मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
साउन २६, २०७८
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस सम्मिलित सरकार बनाउनेबारे गृहकार्य तीब्र पारिएको छ ।
यसअघि प्रतिपक्षमा बस्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने वा प्रदेश सरकारकै नेतृत्व गराउनेबारे गृहकार्य थालिएको हो ।
संघीय सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गरेयता सुदूरपश्चिम सरकारको नेतृत्वको विकल्पबारे पनि गृहकार्य थालिएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भने, ‘मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई हाम्रो नैतिक समर्थन त छँदैछ । केन्द्रमा भएको माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमालेको माधव नेपाल पक्ष र जसपाबीचको राजनीतिक गठबन्धन अनुसार प्रदेश सरकारलाई हाम्रो समर्थन रहेको हो तर केन्द्र सरकारको नेतृत्व हामीले गरिसकेपछि यहाँको गठबन्धनको सरकारलाई थप प्रभावकारी बनाउन तथा हाम्रो सहभागिताबारे छलफल भइरहेको छ ।’
नेता रावलले भदौ पहिलो हप्ता सरकारको नेतृत्व गर्ने वा सहभागिता जनाउनेबारे टुंगो लाग्ने बताए । सुदूरपश्चिममा नेकपा एमाले भित्रको माधव नेपाल पक्षलाई केन्द्रमा राखेर छलफल अगाडि बढाइएको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले नेतृत्व गरेको सरकारमा नेकपा एमालेको माधव नेपाल पक्षको सहभागिता रहेको छ ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलले पनि पछिल्लो राजनीतिक समीकरणको आधारमा प्रदेश सरकारहरूबारे केन्द्रमा छलफल जारी रहेको बताए ।
उनले भने, ‘केन्द्रमा मुख्य नेतृत्वबारे सहमतिको प्रयास जारी छ । सायद यता माओवादी केन्द्रले छोड्नुपर्ने अवस्था पनि आउन सक्छ ।’
तर नेकपा एमाले भित्रको किचलोले अन्य राजनीतिक दलका साथै गठबन्धनभित्रै पनि अन्योलता पैदा गरेको उनले बताए ।
‘यहाँको प्रदेश सभामा नेकपा एमालेको बहुमत छ । त्यसकारण एमाले भित्रको झगडा मिलेको अवस्थामा यस सरकारबाट बाहिर जानसक्छ वा आफ्नो नेतृत्वमा सरकार बनाउन पनि सक्छ,’ प्रमुख सचेतक रावलले थपे ।
एमाले निर्णायक
अब नेपाली कांग्रेस सरकारमा जाने निश्चितजस्तै भए पनि धेरैको ध्यान नेकपा एमालेको झगडामा केन्द्रित छ । एमालेको झगडा कुन रूप लिन्छ, त्यसैअनुसार राजनीतिक गठबन्धनभित्र पनि निर्णय फेरबदल हुनसक्ने रावलले बताए ।
सुदूरपश्चिम प्रदेश सभामा ५२ जना प्रदेशसभा सदस्य रहेका छन् । सभामुख अर्जुन थापासहित २५ जना प्रदेशसभा सदस्य नेकपा एमालेका रहेका छन् । २४ जनामध्ये ७ जना मात्रै केपी ओलीपक्षीय रहेका छन् ।
नेकपा एमालेकी प्रमुख सचेतक दुर्गा विकले भनिन्, ‘माथि टुंगो नलागेसम्म केही हुँदैन तर केन्द्रमा हुने चाहे नेकपा एमाले भित्रको होस्, चाहे राजनीतिक गठबन्धन भित्रको सहमति, त्यसको असर यहाँ पनि पर्छ तर हालसम्म औपचारिक छलफल भएको छैन ।’
उनले अगाडि थपिन्, ‘एमालेभित्रको विवाद समाधान भएको अवस्थामा सबैभन्दा ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउन पनि सक्छ वा प्रतिपक्षमा बस्न पनि सक्छ । त्यसो भएन भने मौजुदा सरकारमा कांग्रेसलाई सहभागी गराएर सरकार हेरफेर पनि हुनसक्छ ।’
प्रदेश सभामा नेकपा एमालेका २४ सहित माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) नेपालका २ जना प्रदेशसभा सदस्य रहेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...