×

NMB BANK
NIC ASIA

कैलाली–कञ्चनपुर केराखेतीको ‘हब’ : राजनीतिकर्मीदेखि साना किसानसम्म केराको भर !

कात्तिक २९, २०७८

NTC
Premier Steels

पछिल्लो समय सुदूरपश्चिम केरा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।

Muktinath Bank

व्यावसायिक केरा खेतीप्रति किसानको बढ्दो आकर्षणसँगै सुदूरपश्चिम केराखेतीको हबको रूपमा परिणत हुँदै गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैंतिहार अघिदेखि नै केरा खेती गर्ने किसान व्यस्त बनेका छन् । नगदे बालीको रूपमा मानिने केराको बाली संकलन कार्य धमाधम चलिरहेको छ ।


Advertisment
Nabil box
Kumari

कैलालीको गोदावरी नगरपालिकामा २२ विघामा केराखेती गर्दै आएका लक्षीराम आचार्यले उत्पादित आधा केरा बजार पुर्‍याइसकेको बताए । केरा सिजन चलिरहेको बताउँदै उनले पछिल्लो समय सुदूरपश्चिम केराखेतीको हबको रूपमा विस्तार भएको बताए ।

Vianet communication

उनी केरा खेतीको सबै खर्च कटाएर वार्षिक २० लाख रुपैयाँसम्म बचत गर्छन् । ८ वर्षअघि केराखेती शुरू गरेका उनको लगानी अहिले झण्डै १ करोड रुपैयाँ पुगिसकेको छ । आचार्य राष्ट्रिय जनमोर्चाका नेता हुन् ।

पहिलो वर्षमै लगानी उठ्यो

कैलालीको केलारी गाउँपालिका–६ मा व्यावसायिक पशुपालन तथा केरा खेती गर्दै आएका रामसमझ रानालाई पनि केरा सिजनको चटारो छ ।

३ विघा जमिनमा केरा खेती गर्दै आएका उनले ११ लाख रुपैयाँ लगानी गरेका छन् । पहिलो वर्षमै लगानी उठेको बताउँदै उनले केरामा राम्रो प्रतिफल पाउने आशा गरेको बताए ।

उनले भने, ‘४२ सय बोट लगाएको थिएँ । पहिलो वर्षमा लगानी उठेको छ । एक पटक रोपेपछि ३–५ बाली लिन सकिने हुँदा केही प्रतिफल आउने आशा छ ।’ धनगढी उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार राना नेपाली कांग्रेसका नेता हुन् ।

आचार्य र रानालाई मात्रै होइन, केरा खेतीमा सक्रिय करीब ३ हजार बढी किसानलाई बाली संकलन गर्न हम्मेहम्मे परेको छ ।

लामो समयदेखि केरा खेतीमा सक्रिय नेकपा माओवादीका नेता नेपबहादुर चौधरी ‘सिंहराज’ निकै नै व्यस्त बनेका छन् ।

कैलालीको जोशीपुर गाउँपालिका–२ झवहीमा १२ विघा जमिनमा केरा खेती गर्दै आएका नेपबहादुर चौधरी केराको सिजनले व्यस्त भएका छन् ।

पछिल्लो समय राजनीति, शिक्षण, व्यापारलगायत विभिन्न पेशामा सक्रिय व्यक्तिहरूको सुरक्षित आयआर्जनको पाटो केराखेती बन्दै गएको छ ।

चालू वर्ष केराको उत्पादन अति नै राम्रो भएको बताउँदै चौधरीले बजारमा भने बाह्य (भारतीय) उत्पादनले प्रभाव पारिरहेको बताए ।

२०६८ सालदेखि व्यावसायिक केरा खेती थालेका उनले स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा लिजमा लिई खेती गर्दै आएका छन् । उनी वार्षिक करीब १ करोड रुपैयाँसम्मको कारोबार गर्दै आएका छन् ।

‘टीकापुर केरा’ ब्राण्ड काठमाडौंसम्म

केही वर्ष अघिसम्म नेपाली बजार पूर्ण रूपमा भारतीय केराको कब्जामा रहेको थियो तर पछिल्लो समय स्थानीय उत्पादनले भारतीय केरालाई प्रतिस्थापन गर्दै लगेको छ । यहाँ उत्पादित केराले सुदूरपश्चिमका सबै जिल्लाका साथै नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, काठमाडौंसम्म बजार पाउँदै आएको नेपबहादुर चौधरी बताउँछन् । खासगरी टीकापुर क्षेत्रको केराको अलग्गै ब्राण्ड रहेको उनले बताए ।

‘जस्तो कि मुग्लिनतिर सुन्तला बेच्दा गोरखाको सुन्तला भनेर बेचिन्छ । अत्तरियामा निगालीको सुन्तला भनेर बेचिन्छ । त्यसैगरी अब काठमाडौंमा पनि टीकापुरको केरा भनेर बेच्ने परिपाटी शुरू भइसकेको छ,’ उनले भने, ‘ढुवानीका कारण परिमाणको हिसाबले काठमाडौंको बजारमा धेरै बजार लिन नसके पनि अन्य स्थानबाट ल्याएको केरालाई टीकापुरको केरा भनेर बेच्न काम शुरू भएको छ ।’

कैलाली–कञ्चनपुरका केरा उत्पादक किसानले आम्दानी मात्रै गरेका छैनन्, नाम समेत कमाउन सफल छन् । हालसम्म टीकापुरका ३ जना किसान केरा खेतीमा उत्कृष्ट किसानको रूपमा राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् । केरा किसान तथा उद्यमी कालु हमाल, विनोद शाह र नेपाल एग्रीकल्चर फर्मका रामबहादुर कुँवर सम्मानित भएका छन् । फस्टाएको केरा खेतीसँगै रोजगारी समेत सिर्जना भएको छ । 

सुदूरपश्चिममा केराको अवस्था

सुदूरपश्चिम कृषि विकास निर्देशनालय दिपायलको आव २०७७/२०७८ असार मसान्तसम्मको तथ्यांकअनुसार सुदूरपश्चिममा २ हजार १३६ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । जसमध्ये १ हजार ५६४ हेक्टरमा वार्षिक २३ हजार ९१७ मेट्रिक टन केरा उत्पादन भएको छ भने उत्पादकत्व १५ दशमलव २९ मेट्रिक टन प्रतिहेक्टर रहेको छ ।

सुदूरपश्चिमको सबैभन्दा बढी कैलालीमा ९१० हेक्टरमा खेती हुँदै आएको छ । जहाँ १५ हजार ११५ मेट्रिक टन केरा उत्पादन हुन्छ । ५०० हेक्टरमा खेती हुँदै आएको कञ्चनपुरमा ५ हजार ८६३ मेट्रिक टन केरा उत्पादन हुँदै आएको जनाइएको छ भने सबैभन्दा कम बैतडीमा १५ हेक्टर क्षेत्रफलमा मात्रै केरा हुँदै आएको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम कृषि विकास निर्देशक यज्ञराज जोशीले सुदूरपश्चिममा केरा खेतीको विकास र विस्तार उल्लेख्य भएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ७, २०८१

​चालू आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्व...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

बैशाख २१, २०८१

काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् ।  महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो ।...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

बैशाख १९, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत बुधबार शुभकामना व्यक्त गर्दै उनले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पू...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x