मंसिर १८, २०८०
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
पार्टीमा कति जनालाई कति खाना पकाउने भन्ने कुरामा धेरैको जिज्ञासा हुन्छ र यो पकवान पेशामा जान्नैपर्ने एक प्राविधिक ज्ञान पनि हो । पछिल्लो समय पकवान पेशामा पनि धेरै विज्ञहरूको बाहुल्यता आउन थालेयता अन्दाजभन्दा पनि डिजिटल हिसाब गरेर स्मार्ट तरिकाले खाना पकाउने चलन आएको छ ।
खाना अपुग पनि नहोस् र धेरै उब्रिने पनि नहोस् भन्ने सोचका साथ हिसाब गरेर मात्र पकाउने गरिन्छ । यसो गर्दा घाटा व्यहोर्न पनि नपर्ने र खाना नपुगेर हंगामा पनि नमच्चिने ।
पार्टी गर्ने आयोजकले दिएको जम्माजम्मी प्याक्सको हिसाबलाई मेन जरो बनाई परिकारको स्टिमेट गर्नुपर्ने हुन्छ । जसले गर्दा यदि प्याक्स बढेर खाना नपुग भए तापनि पार्टी प्यालेसको कुनै कमजोरी मानिन्न तर पाहुना आउने कुनै ठोस यकिन नहुने हुँदा २५ प्रतिशत अतिरिक्त नै खाना पकाउने गर्नुपर्छ ।
धेरैलाई जिज्ञासा हुने हुँदा कति जनालाई कति पकाउने भन्ने कुराको यहाँ सामान्य चर्चा गरिएको छ । यदि हामीले हजार जनाको पार्टीमा के कति सामान जुटाउनुपर्छ भन्ने विषयमा मेनुअनुसार चर्चा गर्नेछौं । सर्वप्रथम त हामीले पार्टी लन्च हो कि डिनर छुट्याउनुपर्छ । मिलमा स्न्याक्स छ कि डाइरेक्ट मिल प्लान छ, त्यो पनि पूर्ण रूपमा यकिन हुनु जरुरी छ । अहिले सामान्य रूपमा पार्टी प्यालेसमा चल्ने मेनु लिएर हेरौं – जसमा स्न्याक्स सहितको १००० जनाको डिनर पार्टी छ । स्न्याक्समा चिकन टिक्का, फिस फिङ्गर, मुस्ताङ आलु, मिक्स भेज पकोरा, मदरुम छोइला डिनरमा कास्मिरी पुलाउ, नान रोटी, हाक्का नूडल, भेज जालफ्रेजी, मटर पनिर, मटन करी, चिकन तन्दुरीतावा, दाल मखनी, साग झानेको र डेजर्टमा गाँजरको हल्वा, कटफ्रुट्स, मिक्स पेस्ट्री सलादमा १०–१२ भेराइटी भेज आइटम र एउटा क्रिम अप मसरुम सुप ।
यो पार्टीमा चिकन टिक्काको लागि बोनलेस चिकन ५०–५५ किलोग्राम, फिस ४०–४५ किलोग्राम, मिक्स भेज ३०–३५ किलोग्राम, मसरुम २५–३० किलोग्राम र आलु ३५–४० किलोग्राम स्याक्सको लागि तयार गर्नुपर्ने हुन्छ ।
सलादको लागि काक्रो, मुला, गाँजर, चुकन्दर, आलु लगायत लगभग ८–१० किलोग्रामको हिसाबले छुट्याउनुपर्छ । सुपको लागि ७५० ग्राम बटर, ५ लिटर दूध, मैदा डेढ किलो, ताजा च्याउ २ किलोग्राम मिलाएर झण्डै ४०–५० लिटरको हाराहारीमा तयार गर्नुपर्ने हुन्छ । मेन डिसको पुलाउका लागि ५५–६० किलोग्राम चामल, ८०–९० किलोग्राम खसीको मासु, २५–३० किलोग्राम मैदा नानका लागि, ९०–१२० किलोग्राम कुखुराको मासु, तन्दुरी तावाको लागि ३५–४५ प्याकेट नूडल्स, ७ किलोग्राम मास ३ किलोग्राम राजमा दाल मखनीका लागि, ३०–४० किलोग्राम मिक्स भेज जालफ्रेजीका लागि, २५–३० किलोग्राम रायोको साग, हरियो केराउ ३० किलोग्राम र पनिर १५ किलोग्राम, २५–३० किलोग्राम मैदा नान रोटीका लागि, गाँजर २५ किलोग्राम, खुवा ५ किलोग्राम गाँजरको हलुवाका लगि ३६० अण्डा, १० किलोग्राम मैदा र १० चिनी १२ सय पिस पेस्ट्री बनाउन मेन मेटिरियल्स चाहिने हुन्छ ।
१००० जनाको पार्टीमा घटीमा पनि ३ वटा हट बुफेट, २ वटा सुप टुरिन, सलाद बार २ वटा र पेस्ट्री २ वटा काउन्टर हुनु जरुरी हुन्छ । स्न्याक्सका लागि ३ वटा काउन्टर हुनु जरुरी हुन्छ । नत्र पार्टी बिग्रने डर हुन्छ । उल्लेखित स्टिमेटमा विना स्न्याक्सको लन्च या डिनर पार्टीमा केही मात्रामा कम परिणामको मेटिरियल्स प्रयोग गर्नुपर्ने हुन्छ ।
यति पार्टीका लागि जनशक्ति कति जरुरत पर्छ ?
जनशक्ति अपुग हुँदा पनि पार्टी बिग्रने डर हुन्छ । तसर्थ हरेक सेक्सन या विभागमा बराबर जनशक्ति हुन जरुरी छ, त्यो पनि सीपपूर्ण खालको । आफ्नो काममा दक्ष भएका कामदार राखेमा मात्र काम प्रभावकारी हुन सक्छ । १००० पार्टीका लागि घटीमा पनि किचनमा अघिल्लो दिन तयारीका लागि ८–१० र पार्टीका दिन १०–१२ जना दक्ष कूक र हेल्पर हुन जरुरी छ ।
सर्भिसका लागि ५०–६० जना हुनु अनिवार्य छ । यदि स्न्याक्स बुफेट गर्ने हो भने केही संख्या घटाउन सकिन्छ । स्टुवाडिङमा १०–१२ र हाउस किपिङमा १०–१५ जनाको योजना गर्नुपर्ने हुन्छ ।
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...