बैशाख २२, २०८१
प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...
हाम्रो मौलिक अचार खल्पी परम्परागत रूपमा कसरी बनाइन्छ भन्ने शहरवासीलाई धेरै उत्सुकता हुने रहेछ । सधैं व्यस्त रहने शहरबासीका लागि यस्ता मौलिक परिकारले लोभ्याउँछ तर बनाउने समय मिल्दैन ।
एक दिन छुट्टीमा के मात्र गर्ने भनेर अधिकांश परिकार बाहिरै बनेको चाख्ने बानी परिसकेको छ तर व्यावसायिक रूपमा बनेको कुनै पनि परिकारमा गाउँघरको जस्तो स्वाद हुँदैन । जति कम सामग्री प्रयोग गरेर परिकार बनायो, त्यति नै स्वादिष्ट हुने परिकारविद्हरूको सूत्र छ ।
किनकि हरेक खानाको आफ्नै स्वाद, पहिचान र महत्त्व हुन्छ । त्यसमा नानाथरि मिसाएर त्यसको वास्तविक स्वाद नै गौण भएर जान्छ । तसर्थ हामीले कुनै पनि परिकार बनाउँदा सकेसम्म कम सामग्री प्रयोग गरेको उत्तम हुन्छ । खल्पी अचार बनाउन पनि हामीलाई खासै सामग्री चाहिन्नन् ।
पाकेको काक्रोबाट एक अमिलो स्वादिलो चाना अचार बन्छ । जुन सिसिमा राखेर घाममा सुकाइ गलाइन्छ । तसर्थ खल्पी अचार फुर्सदमा बनाएर व्यस्त समयमा खाने परिकार पनि हो । यसलाई अचार या स्न्याक्सको रूपमा लिन सकिन्छ ।
सामग्री : पाकेको छिप्पिएको पहेलो पहाडी काक्रो १ पिस, तोरिको तेल १ कप, नून स्वाद अनुसार, बेसार ३ चिया चम्चा, खुर्सानीको च्याख्ला धुलो ३ चिया चम्चा, १ दिन घाममा सुकाएको हरियो खुर्सानी चिरेको ७ पिस, जिराको गेडा ३ चिया चम्चा, धनियाँको गेडा ३ चिया चम्चा, तोरीको गेडा ४ चिया चम्चा, मसिनो गरी काटेको अदुवा–लसुन ४ चिया चम्चा ।
विधि : पाकेको काक्रोलाई केही दिन घाममा सुकाउने र चिरेर गुदी निकालेर चाना काट्ने र बिचमा चक्कुले चिर्ने । सबै काटिसकेपछि फेरि १ दिन घाममा नाङ्लोमा राखेर सुकाउने र बाटामा हाल्ने ।
उता तोरी, जिरा, धनियाँ हल्का तताएर ग्र्यान्डर्स गर्ने र काटेको काक्रोमा हाल्ने । स्वाद अनुसार नून र खुर्सानीको धुलो हालेर एकपटक हातमा ग्लोभ्स लगाएर मोल्ने । एउटा ताप्केमा तोरीको तेल हालेर तताउने र चिरेको हरियो खुर्सानी फुराएर बेसार हाली झान्ने र फेरि मोल्ने । सफा र सुक्खा ‘एयर टाइट’ डब्बामा हालेर बिर्को बन्द गरी घाममा राख्दिने । केही समयपछि यो खानका लागि तयार हुन्छ र निकाल्दा जहिले पनि सुक्खा चम्चा या काठको चम्चाले निकाल्ने गर्नुपर्छ ।
प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
नेकपा (एकीकृत समाजवादी)ले यतिबेला आफ्नो अस्तित्वको लडाईँ लडिरहेको छ । मैले अस्तित्व भनेर पार्टीमाथि धावा बोलेको हो कि भन्ने पाठकलाई लाग्न सक्छ, तर नेकपा एस यतिबेला अस्तित्वको लडाईँमै छ । पार्टी स्थापना भएको करि...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...