कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
हिन्दु धर्मवलम्वीहरूले विभिन्न मठ मन्दिरमा पूजाआजा गरी भगवान श्रीकृष्णको जन्मोत्सव मनाए भने पश्चिमा थारु समुदायले भने अष्टिम्की पर्व भव्यताका साथ मनाएका छन् । सुर्खेतदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बासोबास गर्दैआएका थारु समुदाय अष्टिम्की पर्व हर्षोल्लासपूर्वक मनाएका हुन् ।
पृथक मौलिक चालचलन तथा संस्कृति बोकेको आदिवासी थारु समुदायमा भदौ १४ र १५ गते अष्टिम्की पर्व मनाएका हुन् ।
पर्वमा खासगरी, महिलाहरूले भदौ १३ गते राति दर खाई भदौ १४ गते सोमबार दिनभरी ब्रत बसेका थिए भने मंगलबार विहान अघिल्लो दिनको पूजा सामग्रीहरू नजिकको नदी, तलाउमा सेलाउँछन् । तत्पश्चात नुहाइ घरमा फर्केपछि तयार पारिएका परिकार कोशेलीको रुपमा आफ्ना चेलीबेटीहरूलाई अग्रासन दिएका छन् ।
थारु बुद्धिजीवीहरूका अनुसार ब्रतालु महिला तथा युवतीहरू साँझपख घरको भित्तामा कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात पूजा गर्ने गर्दछन् । टिक्ने काम सम्पन्न भएपछि लगिएका फलफूलहरू आपसमा बाँधेर खाने प्रचलन रहेको थारु लोक संस्कृतिविद अशोक थारु बताउँछन् ।
उनका अनुसार अष्टिम्कीको उत्पत्ति ‘अष्टमीटिका’बाट भएको हो । भगवान श्रीकृष्णलाई थारु भाषामा ‘कान्हा’ भनिन्छ । अष्टिम्की’को अर्थ भदौ महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकोले उनको टीका लगाउनु हो । ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरूले विशेष रुपमा मनाउने हुनाले यस पर्वलाई थारु समुदाममा अष्टिम्की भनिने प्रलचन रहि आएको संस्कृतविद थारुको जानकारी दिए ।
अष्टिम्कीमा ‘कान्हा’ को जीवनीलाई भित्तामा चित्रको माध्यमबाट कोरेर चित्रण गरिन्छ । यसरी कोरिएको चित्रमा धुमधामसंग टीका, फलफूल, जल अर्पण तथा दीप प्रज्वलन गरी पूजा गरिन्छ ।
कसरी बनाइन्छ अष्टिम्की ?
व्रतालु महिलाहरू आज अष्टिमकीको पहिलो दिन बिहानै गाउँको भलमन्सा वा बरघरको घरको बहरी अर्थात बैठक कोठाको उत्तरपत्तिको भागमा लिपपोट गरी चुनले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रुपमा सजाउँछन् ।
श्रीकृष्णको दाहिनेपत्ति सूर्य र बाँयापत्ति चन्द्रमाको चित्र बनाइन्छ । भने दोस्रो लाइनमा सात भाई कौरवहरूको चित्र बनाउने गरिन्छ । त्यस्तै, तेस्रो भागमा दुलाहादुलही, दुलहीलाई पठाउन जाँदा अवस्थाको ‘डोली’, दुलाहालाई पठाउन जाँदा अवस्थाको ‘डोला’, माछा, गंगटा, बाघ, हात्ती, मंयुर, सर्प, बिच्छी, गाईलगायत विभिन्न चरा र जनावरको चित्र कोर्ने प्रचलन रहँदै आएको छ ।
यसरी श्रीकृष्ण भगवानको जीवनमा आधारित चित्र सजाई सकेपछि गाउँभरीका महिला तथा युवतीहरू नयाँ कपडा तथा परम्परागत लेहंगा, बिलाउज, चोलियालगायत पहिरनमा सजिएर लाइनबद्ध भएर अष्टिम्की टिक्न जाने बताउँछन् थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी । जुन अवस्था निकै रोचक र हेर्नलायक हुने बताउँदै संयोजक चौधरीले ब्रतालु महिलाहरूले प्रसादको रुपमा काँक्रो, कुन्ढ्र्रु, आम्बालगायत फलफूल लैजाने उल्लेख गरे । जहाँ पूजा पश्चात लगिएका फलफूल बाँडेर खाने गरिन्छ ।
त्यस्तै, रातभरी त्यही पूजा कोठामा पृथ्वीको उत्पत्ति, श्रीकृष्ण जन्म र लिला समेतिएको गीत गाउने समेत प्रचलन रहिआएको संयोजक चोधरीले बताए ।
अर्को दिनपनि विहानै ब्रतालु महिलाहरूले अघिल्लो दिन झै टिक्ने गर्दछन् । तत्पश्चात अघिल्लो र पछिल्लो दिन टिक्ने क्रममा लगिएका विभिन्न पूजा सामग्री नजिकको नदी, खोलामा सेलाउन जान्छन् । त्यहाँबाटै उनीहरू नुहाएर घर फर्कन्छन् ।
उता, घरमा ब्रतालु महिलाहरूका परिवारजनले खरिया, फुलौरी, माछाको सुकुटी, आचारलगायत विभिन्न परिकार बनाएर तयार पारेका हुन्छन् । जुन परिकारलाई ती ब्रतालु महिलाहरूले ‘फरहार’ गर्छन् ।
विभिन्न परिकारहरूको आधा भाग खानुभन्दा पहिलै टपरी तथा दुनामा छुट्याएर राख्नुलाई थारु समुदायमा फरहार भनिन्छ । फरहार पश्चातमात्रै ब्रतालु महिलाहरूले खाना खान्छन् । यसरी फरहारको क्रममा दुना र टपरीमा छुट्याएर राखिएका परिकारलाई आफ्नो विवाहित चेलीबेटीहरूलाई अग्रासन (कोसेली) को रुपमा दिन जाने प्रचलन समेत रहँदै आएको छ ।
यसरी एकातिर, थारु समुदायमा अष्टिम्की पर्व असत्य माथि सत्यको जीतको खुसियालीको रुपमा मनाइन्छ भने अर्कोतिर, विवाहित चेलीहरूलाई अग्रासन दिन जाने प्रचलनले समाजमा भाईचाराको भावना जागृत गर्दै आएको थारु बृद्धिजीवीहरूको भनाई छ ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...