कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
कैलालीको धनगढी उपमहानगरपालिका–१९ का रमेश चौधरी ३ विघा जमिनमा पाकेको धान बाली भित्र्याउने तयारीमा थिए । २ दिनभित्रै भित्र्याउने उनको तयारी थियो ।
तर आइतवार दिउँसोदेखि अविरल परिरहेको वर्षासँगै आएको बाढीले उनको धान बाली बगाएको छ । यससँगै वर्षभरिलाई पुग्ने गरी फलाएको धान भित्र्याउने उनको सपना चक्नाचुर भएको छ ।
खोलामा बग्न थालेको धान बटुल्न खेतमा पुगेका रमेशले भने, ‘अहिलेसम्म १० कट्ठाको धान मात्रै भित्र्याउन पाएका थियौं । ३ विघाको धान बग्यो । वर्षभरिलाई पुग्ने अन्न अब केही रहेन ।’
जिल्लाको कैलारी गाउँपालिका–६ बेनौलीका लौटकुमार चौधरी आइतवारदेखि शुरू भएको झरी सोमवारसम्म पनि नरोकिएपछि राति नै धान खेत पुगे । वर्षभरिलाई पुग्ने धान आँखै अगाडि बगेको देखेपछि मन भतभती पोलेको बताउँछन् उनी ।
उनी भन्छन्, ‘सोमवारसम्मको बेमौसमी झरीले केही जोगिएला भन्ने झिनो आशा थियो तर मंगलवारसम्मको झरीले त सखापै भयो । काटिएको खेतको धान सबै खोलामा बगे । के खाने र खुवाउने होला ? सर्वस्व गुमे जस्तो भयो ।’
यो पीडा समग्र तराईका किसानको हो । अविरल वर्षाका कारण धानखेत जलमग्न बनेका छन् । बस्ती नै डुबानमा परेका छन् ।
अविरल वर्षाका कारण सुदूरपश्चिममा निकै नै ठूलो क्षति पुगेको छ । सुदूरपश्चिम कृषि निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिम प्रदेशमा १ लाख ८१ हजार हेक्टर जमिनमा धान खेती हुन्छ ।
कैलाली र कञ्चनपुर जिल्लामा मात्रै ६५ प्रतिशत धान खेती हुँदै आएको छ । कैलालीमा ७० हजार हेक्टर र कञ्चनपुर जिल्लामा ४८ हेक्टर धान खेती हुँदै आएको निर्देशनालयले जनाएको छ । कैलाली र कञ्चनपुर जिल्लामा मात्रै वार्षिक ४० लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।
अविरल वर्षाअघि ६० प्रतिशत धान मात्रै भित्र्याउन पाएको बताउँछन् कृषि निर्देशक यज्ञराज जोशी । उनले भने, ‘म हिजोदेखि नै फिल्डमा छु । यो वर्षाले भूकम्प आए जस्तो भएको छ । अहिलेसम्म २० प्रतिशत उत्पादनमा ह्रास आउने हाम्रो अनुमान हो । यो अझै बढ्न सक्छ । काटेको धान त बगिसक्यो । मुठा पारेको पनि बिग्रिन्छ । सैका (कुन्यु) लगाएको धानको पनि गुणस्तर बिग्रिन्छ । वर्षात जारी छ । यसले निकै दूरगामी असर पार्छ ।’
निर्देशक जोशीले पहाडी जिल्लाको तरकारी, आलु, मासलगायत बालीमा नोक्सानी भएको छ तर अझै यकिन विवरण आउन बाँकी रहेको बताए ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...