कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका ठागुराम डंगौरा (६३) विगतलाई निरन्तरता दिँदै खानेकुराको कोशेली बोकेर आफ्नी बहिनी कहाँ गए ।
पुस्तौं–पुस्तादेखि चल्दै आएको संस्कार अनुसार डंगौराले अघिल्लो दिन दिदीबहिनीको दीघार्यू तथा सु–स्वास्थ्यको कामना गर्दै निराहार व्रत बसेका थिए । त्यसको भोलिपल्ट भदौ २८ गते खानेकुराको कोशेली स्वरूप अग्रासन दिन पुगेका छन् ।
बेनौलीका अर्का स्थानीय फागुराम डंगौरा (४७) पनि आफ्नी बहिनीलाई अग्रासन दिन गए । दिदीबहिनीहरू अग्रसनको आशामा बसेका हुने बताउने फागुरामले पुस्तौंदेखि चल्दै आएको रीतिअनुसार अग्रासन दिन जान लागेको बताए ।
पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा बसोबास गर्ने थारु समुदायले भदौ २७ गते आइतवार र २८ गते सोमवार अट्वारी पर्व मनाएका छन् । पर्वअन्तर्गत दाजुभाइले आफ्ना दिदीबहिनीलाई कोशेली दिन जाने प्रचलन थारु समुदायमा रहिआएको छ ।
विवाहित चेलीबेटीहरू माइती घरको अग्रासनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरू माइती घरबाट दाजुभाइले दिन जाने अग्रासनले नै आफ्नो भोक मेट्ने गर्छन् । विभिन्न परिकारको पोकोसहित अग्रासन दिन जाने दाजुभाइलाई विवाहित चेलीहरूले मानसम्मान गर्ने चलन थारु समुदायमा रहेको बताउँछिन् कञ्चनपुरकी लक्ष्मी चौधरी ।
थारु समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरिएको बताउँदै उनले पुरुषहरू महिलाको दीघायूको कामना गर्दै व्रत बस्ने गरेको सुनाइन् ।
अग्रासनको पोकोमा अण्डिक चामलको रोटी, खरिया, फुलौरी, खुर्मा, भात, माछाको पक्ली (सिद्रा) परिकारसहित विभिन्न तरकारी र फलफूल रहेको हुन्छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्व बोकेको अट्वारी पर्व धुमधामसँग मनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारले आइतवार तराईका जिल्लामा सार्वजनिक बिदा समेत दिएको थियो ।
अट्वारी पर्व थारु समुदायको मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र ५ पाण्डवमध्येका माइला भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेवा’को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ ।
ऐतिहासिक पक्ष
कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेको किंवदन्ती रहेको छ । सो किंवदन्ती अनुसार तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मचाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कुकर्मलाई तीव्रता दिएको थियो । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रहिआएको छ ।
अर्को किंवदन्ती अनुसार एक समयमा द्रोपतिसहित ५ पाण्डवहरू सुर्खेतको काक्रेबिहार घुम्न पुगेका थिए । थारू राजा दंगीशरण र ५ पाण्डवबीच निकै घनिष्टता बढेको थियो । एक समय भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । बलवान र पराक्रमी भीमले तावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरका मानिसहरूले तावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोगपश्चात फर्केपछि मात्रै तावाको रोटी झिकेको भनाइ छ । उक्त सहयोग गरेको दिन आइतवार परेकाले पनि अट्वारी पर्व आइतवार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरू बताउँछन् ।
मनाउने विधि र अग्रासनको महत्त्व
सामान्यतया अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो आइतवार पर्दछ । आइतवारभन्दा अघिल्लो राति (शनिवार) दर खाने र आइतवार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै भोग गरिन्छ तर सूर्यास्तपछि खानपान पूरै बन्द गर्नुपर्ने हुन्छ । त्यसपछि सोमवार बिहानै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ । बनाइएका विभिन्न परिकारलाई २ भागमा छुट्टाछुट्टै छुट्याइन्छ । छुट्याएको भाग चेलीबेटीलाई अग्रासन (कोशेली) स्वरूप दिनका लागि राखिन्छ भने १ भाग व्रतालुले भोग गर्नुपर्छ, जसलाई फरहार भन्ने गरिन्छ ।
विधिपूर्वक सोमवार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहणपश्चात अग्रासन दिन जाने प्रचलन रहेको छ ।
पर्वमा अन्डी धानको चामलबाट रोटी, खुर्मा, फुलौरी, बरियालगायत परिकार अनिवार्य बनाइने र सगुनकै रूपमा प्रयोग गर्ने प्रचलन थारु समुदायमा रहिआएको छ ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...