×

NMB BANK
NIC ASIA

बिरामीको ज्यान जोगाउने चटारोमा हुइँकिरहँदा हेपिएका एम्बुलेन्स चालकहरू [भिडियो रिपोर्ट]

साउन ३२, २०७८

NTC
Premier Steels

व्यस्त सडकमा पुगेर केहीबेर उभिनुभयो भने साइरन बजाउँदै कैयन एम्बुलेन्स हुइँकिएका भेटिन्छन् ।

Muktinath Bank

यसरी हुइँकिने एम्बुलेन्सभित्र कोही न कोही बिरामी वा घाइते व्यक्ति त हुन्छ नै । कतिपय त मृत्युसँग नै लडिरहेका हुन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्ता बिरामीहरूको ज्यान जोगाउने दायित्व अस्पताल पुग्नुअघि कसैको हातमा हुन्छ भने त्यो हो एम्बुलेन्स चालक ।


Advertisment
Nabil box
Kumari

दाङ घर भएका देवीराम चौधरीले एम्बुलेन्स चलाउन थालेको ५ वर्ष भयो।

Vianet communication

बिरामीलाई समयमा अस्पताल पुर्‍याएर उनले धेरैको ज्यान जोगाएका छन् । तर एक जना मात्रको ज्यान जोगाउन नसक्दा पनि उनलाई थकथक लाग्छ । यस्तै घटना केही समय अगाडि घट्यो ।

कोरोनाका एक बिरामीलाई बचाउन उनले धेरै पहल गरे । दुईवटा सिलिन्डर ढाडमा बोकेर अस्पतालसम्म पुर्‍याए पनि । सिलिन्डर बोक्दा करङको एउटा हड्डी नै क्र्याक भएको उनी सम्झिन्छन् । तर  दुर्भाग्य !  ज्यान जोगाउन सम्भव भएन ।

रौतहटका शिवचन्द्र कुमार साहले मधेश आन्दोलनपछि एम्बुलेन्स चालकको रूपमा काम थाले । १० वर्षभन्दा लामो समयदेखि एम्बुलेन्स चलाउँदै गर्दा उनले कैयन तीतामीठा घटना भोगेका छन् ।

तर पछिल्लो डेढ वर्षयता उनले जति सास्ती खेप्नुपर्‍यो त्यति सास्ती यसअघि कहिल्यै भएको थिएन । कोरोनाका बिरामी बोक्ने भनेर उनलाई पसलमा पानी किन्न दिइएन, भोक लागेर पसलमा पुग्दा शटर बन्द गरियो ।

अरूको ज्यान जोगाउन रातदिन नभनी खट्ने एम्बुलेन्स चालकका सम्बन्धमा कसैले राम्रो नसोचेको गुनासो संयुक्त एम्बुलेन्स चालक संघ काठमाडौंका सचिव गोपीकृष्ण श्रेष्ठको छ ।

आपतका बेला एम्बुलेन्स चालकसामु भगवान् भरोसा शिवाय अरू केही विकल्प नरहने उनले बताए ।

बिरामीलाई अस्पताल पुर्‍याउँदासम्म प्राथमिक उपचार गर्ने, अक्सिजन लगाइदिनेदेखि स्लाइन लगाउनेसम्मका काम गर्ने एम्बुलेन्स चालकलाई अधिकांशले राम्रो व्यवहार नगर्ने गरेको गुनासो चालक प्रकाश न्यौपानेको छ । आफूहरूलाई गर्ने व्यवहार तल्लो स्तरको हुने गरेको उनले बताए ।

स्वास्थ्य संकटका बेला ज्यानको पर्वाह नगरी सेवामा खटिएका एम्बुलेन्स चालकका सम्बन्धमा राज्यको पनि उचित ध्यान गएको पाइँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २३, २०७९

केही दिनदेखि देशभर डेंगु महामारीकैरूपमा फैलिइरहेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट हजारौ व्यक्ति प्रभावित भएका छन् ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्यासेजमा समेत बेड रा...

माघ ७, २०७८

कोरोनाभाइरस (कोभिड- १९) को तेस्रो भेरियन्ट नेपालमा निकै तीव्र गतिमा फैलिएको छ । सरकारले भीडभाड गर्न रोक लगाएको छ भने यातायात पनि जोरबिजोरका आधारमा मात्र सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।  पछिल्ल...

भदौ २९, २०७८

ललितपुरको सातदोबाटो–गोदावरी रुटमा पर्ने ठैबभन्दा अलि माथि पर्ने गोदामचौरका स्थानीय वासिन्दा हुन् राम कार्की । उनलाई दैनिकजसो घरदेखि लगनखेलसम्म ओहोरदोहोर गरिरहनुपर्छ ।  पहिला आफ्नै गाडीमा २० मिन...

असोज २५, २०८०

सुदूरपश्चिम ​विश्वविद्यालयले इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रम पुनर्विचार गर्नुपर्ने बताएको छ । विश्वविद्यालयका सहायक उपकुलपति प्राडा अम्मराज जोशीले आफ्ना १० विद्यार्थी मारिएपछि यो कार्यक्रमबारे ...

भदौ ८, २०७८

चीनको छिङ्गहाई प्रान्तस्थित हो सिलमा रहेको विश्व सम्पदा क्षेत्र [भिडियो] https://www.facebook.com/lokaantar/videos/363534432107954

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x