×

NMB BANK
NIC ASIA

गाउँगाउँमा अनियमितताको जालो

प्रधानमन्त्री कृषि आधुनिकीकरण: झन्डै ३ करोडका सामान घर लगेपछि भैँसीगोठ बन्यो हायरिङ सेन्टर

भदौ ११, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा स्थापना गरिएका २ वटा कस्टम हायरिङ सेन्टर भैँसी गोठ र न्यू फेसन गार्मेन्ट्स प्रालिमा परिणत भएका छन् । 

Muktinath Bank

करोडौं मूल्यका यन्त्र उपकरणहरू सञ्चालकले आ–आफ्नो घर लगेर कस्टम हायरिङ सेन्टरलाई भैंसी गोठ र न्यू फेसन गार्मेन्टसका रूपमा परिणत गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाको गौरीगंगा नगरपालिका–८ सिमल डाँडा भन्ने स्थानमा रोशनी एग्रो प्रालि र बडैपुरमा बिराज एग्रो प्रालिले परियोजनाको अनुदानमा कस्टम हायरिङ सेन्टर सञ्चालनमा ल्याएका थिए । तर स्थापनाको ४ वर्ष नपुग्दै सञ्चालकहरूले उपकरणहरू निजी सम्पत्तिसरह प्रयोग गर्नुका साथै घर लगेका हुन् ।


Advertisment
Nabil box
Kumari

जमिन खनजोत गर्ने, जमिन सम्याउने, रोपाइँ गर्ने, कृषि उपज थ्रेसिङसम्ममा प्रयोग हुने आधुनिक प्रविधिका यन्त्र उपकणहरू खरिद गरिएको थियो । केही उपकरण बिक्री गरेको समेत खुलेको छ । 

Vianet communication

ती दुईवटै कस्टम हायरिङ सेन्टर २०७४ जेठ १२ गते सञ्चालनमा आएका थिए । बोर्डमा उल्लेख भएको विवरणअनुसार परियोजनाले ती २ वटै फर्मलाई एउटै प्रकृतिको संरचना र यन्त्र उपकरणका लागि २ करोड ६९ लाख २० हजार रुपैयाँका दरले अनुदान सहयोग गरेको थियो । जसमा ५० प्रतिशत फर्मको लगानी रहेको छ । तर हाल ती बोर्डहरू समेत उखेलिएका छन् ।

के–के थियो, यन्त्र उपकरण र भौतिक संरचना ?

परियोजना कार्यालय धनगढीका अनुसार ती कस्टम हायरिङ सेन्टर सञ्चालन, व्यवस्थापन र सुरक्षाका लागि सेड हाउस १, गार्ड हाउस १, कम्पाउन्ड वाल १ को व्यवस्थाका लागि लगानी गरेको थियो । साथै ट्र्याक्टर ४ थान, पावर टिलर २३ थान, रोटाभेटर २ थान, डिस्क हाइरो २ थान, कमबाइन्ड हार्भेस्टर १ थान, कल्टिभेटर ४ थान, मल्टि थे्रसर ३ थान, ट्रली ४ थान, सीड ड्रिल ३ थान, रिपर विथ विन्डर २ थान, पम्पिङ सेट २ थान, जिरो टिलेज ड्रिल ३ थान, केजवील ४ थान, स्प्रेयर पाउडर १० थान, विइनोवर १० थान, पेड्डी थे्रसर १ थान र एसोसेरिज १ थान खरिद गरिएको थियो ।

तर आधुनिक कृषि यन्त्र उपकरण राख्ने ती कस्टम हायरिङ सेन्टर नानाथरीका फेसनका कपडा सिउने फेसन गार्मेन्ट र भैंसी गोठ बन्न पुगेको छ ।

स्थानीय समेत रहेकी परियोजना कार्यान्वयन इकाइ गहुँ सुपरजोन सञ्चालक समितिकी पूर्व उपाध्यक्ष पवित्रा सापकोटाले कतिबेला यन्त्र उपकरण अन्य स्थानमा सारे आफूहरूले थाहै नपाएको बताइन् । उपकरणहरू रोशनी एग्रो फर्मले जिल्लाको पहलमानपुर क्षेत्रतिर लगेको सुन्नमा आएको उनको भनाइ छ । 

परियोजना र निजी क्षेत्रबीच भएको सम्झौताअनुसार तोकिएको स्थानभन्दा कस्टम हायरिङ सेञ्टर अन्यत्र सार्न नमिल्ने, प्रयोग गर्न लगिएको बाहेक अन्य ठाउँमा राख्न नमिल्ने रहेको छ । 

तर सम्झौताविपरित ती कस्टम हायरिङ सेन्टरमा राखिएका यन्त्र उपकरणहरू अन्यत्र सारिए पनि सम्बन्धित निकाय बेखबर बनेका छन् ।

परम्परागत कृषि प्रणालीलाई प्रतिस्थापन गरी कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यले स्थापना गरिएका ती कस्टम हायरिङ सेन्टरबाट स्थानीयहरू पटक्कै लाभान्वित हुन सकेका छैनन् । 

गौरीगंगा नगरपालिका ८ का लाजु चौधरीले भने, ‘यहाँ कस्टम हायरिङ सेन्टर छ, भन्ने कुरा मात्रै सुनेको छु । तर यहाँका यन्त्र उपकरण कहाँ प्रयोग हुन्छ, थाहा छैन ।’ 

त्यस्तै अर्का स्थानीय बेझु चौधरीले सरकारी लगानी रहेको सम्पत्तिको दुरुपयोग गरी कृषि बाहेकका अन्य काममा समेत प्रयोग भइरहेको बताए । 

आफ्नै घर लगेको स्वीकार 

सञ्चालकहरूले कस्टम हायरिङ सेन्टरका यन्त्र उपकरणहरू आफ्नै घरमा लगेको स्वीकार गरेका छन् ।

सिमल डाँडास्थित कस्टम हायरिङ सेन्टरको सञ्चालक संस्था रोशनी एग्रो प्रालिका सञ्चालक सीताराम कठरियाले ट्र्याक्टरलगायत उपकरणहरू भाडामा दिएको बताउँदै २ वटा ट्र्याक्टर आफ्नो घरमा राखेको र बाँकी अन्यत्र राखिएको बताए । 

रोशनी एग्रो अहिले

रोशनी एग्रो पहिले

अन्यत्र कहाँ राखिएको भन्नेबारे उनले केही खुलाएनन् । आफूहरूको कार्यक्षेत्र साविक बसौटी गाविस र पहलमानपुर गाविस परेकाले भौगोलिक अवस्थाका कारण कार्यसञ्चालनमा समस्या आएको उनको भनाइ छ ।

त्यस्तै अर्को कस्टम हायरिङ सेन्टर तथा बिराज एग्रो फर्मका सञ्चालक दीपेन्द्र गिरीले पहिलेको स्थानमा उपकरणहरू चोरी हुने हुँदा मसुरिया बजारमा राखेको बताए । 

परियोजना कार्यालय धनगढीका प्रमुख कलसराम चौधरीले पनि पहिलेको स्थानभन्दा यन्त्र उपकरणहरू सारिएको भन्ने कुरा सुनेको बताए ।

विराज एग्रो अहिले

विराज एग्रो पहिले

मूकदर्शक परियोजना कार्यालय

तोकिएकै तथा सम्झौतामा उल्लेख भएको स्थानमा यन्त्र उपकरण ल्याउन परियोजना कार्यालय चुकेको हो ? भन्ने जिज्ञासामा प्रमुख चौधरी भन्छन्, ‘मैले के गर्ने ? त्यसको फाइल त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै हेरेको होइन र ?’ 

परियोजना कार्यान्वयन इकाइ गहुँ सुपरजोन सञ्चालक समितिका अध्यक्ष रमेश चौधरीले आफूहरूले पटक–पटक ती कस्टम हायरिङ सेन्टर अनुगमन गर्दा सञ्चालकहरू सम्पर्कविहीन हुने, सम्झौतामा उल्लेख भए बमोजिमका उपकरणहरू नभेटिने गरेको बताए । 

त्यसका बारेमा प्रमुख जिल्ला अधिकारी सदस्य रहेको जिल्ला अनुगमन समितिसमक्ष गुनासो राखेको तर, कुनै सुनुवाइ नभएको अध्यक्ष चौधरीले दुःखेसो पोखे ।

तोकिएको स्थानभन्दा अन्यत्र ती उपकरणहरू राख्न नपाइने सम्झौता भएपछि कहिले पनि सम्झौता अनुसार काम नभएको उनको भनाइ छ ।

कस्टम हायरिङ सेन्टर राख्नका लागि १० वर्षे सम्झौता गरिएपनि ४ वर्षमै यन्त्र उपकरणहरू गायब छन् । यहाँसम्म कि कस्टम हायरिङ सेन्टर सञ्चालकहरूले केही उपकरणका साथै सम्झौतामा उल्लेख जग्गा समेत बिक्री गरिसकेको बताइएको छ ।

यसबारे जिज्ञासा राख्दा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यसबारे खोजबिन गरिनेब ताए । गायब गरिएका तथा कस्टम हायरिङ सेन्टरभन्दा अन्यत्र सारिएका उपकरणहरूको खोजबिन गरिने उनको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x