×

NMB BANK
NIC ASIA

अपराध

बडुवाल हत्याकाण्डको भित्री पाटो– सेनाका मेजर शाही 'काण्ड’ मिलापत्रमा टुंग्याउँदाको परिणाम !

मंसिर ३, २०७८

NTC
तस्वीरमा मृतक बडुवाल र सेनाका मेजरको तोडफोड भएको गाडी
Premier Steels

कैलालीमा २२ वर्षीय युवक भूपेन्द्र बडुवाल हत्या प्रकरण अझै रहस्यकै गर्भमा छ । 

Muktinath Bank

लम्कीचुहा नगरपालिका–१ का बडुवालको कात्तिक २३ गते राति टीकापुर नगरपालिका १ स्थित सिद्धार्थ होटलनजिकै हत्या भएको थियो । प्रहरीले अहिलेसम्म हत्याको चुरो पत्ता लगाउन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धारिलो हतियार प्रहारबाट हत्या भएको घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरिरहेको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमाण्डमा २ जनाको टोली अहिले कैलालीमा पुगेर अनुसन्धान गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

‘केही अभियुक्तहरू पक्राउ परेका छन् । केही अझै फरार भएका छन् । हामीले अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘के कारणले भएको भन्ने कुराको चुरो खोज्दै छौं ।’

Vianet communication

‘घटनाको सुक्ष्म अनुसन्धान र केही प्राविधिक पक्षको समेत विश्लेषण गर्नुपर्ने भएकोले सीआईबीको टोलीले अनुसन्धान जारी राखेको छ,’ कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लोकान्तरसँग भने, ‘ठूलो र जटिल घटना हो, अनुसन्धान पूरा भएपछि मात्रै सार्वजनिक गर्छौं ।’

अपराधको फल अपराध

प्रहरीले बडुवाल हत्या प्रकरणसँग कुनै अन्य आपराधिक घटनाको सम्बन्ध नरहेको जिकिर गरे पनि यो घटना अर्को आपराधिक घटनाले निम्त्याएको दुष्परिणामको रूपमा लिन थालिएको छ । 

खासमा नेपाली सेनाका सेनानी (मेजर) अशोकजंग शाहीसँगको लफडा, तोडफोड तथा कुटपिट प्रकरणलाई ढाकछोप गर्दाको दुष्परिणाम भएको प्रहरीको भनाइ छ ।

‘झट्ट हेर्दा मेजर शाही लफडा प्रकरण र हत्या प्रकरणको साइनो देखिँदैन । तर गम्भीर रूपमा यी दुई घटनालाई केलाउने हो भने हाल हत्या प्रकरणमा पक्राउ परेका आरोपित, ती आरोपितहरूको मेजर शाही घटनामा प्रत्यक्ष संलग्नता र त्यो सार्वजनिक अपराधको घटनालाई ढाकछोप तथा मिलापत्रमै टुंग्याएपछि आपराधिक समूहको मनोबल बढेको स्पष्ट देखिन्छ,’ मृतक बडुवालका आफन्त महेश बडुवालले लोकान्तरसँगको कुराकानीमा भने, ‘यदि मेजर शाहीको घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिएको भए यो हत्या प्रकरण टर्न सक्थ्यो । यसमा प्रहरी चुकेको देखिन्छ ।’

के थियो मेजर शाही प्रकरण ?

बडुवाल हत्या घटनाभन्दा ठीक दुई दिनअगाडि कात्तिक २१ गते राति करीब १० बजे मेजर शाही मदिराले मात्तिएर लम्की चुहानगरपालिका– ३ चिसापानीस्थित संगम होटलमा पछाडिबाट पसेका थिए ।

जान खोजेको भन्दा अर्कै होटलमा त्यही पनि बन्द भइसकेको अवस्थामा उनी प्रवेश गरेका थिए ।

लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) रहेका उनले त्यहाँ आफ्नो पदीय रवाफमा स्थानीय तथा होटल सञ्चालकमाथि मुख छाडेपछि उनी चढेको गाडी र इलाका प्रहरी कार्यालयमा तोडफोड भयो । 

आक्रोशित मानिसहरू १६ टाँका लगाउनुपर्ने गरी शाहीको टाउकोमा ढुंगा बसाए ।

मेजर शाहीको आचरण विपरीतको हर्कत र बदलामा शाहीमाथि ज्यानै जाने गरी कुटपिट, प्रहरी कार्यालयमा तोडफोडसहितको घटनामा प्रहरी चुपचाप बस्यो ।

न पदीय रवाफ प्रदर्शन गर्ने शाहीमाथि कुनै मुद्दा चलाइयो, न त प्रहरी कार्यालय र गाडी तोडफोड गर्नेमाथि मुद्दा चलाइयो । 

फिल्मी शैलीमा राजनीतिक दल, जनप्रतिनिधि, त्यहाँका भद्रभलादमी र प्रहरी सबै मिलापत्र गराउन र दोषीलाई जोगाउनमै केन्द्रित भए ।

आफ्नो कार्यालय नै तोडफोड हुँदा पनि प्रहरीले त्यो घटना मिलापत्रमा टुंग्याउन भूमिका खेल्यो ।

इलाका प्रहरी कार्यालय लम्कीमा कार्तिक २२ गते भएको छलफलपछि मेजर शाहीले आफू अर्कै होटल (होटल लुक्स) पस्न खोजेको तर अर्कै होटल पसेको भन्दै घटनाप्रति क्षमा मागे । 

तोडफोड भएको गाडी मेजर शाहीले आफैं बनाउने र इलाका प्रहरी कार्यालय भवनमाथि भएको तोडफोडको जिम्मा तोडफोड गर्ने समूहले लिने सहमति बन्यो । आपसमै मर्मत गर्ने सहमतिपछि घटना नै टुंग्याइयो । कसैले कसैमाथि मुद्दा नचाउने सहमति गरे । त्यसताका कसैविरुद्ध उजुरी नपरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले घटनालाई नै नजरअन्दाज गर्‍यो ।

तर जब बडुवाल हत्या प्रकरणले प्रहरीको अनुसन्धानलाई झन्–झन् जटिल र गिजोल्न थालेपछि प्रहरी अधिकारीहरू पुर्पुरोमा हात लगाउनुपर्ने अवस्थामा छन् ।

यहाँसम्म कि मेजर शाही कुटपिट तथा प्रहरी कार्यालय तोडफोड घटनामा प्रत्यक्ष संलग्न रहेका त्यही संगम होटलका सञ्चालक नवीन रावल र आफन्त धीरज शाहीलगायत मुछिएपछि प्रहरी नै छक्क परेको छ । रावल हालसम्म फरार छन् ।

यहाँसम्म कि लम्की र टीकापुर क्षेत्रमा बडुवाल हत्या हुनुभन्दा पहिले नै मेजर शाही घटनामा मुछिएका रावल र अर्को गरी दुई समूहबीच ग्याङ फाइट हुने सूचना प्रहरीलाई थियो । तर ती सबै सूचना र घटनाक्रमलाई प्रहरीले नजरअन्दाज गर्दा यो अवस्था आएको छ ।

प्रहरीको भूमिकामाथि आशंका

फरार आरोपितमध्ये दुईजना प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकका आफन्त छन् ।

विगतदेखि नै राजनीतिक दलले संरक्षण गर्दै आएका व्यक्ति पनि फरार छन् । सोही कारण प्रहरीको भूमिकामाथि पनि शंका लागेको मृतक भूपेन्द्रका आफन्त भगत बडुवाल बताउँछन् ।

‘प्रहरीले अनुसन्धान गरेर अपराधीलाई समात्न सकेन,’ उनले भने, ‘मुख्य योजनाकार अझै फरार छन् । प्रहरीको भूमिकामाथि नै शंका लाग्न थालेको छ ।’

घटनामा संलग्न रहेकाको पहिचान हुँदा पनि उनीहरूलाई पक्राउ गर्न कैलाली प्रहरी असफल भएको पीडित पक्षको गुनासो छ । फरार आरोपित कैलाली आसपासकै जिल्लामा रहेको बताउँदै आएको प्रहरीले पक्राउ गर्न भने सकेको छैन । 

पीडित परिवारका अनुसार घटना भएको समयमा प्रहरीले सक्रियता देखिए पनि पछिल्लो समय भने सुस्ताएको गुनासो छ ।

१६ जनाविरुद्ध उजुरी

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो घटनामा १६ जना विरुद्ध जाहेरी परेको छ । हालसम्म ९ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।

शुरूमा आठजना पक्राउ परेकामा कात्तिक २८ गते प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले कात्तिक २८ गते लम्कीचुहा–५ का विकास खड्कालाई पक्राउ गरेको हो ।

घटनाको भोलिपल्ट अर्थात् कात्तिक २४ गते प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धीरज शाही, लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह रहेका छन् । बाँकी फरार छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x