डिस्चार्जमा गएको डेढ घण्टा भइसक्यो, मान्छे कहाँ पुग्नुपर्छ अलिकति चाँडै गर्दा के हुन्छ तपाइहरुको ?’ भन्दै चर्को श्वरमा कराउन थाल्नुभयो । हामीले फाइल तलवाट माथि ल्याउनु पर्छ, केही समय त लाग्छ नि भन्यौ । बढीमा १० मिनेट भएको थियो होला फाइल तलबाट माथि ल्याउन ।

डिस्चार्ज गर्दा लेखिने नोट र बिरामीले खाने औषधी पनि लेखेर सबै काम सकिसकेका थियौ हामीले । जब बिरामीको आफन्तले ड्युटीमा रहेका हामीहरुप्रति चर्को श्वरमा धम्काउने भाषा प्रयोग गर्नुभयो, त्यसपछि हामी प्रशासनसमक्ष जान बाध्य भयौं । ‘दाई अरुको त टाइप भएर फाइल आउनै समय लाग्छ, तपाइको त अझै छिटो गरेका छौ’ हामीले स्पष्टीकरण दिदाँ उहाँले आफ्नो पदको बखान लगाउन लाग्नु भयो, ‘तपाईं के मुख चलाउनु हुन्छ डाक्टर साप ? म पनि एमए गरेको मान्छे हुँ ! लेक्चर हो, यो अस्पतालको बरिष्ठ डाक्टर मेरो साथी हो, के कुरा गर्नु हुन्छ तपाईं ?’ उहाँले धम्काउन रोक्नु भएन, ‘यस्तो ढिला गर्ने अस्पतालमा अलिकति केही बोल्न नहुने हामीले ?’

हामीले डिस्चार्ज त नियमले एक बजे मात्रै गर्ने हो, मात्र के भनेका थियौ ती विद्वान महोदयले चर्को श्वरमा फेरि धम्कीपूर्ण भाषा बोल्नु भयो, ‘ठाउँ ठाउँमा पेट्रोल छर्केर मान्छे जलाएको खवर त सुन्नु भएको होला तपाईंहरुले ? यस्तोमा त तपाईंहरु पर्नु भएको छैन होला नि ! धन्न बाच्नु भएको छ !’

आजसम्म अनुमान समेत नगरेको यस्तो खालको गाली वा आक्रोश विरामीका आफन्तबाट सुन्दा ड्युटिमा रहेका हामीहरुको मुटु सिरिङ्ग भयो । यस्तो गाली, अपशव्द जो कोही बिरामीले ड्युटिमा रहेको डाक्टर र नर्सलाई सुनाउँछ, तब कामगर्ने वाताबरणमा कस्तो नकारात्मक असर पर्छ होला ? त्यो जो कोहीले बुझ्न सक्छ ।

फाइल किन ढिला भएको भनेर बुझाउन खोजियो, उहाँले बुझ्ने कोशिष गर्नु भएन । डिस्चार्जका लागि फाइल टाइप गर्ने स्थानमा पुगेपछि मात्र फाइल वार्डमा ल्याइन्छ र विरामीलाई फलोअपमा आउने मिति र खाने औषधीबारे बुझाइन्छ । यो बास्तविकता नबुझिकन अस्पतालमा काममा खटिएका सेवकसँग चर्को श्वरमा यस्तो गाली र अभद्र व्यवहार प्रदर्शन गर्नु हुन्छ भने त्यो विद्वताको के अर्थ ?

शिक्षित भनौदाहरुले नै जब आफ्नो मात्र कुरा सुनेर अरुको कुरा सुन्न नखोज्ने र नागरिको दायित्व विर्सेर अस्पतालमा सेवाका लागि बसेका हामी डाक्टर र नर्सप्रति गर्नुपर्ने व्यवहार बिर्सिन्छन् भने अशिक्षितबाट के अपेक्षा गर्न सकिन्छ ?

यो त प्रतिनिधि घटना मात्र हो । अस्पताल र डाक्टर, नर्सबाट सेवा वा स्याहार नपाएको आरोप लगाउने विरामी र उनीहरुका आफन्तले गर्ने व्यवहारबाट पनि उपचारमा खटिने चिकित्सकको मानसिकतामा पर्ने असरल कति भूमिका खेल्न सक्ला ? यो सामान्य अवस्थामा अनुमान गर्न जो कोहिले नसक्ला । तर एक जना बिरामी वा तीनका आफन्तको व्यवहारका कारण दिनभर अन्य सयौं विरामीको उपचारमा खटिने चिकित्सक र सेवामा जुट्ने नर्सको अरुप्रतिको सदासयता र व्यवहारमा कस्तो असर गर्ला ? सोच्न जरुरी छ ।

माथि उल्लेख गरिएका घटना पछिल्ला दिनमा अस्पतालहरुमा बढ्दै गएका छन् । कुनै अस्पताल वा डाक्टरले गरेको व्यवहारका निमित्त उ स्वयं जिम्मेवार हुन्छ न कि सम्पूर्ण चिकित्सा क्षेत्र, डाक्टर, अस्पताल प्रशासन, नर्स ।

यस्ता घटना बढ्नुमा बिरामी वा तीनका आफन्त मात्र जिम्मेवार छन् भन्ने मान्यता मेरो कदापी होइन । यसमा अस्पताल प्रशासन, भद्दा प्रक्रिया, डाक्टर, नर्सहरुको व्यवहार पनि कारक हुन सक्लान । तर, त्यसको दोष पढेलेखेका महोदयहरुले हामी जस्ता काममा उत्तरदायी हुने डाक्टरमाथि पोख्नु निन्दनीय र पीडादायक छ ।

जति पढे लेखे पनि एउटा मर्यादा र अनुशासनको पालना गर्नुपर्ने जो कोही नागरिकको कर्तव्य हो । आफ्नो पेशामा जो कोही पनि सही होला । तर त्यस्तो अपमानको शव्द र गाली गरेर अस्पतालको प्रशासन साथै ड्युटीमा रहेका डाक्टर नर्सलाई गाली गरेर उहाँले सायद ठूलो काम गरेर गए भन्ने ठान्नु भएको होला ।

जुन नकारात्मक छाप उहाँले छाडेर जानुभयो, काम गर्ने वातावरणलाई खल्लो पार्नुभयो, आफ्नो पदको आफै बदनाम गरेर जानुभयो । सो घटनाले हामी एकचोटी सोध्न बाध्य भएका छौं, ‘पढेलेखेका र विद्वान भन्नेहरुको व्यबहार यस्तो हुन्छ ?’ अन्य यस्ता घटना कति घटेका होलान ? कति घटने वाला छन् ? डाक्टर÷नर्सलाई हतोत्साहित गर्ने यस्ता घटना रोक्ने जिम्मेवारी कसको होला ?
(डा. सापकोटा ओम अस्पतालमा कार्यरत छिन्)

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x