×

NMB BANK
NIC ASIA

कोरोना महामारीका कारण ठप्प ब्याङ्केट बिजनेश अहिले आएर चम्किएको छ । सबैजसो पार्टी प्यालेस, इभेन्ट हल, भेन्यूहरू अहिले भरिभराउ छन् । २ वर्षदेखि रोकिएका विवाह भइरहेका छन् । 

Muktinath Bank

लकडाउनका कारण स्टाफहरू निकालिएका हुनाले जहाँत्यहीँ जनशक्तिको अभाव छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैलाई आएको व्यापार धान्न धौंधौंको स्थिति छ मंसिरमा । व्यापारिक प्रतिस्पर्धाका कारण नयाँनयाँ भेन्यूहरू पनि त्यत्तिकै खोलिएका छन् । करोडौंको लगानीमा खोलिएका भेन्यूहरूले नयाँ बोत्तलमा पुरानो रक्सी भनेझै खानाको परिकारमा भने खासै परिमार्जन गर्न सकेका छैनन् । 


Advertisment
Nabil box
Kumari

करोड अर्बसम्म लगानी गरेर व्यापक सजावट गरिएका राजधानीका भेन्यूहरूले विशेषज्ञ जनशक्ति अभावका कारण आफ्नो लगानीको स्तरअनुसार परिकार पस्कन नसकेको गुनासो सबैमा छ । स्तरीय जनशक्ति अभावमा राजधानीका चलेका ठूलाठूला भेन्यूलाई पछिल्लो समय निल्नु न ओकल्नुको अवस्था सिर्जना भएको छ । 

Vianet communication

यहाँ हामीले चर्चा गर्न खोजेको विषय भने यही पार्टी सिजनमा कस्ता–कस्ता खानाका परिकार तयार हुन्छन् भन्ने विषय हो ।

के–के खाना चल्छन् नेपालीको विवाह पार्टीमा ?

९० प्रतिशत नेपालीको विवाह पार्टीमा स्न्याक्सको रूपमा चिकन चिल्ली या चिकन टिक्का, फिस फ्राइ या फिस बल, भेज पकोरा या भेज तेम्पुरा, क्रन्चीकर्न या पिनट, मसरुम छोइला या चिल्ली, प्राउन फ्राइ, बेबिफिस फ्राइ, फिस गोल्डन फ्राइ, फिस फिंगर, पोट्याटो चिज बल, मुस्ताङ आलु जस्ता कमन बाइट्सहरू राखिएका हुन्छन् ।

लन्च या डिनरको रूपमा ९५ प्रतिशतले एकैखालका परिकारहरू पस्केको देखिन्छ । जिरा पुलाउ या कास्मिरी पुलाउ, नान रोटी, नूडल, मटन करी, रायो साग, मिक्स भेज, मटर पनिर, दाल तड्का या दाल मखनी, तन्दुरी चिकन या रोस्ट चिकन, पापड फ्राइ, मिक्स अचार, ८–१० वटा हरियो सलादमा सीमित रहेको पाइन्छ । धेरै कमले मात्र सुप दिने चलन गरेका छन् ।

डेजर्टको रूपमा गाजरको हलुवा, दही जेरी, गुलाब जामन या कट फ्रुट्स राखेका हुन्छन् । आइसक्रिम मिक्स पेस्ट्री भने कमै पार्टी प्यालेसको मेनुमा भेटिन्छ ।

भीआईपी पार्टीमा कस्तो परिकार चल्छ ?

भीआईपीहरूको पार्टीको मेनुमा अलि फरक मेनु राख्ने गरिएको हुन्छ । स्न्याक्सको रूपमा लाइभ मोमो, मटन बार्बिक्यु, बदेल बार्बिक्यु, मटन भुटुवा, सामी कबाब, बोटी कबाब, सिख कबाब, तन्दुरी टिक्का, तावा फिस, फिस क्रुकेट, पनीर रोल, पनिर टिक्का, भेज टिक्की, राजमा कोयन, क्यानपि, ससेज बेकन र्‍याप, जस्ता राखिएको हुन्छ ।

डिनर या लन्च पार्टीको मेन कोर्समा पनि व्यापक भेराइटी डिस प्ले गरिएको हुन्छ । चाइनिज, इन्डियन, कन्टिनेन्टल, थाइ, मेक्सिकन, इटालियन, जापानिज प्रायः सबै कुजिनमा आ–आफ्नै सेक्सन सहितका परिकार पस्केको हुन्छ । सुपको रूपमा भेज/ननभेज गरी अनिवार्य २ वटा राखिएको हुन्छ । ३० या ४० वटा सलाद र ससहरू फिजाइएको हुन्छ ।

डेजर्टको रूपमा १० या १२ थरिको केक, हलुवा जेरी, रबरी, बुनिया, गुलाब जामुन, रसमलाई, फ्रुट प्लाटर, आइस क्रिम लगायत गरेर २५–३० भेराइटीका मिठाइ सजाइएको हुन्छ । यस्ता व्यापक भेराइटी पस्कने पाँचतारे या चारतारे होटलको मेनुमा मात्र देख्न पाइन्छ । जति नै स्तरीय व्याङ्केट खोले तापनि खानाको स्तर भने खासै उकास्न सकेको देखिँदैन ।

नयाँ–नयाँ खोलिएका भेन्युहरू भने पाँचतारे या चारतारे होटलको हलभन्दा पनि धेरै गुणामाथि लगानीमा खोलिएको छ र देख्न आकर्षक पनि छन् ।

पार्टी खानाको दररेट कति छ ?

पार्टी प्यालेसहरूमा सबैजसोको एउटै रेट छैन । खानामा एकरूपता देखिए तापनि प्रति प्लेटको रेट फरक–फरक देखिएको छ । ८००–२२०० रुपैयाँसम्म लिने पार्टी प्यालेसहरू छन् राजधानीमा । नयाँ–नयाँ ठूला लगानीका पार्टी प्यालेसहरूले अहिले पुराना र चलेका पार्टी प्यालेसहरू विस्थापित हुँदै गएका छन्, जुन नयाँ खोलिएको छ र फरक खालको छ भने त्यही झुम्मिने प्रवृत्ति यो क्षेत्रमा पनि छ । नयाँ भेन्युमा सधैंजसो घुइँचो नै हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

जेठ २, २०८१

नेकपा (एकीकृत समाजवादी)ले यतिबेला आफ्नो अस्तित्वको लडाईँ लडिरहेको छ । मैले अस्तित्व भनेर पार्टीमाथि धावा बोलेको हो कि भन्ने पाठकलाई लाग्न सक्छ, तर नेकपा एस यतिबेला अस्तित्वको लडाईँमै छ । पार्टी स्थापना भएको करि...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x