माघ १, २०८०
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
शुक्रवार दिल्लीमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सञ्चारकर्मीहरूलाई सरकारी नीति, निर्णयसम्बन्धी जानकारी (ब्रिफिङ्ग) दिने क्रममा भनेछन् :--भारतले नेपालको मामीलामा हस्तक्षेप गरेको छैन, खालि संविधान समावेशी होस् भन्ने चाहना मात्र राख्दैआएको हो । भारतीय दूतावास सबै राजनीतिक पक्षसित सम्पर्कमा छ तर त्यसले कुनै राजनीतिक खेमाको पक्षमा यसो गर्नोस् उसो गर्नोस् भनेको वा दबाब दिने गरेको छैन । यस विषयमा भारतको दृष्टिकोणमा परिवर्तन भएको छैन ।
भारतका सञ्चारमाध्यमहरूमा प्रमुखताका साथ प्रकाशित प्रवक्ताको उपर्युक्त कथनमा हाल चालू स्थानीय निर्वाचनको उल्लेख छैन । २०७२ असोज ३ गते त तत्कालीन प्रवक्ताले नयाँ संविधान जारी भएको जानकारीसम्म पाएको चर्चा भने पनि गरेका थिए ।
मधेसको नामबाट नेपाल तराईमा राजनीतिक प्रभुत्व जमाउन सक्ने ठानी एउटा समूहलाई दिल्लीले उक्साउँदा नयाँ संविधानको घोषणा संगसंगै औषधि समेतका मालवस्तुहरूको आपूर्ति रोकियो; भारतले नेपालमाथि आर्थिक नाकाबन्दी ग-यो । त्यस घटनाले नेपालमा भारत-विरोधी जनमत बाक्लो हुँदै गयो जुन युवापुस्ताका नेपालीको स्मृतिपटलबाट हत्पति मेटिने छाँट छैन । देश-देशबीचको सम्बन्ध नै बिग्रेर गयो । भारतको संसद्मै पनि नेपालसितको सम्बन्ध किन चिसो हुन गयो त्यसबारे बहस चल्यो । त्यस पृष्ठभूमिमा भारत र नेपाल दुबैतिरका कतिपय ‘जानकार’ विश्लेषकहरूले दिल्लीले गलत बाटो समातिएछ भनी महसूस गरेकोले आगामी दिनहरूमा सही बाटोमा आउने (कोर्स करेक्सन हुने) निष्कर्ष निकालेका थिए । तर यो ठम्याइ यथार्थ रहेनछ किनभने भारतीय प्रवक्ताले भर्खरै उनको सरकारको दृष्टिकोणमा कुनै परिवर्तन भएको छैन भनिदिएका छन् ।
लोकतान्त्रिक देशको सरकारले लोकतन्त्रको पक्षमा विचार प्रकट गर्नु स्वाभाविक हो । परन्तु भारतको चासो त्यत्तिमा सीमित देखिँदैन । नेपालको राजनीतिक परिपाटी समावेशी हुनुपर्छ भन्ने क्रममा खास भौगोलिक क्षेत्रका खास मानिसको जमातलाई उचाल्ने उक्साउने कार्य हुँदै आएको छ जसलाई यहाँको घरेलु मामीलामा हस्तक्षेप नभने के भन्ने ? विदेश मन्त्रालयका प्रवक्ता स्वयं भन्दैछन्—भारतीय दूतावास सबै राजनीतिक पक्षहरूसित सम्पर्कमा छ । के यसरी सम्पर्क गर्दै हिंड्नु स्वीकृत अन्तर्राष्ट्रिय कूटनीतिक मान्यता अनुरूपको व्यवहार हो ? दूतावासले आतिथेय देशको सरकारसित (र त्यस मार्फत) मात्र आफ्ना काम र गतिविधि सञ्चालन गर्ने हो कि होइन ? के अमेरिका, बेलायत, जर्मनी र जापानजस्ता मुलुकमा रहेका भारतीय दूतावासले यहाँ नेपालमा गरेझैं गर्न पाउँछन् ? पाएका छन् ?
२०६३ सालको हेरफेरपछि भारतको एक संसदीय प्रतिनिधिमण्डल नेपाल आएको थियो । त्यसमा सामेल एक सदस्यले दिल्ली फर्केपछि पीटीआई समाचार संस्थालाई भनेका थिए:--नेपालको आन्तरिक मामीलामा हस्तक्षेप नगरिदिँदा नै भारतबाट नेपाललाई ठूलो सहयोग उपलब्ध गराएको ठहरिने छ । दिल्लीका शासकहरूले राजनीतिक तहको त्यो मूल्याङ्कनको सम्मान गर्न सक्नुपर्छ ।
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...