×

NIC ASIA

हवाई यात्रा

अन्तर्राष्ट्रिय उडानको टुंगो नलागे पनि प्रदेशलाई जोड्दै लुम्बिनी विमानस्थल, तीन प्रदेशमा सीधा उडान

पुस १२, २०७८

Prabhu Bank
NTC
Premier Steels

रूपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारीसँगै निजी विमान कम्पनीहरूले लुम्बिनी प्रदेशसँग अन्य प्रदेशका शहरहरू जोड्दै गएका छन् । वायुसेवा कम्पनीहरूले गौतमबुद्ध विमानस्थलबाट प्रदेशस्तरीय उडानलाई प्राथमिकता दिँदै उडान थालेका छन् । 

Muktinath Bank

कम्पनीहरूले लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै पोखरा, विराटनगर र भरतपुरको उडान विस्तार गर्दै गएका छन् । उनीहरू ‘डोमेस्टिक’ उडानलाई आक्रामक रूपमा विस्तार गर्न जुटेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमान कम्पनीहरूले यस अगाडिसम्म काठमाडौंबाट भैरहवाको लागि मात्रै उडान गर्दै आएका थिए । निजी विमान कम्पनीहरूले आन्तरिक र बाह्य पर्यटकहरूलाई सुरक्षित महसुस गराएर हवाई सेवा दिन लागेको दाबी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

सौर्य एयरले भैरहवा–विराटनगर उडान शुरू गरी लुम्बिनीलाई पूर्वी नेपालसँग जोडेको छ । 

Vianet communication

सौर्य एयरका भैरहवा प्रमुख जितेन्द्र यादवले लुम्बिनी र प्रदेश नम्बर १ बीच सीधा हवाई सम्पर्कले दुई प्रदेशको पर्यटन, उद्योग र व्यापार विस्तारमा सघाउ पुग्नुका साथै भुटान, पूर्व–उत्तर भारत र बंगलादेशसम्म लुम्बिनीको सीधा पहुँच स्थापित भएको बताए । 

‘भैरहवा–विराटनगर राम्रो उडान भइरहेको छ । यहाँबाट जनकपुर, झापा, विराटनगर हुँदै भारततर्फ जाने यात्रुहरू छन्,’ उनले भने, ‘हामी अहिले सन्तोषजनक नै छौँ । शुरुआतमा यो राम्रो मान्नै पर्छ ।’ 

स्थलमार्ग (गाडीबाट) अहिले रुपन्देहीबाट विराटनगर पुग्न मात्रै १८ घण्टा समय लाग्ने गरेको छ । 

दुई वर्ष अगाडिदेखि सातामा तीन दिन भैरहवा–पोखरा उडान शुरू गरेको बुद्ध एयरले यात्रुको चाप अत्याधिक भएपछि अहिले दैनिक तीन उडान गरी आक्रामक बजार विस्तार गरिरहेको छ । 

त्यस्तै बुद्धले बागमती प्रदेशको चितवनको भरतपुरका लागि पनि भैरहवाबाट उडान थालेको छ । 

बुद्ध एयर भैरहवाका प्रमुख दशरथ घिमिरेले पोखरा र भरतपुर उडान उत्साहजनक रहेको बताए । ‘अबको केही समयपछि हाम्रो उडान भैरहवा–जोमसोम पनि हुन्छ । त्यसका लागि बुद्धले नयाँ तीन वटा विमान ल्याउँदैछ,’ उनले भने, ‘हाम्रो पहाडको लागि ट्वीनेटर विमान आउँदै छन् । प्रदेश–प्रदेशलाई हाम्रा विमान कम्पनीले जोड्दै छन् ।’ 

सौर्यले भैरहवा–विराटनगर उडान ५० सीट क्षमताको वमवाडियर सिआर जे २०० जेट एयरक्राफ्टबाट गरेको छ । दिउँसो २ बजेर ५ मिनेटमा भैरहवाबाट विराटनगरका लागि प्रस्थान गर्ने विमान ४० मिनेटमा विराटनगर पुग्छ । विराटनगरबाट ३ बजेर २० मिनेट जाँदा भैरहवाका लागि विमान उड्ने गर्छ । 

अब सीधा उडानले समयको बचत भएको छ । सीधा उडान नहुँदा विमान प्रयोग गर्नैपर्नेले भैरहवाबाट काठमाडौं जाने र त्यहाँबाट विराटनगर उडानको टिकट लिन्थे । यसो गर्दा पनि यात्रुका लागि ३ देखि ४ घण्टा समय लाग्थ्यो । भैरहवा–विराटनगर भाडादर ६ हजार छ । 

विराटनगर मुलुकको प्रमुख औद्योगिक शहरमध्ये एक हो । त्यस क्षेत्रका व्यवसायीले लुम्बिनी क्षेत्रमा औद्योगिक लगानी बढाइरहेका छन् । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि हुने उडानले ल्याउने पर्यटकीय गतिविधिलाई लक्षित गर्दै होटललगायत सेवा उद्योगमा यहाँ लगानी बढिरहेको छ । रूपन्देही होटलको हबको रुपमा विकास भएको छ । 

नेपालको पूर्वी क्षेत्रमा रहेका भेडेटार, धनकुटा, इलाम, पाथीभारालगायत विभिन्न पर्यटकीय क्षेत्रमा यहाँका बासिन्दा घुमफिर गर्न गइरहन्छन् । त्यसै गरी भारतको दार्जिलिङ र सिक्किम पनि यहाँका नागरिक घुमफिर गर्ने प्रमुख थलो हुन् ।

‘यी सबै विषयलाई ध्यान दिँदै भैरहवा–विराटनगर उडान विस्तार गरिएको हो, यो उडानले धेरै सम्भावनाको ढोका खोल्छ,’ सौर्यका भैरहवा शाखा प्रमुख यादवले भने ।

भैरहवा–पोखरा १८ सीट भएको बीच–१९ विमान उडान गरेको बुद्ध एयरले अहिले ७२ सीट क्षमतामा विमान उडाइरहेको छ ।

यस्तै पोखरा मुलुकको प्रमुख पर्यटकीय शहर हो । अर्को महत्त्वपूर्ण पर्यटकीय गन्तव्य मुस्ताङ, बागलुङ, पर्वत पनि पोखरा नजिकै पर्छ । 

पोखरा–जोमसोम नियमित उडान पनि विमान कम्पनीले गर्दै आएका छन् । बुद्धले भैरहवा–पोखरा उडान भारतीय बजारलाई लक्षित गरी शुरू गरेको हो । अबको केही समयपछि यस क्षेत्रका यात्रुले भैरहवा–जोमसोम सेवा दिने घिमिरे बताउँछन् । 

सीमावर्ती भारतीय शहरका धेरैको घुमफिरको प्रमुख रोजाइ पोखरा हो । हिन्दू समुदायको महत्त्वपूर्ण तीर्थस्थल मुक्तिनाथ पनि भारतीयको रोजाइको ठाउँ हो ।

कोरोना महामारीको जोखिमले नेपाल–भारत नाका नियमित नहुँदासमेत बुद्धले उडान संख्या विस्तार गर्‍यो । ‘आन्तरिक यात्रुको चापले उडान विस्तार गरेका हौं । अब नाका नियमित भएको छ,’ बुद्ध एयर भैरहवाका प्रमुख दशरथ घिमिरेले भने, ‘भारतीय यात्रुको चाप बढ्दैछ । हामीले खोजेजस्तो बजार पाएका छौं ।’

भैरहवा–पोखराको भाडा चार हजार ४५० रूपैयाँ छ । भैरहवाबाट १५ मिनेटमा पोखरा पुग्न सकिन्छ । 

भैरहवा–काठमाडौं दैनिक १० उडान गरिरहेको बुद्धले भैरहवा–भरतपुर पनि एउटा उडान गरिरहेको छ । 

बुद्ध निजी विमान कम्पनीमध्ये धेरै उडान भर्ने गर्छ । भैरहवाबाट भरतपुर दैनिक दिउँसो १ बजेर २५ मिनेटमा विमान प्रस्थान गर्छ भने भरतपुरबाट भैरहवाको लागि मध्यान्ह साढे १२ बजे विमान छुट्ने गर्छ । भैरहवा–भरतपुर भाडादर ३ हजार ३०० देखि ४ हजार ४०० सम्म छ । 

विमान कम्पनीहरूले भैरहवाबाट ठूला शहरबीच सीधा उडान नियमित गर्दा यहाँको पर्यटन प्रवद्र्धनमा बल पुग्ने लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने रुपन्देहीका पर्यटन व्यवसायी रामप्रसाद गौतमले बताए । 

‘अब नेपालको पूर्वी क्षेत्रका मात्रै नभई सिक्किम र दार्जिलिङलगायत पूर्वोत्तर भारतका नागरिक लुम्बिनी भ्रमणका लागि सहज पहुँच स्थापित भएको छ,’ गौतमले भने, ‘निजी विमान कम्पनीहरूले गरेको यो कामप्रति राज्यले सकारात्मक ढंगले सहयोग गर्न आवश्यक छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x